मन भण्डारी
हरेक मान्छे हरेक क्षेत्रमा काम गररहेको हुन्छ । आफूले गरीरहेको कामको सफलता मिलोस् भन्ने चाहना सबैमा हुन्छ । सबै मान्छेमा कुनैनकुनै विशेषता हुन्छ । सबै मान्छे सबै क्षेत्रमा सफल र योग्य हुँदैनन् । हरेक व्यक्तिमा कुनै खास किसिमको विशेषता र योग्यता भने अवश्य नै हुन्छ । हरेक व्यक्तिले पाउने सफलतामा उसको दृष्टिकोणको भूमिका हुन्छ । हामीले हाम्रो दृष्टिकोण सकारात्मक बनाउन सक्यौं, हरेक कुरालाई सकारात्मक रुपले बुभ्mयौं र व्यवहार पनि सकारात्मक नै बनाउन सक्यौं भने पक्कै पनि हामी सफलतामा पुग्न सक्छौ ।
मान्छेको असफलतामा ८५ प्रतिशत भूमिका उसको दृष्टिकोणकै रहेको हुन्छ, भने बाँकी १५ प्रतिशत भूमिका तथ्य, आँकडा विषयवस्तुको जानकारी औपचारिक शिक्षादिक्षाको रहेको हुन्छ । दृष्टिकोण मान्छेको जिवनमा विशेष महत्व राख्ने विशिष्ट शब्द हो । यसले मान्छेको जिवनको हरेक पक्षलाई समेटेको हुन्छ । मान्छेले काम गर्ने हरेक क्षेत्रलाई दृष्टिकोणले ओगेट्न सक्छ । असल अथवा सकारात्मक दृष्टिकोण विना कुनै व्यक्ति योग्य र सक्षम बन्न सक्दैनन् । सकारात्मक सोच–विचार र दृष्टिकोण विनाका कर्मचारी, अधिकृत, शिक्षक, विद्यार्थि, प्रहरी, नेता, मन्त्री र जुन सुकै व्यक्तिको भूमिका सहितरीकाले निर्वाह हुन सक्दैन । मान्छे असल बन्नका लागी उसको सोच विचार र दृष्टिकोण असल हुनु पर्दछ ।
दृष्टिकोण सकारात्मक छ भन्ने हामी हरेक क्षेत्रमा सफलता पाएको महसुुस गर्न सक्छौ भने दृष्टिकोण नकारात्मक भए हरेक कुरालाई समस्याको रुपमा मात्र देख्न पुग्छौ । हो हामी सबैको दृष्टिकोण सकारात्मक किसिमको अवश्य पनि हुन सक्दैन । हामी सधै अरुक्कै खेतवारी हरियो अरुकै बालीनाली र वस्तु राम्रो मान्ने गर्दछै । हामी हरेक दिन अरुकै वस्तुसंग लोभिने गर्दछौं र अधिकाँस समय अरुकै विषयमा कुरा गरेर बिताउँछौं । अरुले गरेको प्रगतिलाई देखेर सहन नसक्ने हाम्रो स्वभाव नै गलत छ । मान्छे जन्मशिद्ध दृष्टिकोण बोकेर आएको हुन्छ तर गलत दृष्टिकोण भने अवश्य हैन । उसको दृष्टिकोणलाई वातावरण अनुभव र शिक्षाले निधारण गर्दछ ।
घर, परिवार, विद्यालय काम गर्ने क्षेत्र, सञ्चार माध्यम, परम्परा र मान्यता, राजनैतिक, सामाजिक वातावरण आदिको, प्रभावले व्यक्तिको दृष्टिकोण निर्धारण हुने गर्दछ । रामो्र वातावरणमा काम गर्ने र समय बिताउने अवसर पाउन सकेको खण्डमा हाम्रो दृष्टिकोण पनि सकारात्मक हुने गर्दछ भने नराम्रो वातावरणमा घुलमिल हुने अवसर प्राप्त हुन पुगेमा हाम्रो दृष्टिकोण र ब्यबहार पनि नकारात्मक हुन पुग्दछ । कुनै घरपरिवारका सदस्यहरु ईमान्दार र शिष्ट पाइन्छन् भने कुनैमा संधै झगडा गरीराख्ने र किचलो गरीराख्ने पाइन्छन् । समाज र राजनीतिमा इमान्दारी छ भने त्याहाँका सदस्यहरु पनि इमान्दार तथा सफल हुन्छन् ।
सकारात्मक वातावरणमा साधारण मान्छेले पनि आफ्नो कार्य क्षमता बढाउन सक्छ । नकारात्मक वातावरणमा छ भने सक्षम व्यक्ति समेतको कार्यक्षमता गुम्न पुग्दछ । त्यसै गरी मान्छेको दृष्टिकोण बदल्नमा अनुभवले पनि भूमिका निर्वाह गरेको हुन्छ । कुनै व्यक्तिको सुखद अनुभवबाट हामी उप्रति सकारात्मक दृष्टिकोण राख्छौं भने नकारात्म अनुभवबाट हामी सावधानी अपनाउन पुग्छौ । मान्छेको सकारात्मक दृष्टिकोणले उसको व्यक्तित्व आकर्षक बनाउने काम गरिरहेको हुन्छ । साथै सकारात्मक दृष्टिकोण राख्ने मान्छे सधै उत्साहित, जागरिलो र आन्दको अनुभव गरीरहेको हुन्छ । जसको कारणले वरीपरीको व्यक्तिहरुले समेत उत्प्ररेणा पाइरहेका हुन्छन् । सकारात्मक दृष्टिकोणले व्यक्तिको व्यक्तिगत जिवनमा मात्र नभई उसले काम गर्ने कार्यलय र संस्था र समाजका लागी पनि फाइदा गरेको हुन्छ ।
