सभ्य समाजको पहल

हाम्रा घर वरपर चिल्ला सडक भएका छन्, फोहोर राख्नलाई निश्चित स्थान तोकिएको छ तर हामी यत्रतत्र थुक्छौं फोहोर फाल्छौं अनि नगरपालिकाले फोहोर उठाएन भनेर पनि आन्दोलन गर्न छाड्दैनौं । यस्ता गतिविधिले हाम्रो मानसिकता र सिभिलाइजेसनलाई कमजोर पारेको देख्दछु । नेपालगन्जको सेरोफेरो सभ्य हुन नसक्नुमा शिक्षित भनिएका वर्गहरु मुख्य दोषी देख्दछु ।

बसन्त शर्मा – हामी सँधै विकास निर्माणका कुरा गछौं, आइटीको प्रयोग, ग्याजेटहरुका नयाँ संस्करण, नयाँ फेसन डिजाइनका ड्रेस,न्यू लुक्स भन्दै कपाल र दाह्री अनि यस्तै यस्तै वस्तु तथा काममा बढी ध्यान दिन्छौं तर बोल्ने भाषा सहित सभ्य हुने पाटोलाई नजर अन्दाज गरिरहेका छौं ।
वास्तवमा नेपालगन्ज आँफैमा विभित पहिचान सहितको बहुसांस्कृतिक, बहु धार्मिक, जातीय सदभावको वासस्थान हो । यसलाई ब्यवस्थापन गर्दै शहरको रुप दिइएको थियो । म यस्को विस्तारमा लागिन आज । म आज सभ्य कति भयौं भन्ने कुरामा केन्द्रित छु, अनि समाज कस्तो छ भन्ने विषयमा पनि ।
यहाँ कुनै खास क्षेत्रका मानिसको खास खास अवधिमा बाहुल्यता रहेको भएपनि अहिले देश भरीका नागरिकको उपस्थिति देख्न सकिन्छ ।

एक दिन एउटा सर्कलमा चर्चा चल्यो हाम्रो खुट्टा तान्ने प्रवृत्तिबारे, धेरैबेर धेरै जनाका कुरा सुनें । केही डाक्टर, केही पत्रकार, केही इन्जिनियर, केही वकिल, केही व्यापारी, राजनीतिक दलका कार्यकर्ता, प्रशाासनिक निकायका प्रतिनिधि पात्रहरु, अधिकारकर्मीहरु लगभग समाजको प्रतिनिधित्व गर्ने सबै जसो थिए । सबैको चासो नेपालगन्ज हरेक दृष्टिबाट पछाडी भयो भन्ने निचोड जस्तै थियो । अभिवादन बाहेक म चुपचाप सबैका कुरा सुनिरहें विस्तारै बसाँईमा विट मारें । अनि फर्किए हाम्रो समाज तर्फ अनि घोत्लिएँ साँच्चिकै हामी कति सभ्य भयौं त भन्ने कुरामा । सभ्यताका मापकलाई एक छिन पर राखेर सोचौं त के साँच्चिकै हामी नेपालगन्जीयाहरु सभ्य हुँदै छौं त ?

सभ्यता भन्नु एउटा शब्द मात्रै होइन, यो त मानव समाजको एक सकारात्मक प्रगतिशील र समावेशि विकासलाई प्रतिविम्वित गर्ने विषय हो । वास्तवमा सभ्य समाज उन्नत कृषि, लामो व्यापारीक यात्रा र व्यावसायीक विषेशज्ञता सहितको संवाहक हो । त्यसैगरी कला संस्कृति, विधि र व्यवस्था जस्ता तत्वहरुले सभ्यतालाई झल्काउँछ ।

सभ्यताको कुरा गर्दा मलाई स्यामुअल हन्टिनको द क्ल्यास अफ सिभिलाइजेशन पुस्तक सम्झना आउँछ । छैठौं शताब्दीको रोम सभ्यताले संसारमा एउटा छाप छोडेको छ । त्यसैगरी पारसियन सभ्यताको युग साइरिस द्धितियको कालखण्ड आँफैमा गजबको रह्यो । ई.पु. २७००को ह्यागं हो सभ्यताले चीनको सभ्यता अचम्मको बन्यो । इजिप्ट सभ्यता ई.पु.३१५० जतिबेला पिरामीड बने अनि सभ्य समाज पनि बन्यो । सभ्यताकै कुरा गर्दा ई.पु. ७२५० ग्रिक सभ्यताले छाएको
थियो । जतिबेला पाइथागोरस,प्लेटो,एरिस्टोटल र अलेक्जेण्डर द ग्रेटको इतिहास बन्यो ।

