चाड पर्ब तथा सामाजिक कार्यमा गाई चाहिने समाज गाई मर्दा भने रमिते छ । नाग पन्चमीमा गाईकै गोबर खोज्न हिड्ने । नाग देवतालाई गाईको दुध चढाउने । पितृ कार्य बैबाहिक कार्य सबै काममा गाई नै चाहिने अनि एक मुठा घाँस र ब्राण्ड किन्न तयार छैन । पाखन्ड देखाउन तयार छ । पित्रृ उद्दारमा हजारौ रुपिया दान दिन तयार छ एउटा भोको गाईलाई खुवाउन तयार छैन । यो भन्दा बिडम्बना के हुन सक्छ ?
सुरेन्द्रद्वीप कार्की
‘कान्जी हाउस’ कानुन शास्त्रबाट आएको शब्द हो । जसको अर्थ छाडा पशुहरु संग सम्बन्धित छ । छाडा छाडिएका चौपाया जसले आन्न बाली खाए, नोक्सान गरे तिनलाई थुनेर क्षति पूर्ति तिराउने भन्ने हुन्छ । कतिपय समाजमा समाजले नै मुल्यांकन गरि निर्णय गर्ने चलन छ ।
नेपालमा नगरको बिकाससंगै कान्जी हाउसको अवधारणा आयो । नगर छेउछाउमा पशुले क्षति गरे मालिकबाट तिराउने ऐनमा ब्यबस्था छ । अनि जिम्मा लिन न आए बढाबढ गरेर बोल पत्रबाट लिलाम बिक्री गर्ने ।
नेपालको तराईका जिल्लाहरु मा पछिल्लो पटक छाडा गाईबस्तु ठुलो समस्याको रुपमा आएको छ । वैदेशिक रोजगारीले गर्दा गाउँमा प्रशस्त पैसा पुग्यो । आर्थिक अबस्था मजबुद हुना साथ मानिस शहरमुखी भए अनि घरका चौपायाको दाम्लो खोली स्वतन्त्र गरिदिए । स्वतन्त्रता पाएको बस्तु मानिस झंै शहर पसे अनि शहरको सभ्य भनिएको मानिसको भव्य वस्तीमा ।
गाई घरपालुवा जनावर हो । यो जङ्गलमा बस्दैन । मानिससंग यसको घनिष्टता हुन्छ त्यही भएर जहाँ छोडे पनि वस्ती छेउकै सडकमा आउँछ । अर्को, सुख्खा ठाउँ मन पराउँछ त्यही भएर सडकमा बस्छ । आज नेपालको पूर्व पश्चिम सडकमा १५० हजार गाई छन् भन्ने अनुमान लगाइन्छ । सडक दुर्घटना, सडकमा दुर्गन्ध आदि प्रमुख कारण बनेको छ ।
कैलालीमा बन क्षेत्रमा राखेको गाई मरेर जङलनै प्रदुषित बनाएको घटना नसेलाउँदै नेपालगन्जमा पनि यो समस्या देखियो ।
२०१६ सालमा नगर पन्चायत बन्दा बनेको करिब २ कठ्ठा जमिनको कान्जी हाउस र मुखियाको दरबन्दीमा कर्मचारी राखेर नेपालगन्ज उप महानगरपालिकाले कान्जी हाउस सन्चालन गर्दै थियो । त्यहा पनि त्यही समस्या थियो तर बार्षिक १ लाख ३५ हजार सम्म राजस्व उप–महानगरपालिकालाई बुझाउथ्यो कान्जी हाउसले । तर, फुल्टेक्रामा वस्ती बीचको त्यो कान्जीहाउस टिक्न सम्भव थिएन ।
अहिले नेपालगन्जको वडा नम्बर २१ बिर्तामा बन्दै गरेको कान्जी हाउस पहिलेको तुलनामा पर्याप्त हो । तर, परिस्थिति बदलियो । यति छाडा चौपाया सडकमा आए कि ४ सय गाई कान्जी हाउसमा राख्दा सम्म नगर भरी चौपाया घट्नेको नाम छैन । थोरै जनशक्ति सानो बजेटले यो नभ्याउने अवस्था आयो । चौपाया व्यवस्थापनको चुनौती उस्तै देखिएको छ । अबको व्यवस्थापन गाईलाई कान्जी हाउनस होइन आश्रयस्थलको विकास गरिनुपर्छ ।