विडम्बना हाम्रो दृष्टिकोण सकारात्मक हैन नकारात्मक भैदिन्छ् । नकारात्मक दृष्टिकोण्ले गर्दा हाम्रो सम्बन्धमा रिक्तता बढ्ने, जीवन उद्देश्यविहीन बन्नु, स्वास्थ्यमा खराबी आउने, संधै तनाव बढदै जाने गर्दछ । नकारात्मक दृष्टिकोण राख्नाले घर परिवार र छिमेकीमा मनमुटाव हुने, काम गर्ने ठांउमा वातावरण असहज बन्ने गर्दछ । हामी सधैं परिवर्तनको विरुद्धमा हाम्रो दृष्टिकोण लाई विकास गरीरहेका हुन्छौ । हामी जहिले खरावीहरुको बिचमा बाँचिरहेका हुन्छौ । हामीले बाल्यकालमा जस्तो दृष्टिकोण बनाएका हुन्छौं त्यो जिवनभर हामी संगै रहने गर्दछ ।
बाल्यकालमा सकारात्मक दृष्टिकोण बनाएका व्यक्तिहरु साँचिकै सफलतामा पुग्न सक्छन भने नकरात्मक दृष्टिकोण बनाएका व्यक्तिहरु संधै अप्ठेरो तथा समस्यामा परिरहेका हन्छन् । नकारात्मक दृष्टिकोण बोकेका व्यक्तिहरुले आफ्नो दृष्टिकोण बदल्न सक्दैन भन्ने चाहिं हैन–पक्कै पनि नकारात्मक दृष्टिकोण भएका व्यक्तिले दृढतापुर्बक सकारात्मक दृष्टिकोण अपनाउने प्रतिबद्ध भएमा दृष्टिकोण बदल्न सकिन्छ । आफ्नो दृष्टिकोण कस्तो बनाउने भन्नेमा जिम्मेवार हामी आफै हुन्छौं । हामीले आफ्नो व्यवहार र कामको जिम्मेवारी स्विकार गर्न सक्नु पर्छ । कतिपय मान्छेहरु आफुले गरेको गल्तीको दोष अरुलाई थुपार्न पुग्दछन् । नकारात्मक दृष्टिकोण भएका व्यक्तिहरुले असफलताको दोष पनि अरुलाई नै थोपर्दछन् । हामी जहिले पनि हरेक व्यक्तिलाई र वस्तुलाई गलत ढंगले चिन्ने, जहिले असफलता मात्र देख्ने र हरेक अवसर र भूमिकालाई समस्याको रुपमा देख्दछौं । हाम्रो जिवनमा धैरै सफलताका कथाहरु हुन्छन् तर हामी सफलततको कथा कहिल्यै बाहिर ल्याउदैनौं । मात्र असफलता र दुखका कथाहरु साथीहरु र आफन्तलाई सुनाई रहेको हुन्छौं । मान्छेले जति राम्रो काम गरेको भए पनि उसको गल्ती निहाल्नमा हामी तल्लिन हुन्छौं । हामीले अरुले गरेको राम्रो कामको प्रशंसा गर्न कहिल्यै सीकेनौं र गरेनौं, मात्र खोट निहाल्न पुग्छौं ।
हामी समयको महत्वलाई बुझन्न सक्दैनौं । दैनिक रुपमा चिया पसलमा बसेर गफ छाड्ने, चिया चुरोट र मदिरा पिउनलाइ स्वभाविक बनाउने वानी वसाल्न पुग्यौं । काम र अवसरलाइ बोझको रुपमा लिन थाल्छौं । आजै गर्न सकिने काम भोलि गर्नु पर्ला भनेर थुपारेर राख्छौं । जसले गर्दा हाम्रो मनमा तनाव माथि तनाव थपिदै गएको हुन्छ ।
हामी आशावादी बन्नुको सट्टा निराशावादी भइदिन्छौं । हामीले हाम्रो भाग्य रेखा कोर्नलाई अरु कसैलाई कुर्नु पर्दैन । त्यो हाम्रो आप्mनै जिम्वारी हो । हामीले हरेक कुरालाई आल्टालको रुपमा लिनु हुदैन । हरेक कुरालाइलाई सकारात्मक रुपमा ग्रहण गर्न सकेको खण्डमा हामी अवश्य पनि सफल्ताको शिखरमा पुग्न सक्छौं । ै हामीले संधै वर्तमानमा बाच्न सक्नु पर्दछ । हिजोको दिनमा मैले यस्तो गर्नु पथ्र्याे, यस्तो गर्न सक्थे, यस्तो हुन सक्थ्यो भनेर विगतको कुरालाइ कोट्याएर बस्नु हुँदैन् । जति कुरागरे पनि मान्छेको जिवनलाई सुखी र सफल बनाउनका लागी उसको दृष्टिकोण प्रशसनीय र सकारात्मक बन्नै पर्दछ । सकारात्मक सोच राखेर काम गर्ने मान्छेले प्रतिफल पनि सकारात्मक नै पाउँछ भने नकारात्मक सोच राखेर काम गर्नेले प्रतिफल पनि नकारात्मक नै पाउछ । हामी सबैले सफल र उज्जल जिवन बाच्नको लागि आफ्नो साेंच र दृष्टिकोण सकारात्मक बनाउनै पर्दछ । सकारात्मक कुराको थालनि आमी आफैबाट सुरुवात गरौं ।