यता माया सभ्यता ई.पु. २६००मा सौर्य क्यालेण्डर सहित अमेरीकी सभ्यता विकसित भयो । म यहाँ यी सन्दर्भ उल्लेख किन गरिरहेको छु भने १४ औं शताब्दीमा युरोपमा लेख्न र पढ्नको संस्कृतिले नैतिक पक्ष बलियो बनाउँदै समाजलाई सभ्यताको बाटोमा अघि बढायो । हामी जुन पुर्विय दर्शनबाट अभ्यस्त समाज यहाँ मानिस सभ्य हुन नसक्नु दूर्भाग्यपूर्ण ठान्दछु । यतिबेला म ग्रीस र रोमका सभ्य मानिसको कुरा किन उल्लेख गर्दछु भने हाम्रो सभ्यता निकै पुरानो भएपनि हामी सभ्य समाज निर्माणमा अघि बढ्न सकेनौं ।

नेपाल त्यसमा पनि नेपालगन्जको सेरोफेरो सभ्य हुन नसक्नुमा शिक्षित भनिएका वर्गहरु मुख्य दोषी देख्दछु ।
म यहाँ मेसोपोटानियमको ई.पु. ३३००मा शुरुभएको सिभिलायजेसनलाई स्मरण गर्न चाहन्छु । त्यहींबाट मानव सभ्यताको विकासले दू्रत गति लियो । समाजको स्थापना र जनावर पाल्ने सम्मको विकासको त्यो अधार बन्यो । आजभोलि विभिन्न नश्लका कुकुरहरु पाल्ने परिवार शिक्षित र सभ्य पनि ठानिन्छ वास्तवमा यस्को श्रेय मेसोपोटामियनलाई जान्छ ।

हामी आर्य सभ्यताकाहरु आफनो सभ्यतालाई सुदृढ गर्न निकै पछि परेका छौं । जो समाजको एउटा दर्पण हो । खासगरी ब्यक्तिलाई बदल्ने र उस्का सामाजिक बन्धनलाई व्यवस्थित गर्दै अघि बढ्नु नै सभ्य बन्दै जानु हो । वस्तुनष्ठि विष्लेशन,सार्वभौमिक,वाह्यपन,आन्तरकि स्थिति लगाएका सामाजिक तथ्यले हामीलाई कति सभ्य भयौं त भन्ने देखाउँछ ।

यो विषयमा एक जना विद्वान इमाइल दुर्खिमलाई सम्झन मन लाग्यो । उनले भनेका छन कि सामाजिक कामलाई मूल्याकंन गर्ने आधार पनि यही समाज हो । समाजका कुरा गरिहँदा सुई जेनेरिस र अगस्त कान्टको प्रत्यक्षवादलाई विर्सन सकिंदैन् ।

ब्यक्तिका व्यवहार कुनै निश्चित लक्ष्य प्राप्ति गर्न प्रयासरत रहन्छन् । जहाँ हर एक ब्यक्तिका नैर्सगिक तथा अन्य आवश्यकता जोडिएका हुन्छन् । तिनको अभावमा ब्यक्तिमा कुण्ठा र मानसिक तनाव थपिन्छन् र आप्mना आवश्यकता पुर गर्न एउटा ब्यक्ति असक्षम रहन्छ अनि माथि उल्लेख गरिए झैं खुट्टा तान्ने प्रवृत्ति हावी हुँदै जाँदो रहेछ । यीनै आवश्यकताको परिपूर्ति गर्न एक्लै सम्भव नहुने हुँदा समाजको निर्माण भएको हो ।

केही निश्चित सम्बन्ध र व्यवहारबाट एक आपसमा हामी बाँधिन पुगेका हुन्छौं । अनि हामी ति आवश्यकताको परिपूर्ति हुनासाथ ति व्यवहार बदल्न चाहन्छौं । हामीलाई लाग्छ म एक्लैले यो सम्भव तुल्याएको हुँ भन्ने । त्यसको प्रभाव र नकारात्मक असर हो अहिले सबन्धहरु दिगो नहुनु र टुट्नु ।

सामान्य पस्थितिमा एउटा परिवारलाई उति धेरै मानिसको सहयोग आवश्यक पर्दैन जब उस्को परिवारमा अचानक एउटा सदस्यको मृत्यु हुन्छ उस्लाई समाज चाहिन्छ । यो कुरा हामी सबैमा लागु हुने विषय हो । तर पछिल्ला केहि दशकमा मानिस सामूहिक कार्यबाट टाढा हुदै गइरहेको देखिन्छ ।
सभ्य र सभ्यताका कुरा गर्ने हो भने केही तथ्यहरुलाई केलाउन नितान्त जरुरी देख्छु ।

एउटा कुरा जोड्दछु, नेपालगन्जमा कुनै बेला रामलिला हेर्न रातभरी त्रिभुवन चोकमा मानिसको ठुलै हुल हुन्थ्यो । के बालबालिका के बयष्क के वृद्ध भुँइमा विच्छाएको दरिमा आनन्दसँग रमाउँथे । आज वातानुकलित क्यु एफ एक्समा मुभि हेर्न पाउन भएका छन् तर अरुलाई नै असर हुनेगरी जथाभावी बोलेर त्यही त्रिभुवन चोकको रामलिलामा झैं असभ्य तरिकाले बस्छन् । रामलिलाको महिमाको बेग्लै महत्व र दर्शन छ । कुनै बेला लक्ष्मी र यही बागेश्वरी चलचित्र मन्दिरमा फिल्म हेर्दा झैं अहिले पनि क्यु एफ एक्स भित्र छिर्दा सुर्तिजन्य पदार्थ, गुट्खा, सुपारी चपाएर दुख्ने प्रयास गर्दछन् ।

यस्ता गतिविधिले हामी कहाँ नेर छौ, भन्ने प्रष्ट देखाउँदछ ।
हाम्रा घर वरपर चिल्ला सडक भएका छन्, फोहोर राख्नलाई निश्चित स्थान तोकिएको छ तर हामी यत्रतत्र थुक्छौं फोहोर फाल्छौं अनि नगरपालिकाले फोहोर उठाएन भनेर पनि आन्दोलन गर्न छाड्दैनौं । यस्ता गतिविधिले हाम्रो मानसिकता र सिभिलाइजेसनलाई कमजोर पारेको देख्दछु । करिव १० हजार वर्ष पुरानो शिव सभ्यता, झण्डै ८ हजार वर्ष पुरानो रामायण सभ्यता हाम्रै हो । पाँच हजार वर्ष पुरानो महाभारत सभ्यता पनि हाम्रै सेरोफेरोको हो । २ हजार ६ सय वर्ष पुरानो बुद्ध सभ्यता पनि हाम्रै हो । तर पनि अहिले हामी एक हजार वर्ष मात्रै पुरानो युरोप र करिव ४ सय वर्ष पुरानो अमेरिकी सभ्यता भन्दा पनि व्यवहारिक रुपमा पछाडी छौं ।

त्यसैले मेरो यो लेखनको प्रश्न सबैभन्दा पहिले म आफै तर्फ तेस्र्याउँदै नेपालगन्जियाहरु तर्फ मोड्दछु । हामी आँफु सभ्य हुन कोशिस गरौं अनि समाजलाई सभ्यताको बाटोमा हिंडाउन शुरु गरौं त नेपालगन्जमा के को कमि भेटिएला ? सबै भएर पनि अपूर्ण झैं छौं हामी ।
अन्तमाः सभ्य हुन म कोशिस गर्दैछु, त्यसैले यहाँहरु पनि सभ्यताको अभियानमा सँगसँगै हिंडौं,साथमा हिंड्नु होस अझ एक पाइला अघि बढ्नुहोस । लक्ष्य सभ्य समाज निर्माणको ।

प्रतिक्रिया

प्रतिक्रिया