०१. गाईको शास्त्रीय महत्व
गाईलाई हिन्दु धर्ममा लक्षमी भनिन्नछ । यम पन्चकको तेस्रो दिन लक्ष्मीको रुपमा गाईलाई पुजिन्छ । हिन्दुहरु गाई बिना स्वर्ग जाँदैनन् भन्दै जीवनको अन्तिम कालमा गौदान गर्ने चलन छ । करोडौको धर्म हुन्छ भन्ने मान्यता छ । गरुड पुराणको अनुसार गाईको पुच्छर समातेर हिन्दुहरु बैतरणी नदि तरि स्वर्ग जान्छन् भन्ने छ । गाईको “गौउत“ हरेक पटक हिन्दू हरु शुद्ध हुनलाई चाहिन्छ । पवित्र कार्यमा शुद्ध पार्न गाईको गोबर चाहिन्छ । हिन्दु र गाई परिपुरक हुन् भन्दा हुन्छ । गाई बिना हिन्दु र हिन्दु बिना गाई परिकल्पना गर्न सकिन्न । अर्काेतिर गाई गुण नै गुणले भरिएको छ । साँडेको आफ्नै महत्व छ । भगवान शिवजीको बहान नन्दी भनी पुजा गर्ने गरि आशीर्वाद माग्ने चलन छ ।
०२. सामाजिक कारण
गाईको दुध सबै भन्दा पोसिलो हुन्छ बच्चा र वृद्धवृद्धाको लागी । खेतिपातीको लागी गाईको गोबर गौउत एकदमै महत्त्वपूर्ण हुन्छ । खेतिबाली अन्न उब्जनीमा ठुलो भुमिका हुन्छ यसको । परम्परागत मलले उत्पादन गरेको अन्न अर्गानिक भनेर बिश्व बजारमा राम्रो माग पाएको छ ।
०३. आर्थिक कारण
गोवरबाट प्राङगरिक मल र गौ मुत्रबाट गौमुत्र आर्क बनाई आर्थिक लाभ लिन सकिन्छ । आयुर्वेदका अनुसार गौमुत्रबाट क्यान्सर सम्मको बिरामीले लाभ लिन सक्छन । आज राम देब बाबाको पतन्जलीको गौमुत्रको सन्सार भरी माग छ ।
०४. ब्यवस्थापन
अहिलेको चुनौती भनेको ब्यवस्थापनको हो । सडकमा कब्जा जमाएर बसेका हजारौं सख्याको चौपायालाई खुवाउने उपचार गर्ने देखि सम्बन्धि पशुको धनी पहिचान गरि तिनिहरुलाई हस्तान्तरण गर्ने हो । पशु धनीको पहिचानको अभावमा अहिले छाडा पशु बढेको हो । छाडा पशुको कारण दुर्घटनामा परेर दर्जन बढीले अंग भङ भै लाखौ रुपैया गुमाउनको साथै अपांग जिवन जिउन बाध्य छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले कान्जी हाउसमा कैद गरेका कैदी पशु दैनिक रुपमा मरिरहेका छन् । खान नपाएर पेट्मा ग्याँस भरिएर उपचारमा समेत समस्या आएको छ । ग्याँस भरिएको बेला औषधी दिए झन् ग्याँस बढेर ठुलो क्षति हुने भएको कारण उपचारमा समेत समस्या छ ।
०५. सामाजिक दायित्व
चाड पर्ब तथा सामाजिक कार्यमा गाई चाहिने समाज गाई मर्दा भने रमिते छ । नाग पन्चमीमा गोबर खोज्न हिड्ने । नाग देवतालाई दुध चढाउने । पितृ कार्य बैबाहिक कार्य सबै काममा गाई चाहिने अनि एक मुठा घाँस र ब्राण्ड किन्न तयार छैन । पाखन्ड देखाउन तयार छ । पित्रृ उद्दारमा हजारौ रुपिया दान दिन तयार छ एउटा भोको गाईलाई खुवाउन तयार छैन । यो भन्दा बिडम्बना के हुन सक्छ ?
नेपाल गरिब देश हो । आँकडामा ठुलो संख्यामा मानिसको आम्दानी दर न्युन छ तर कोही गरिब गाई पालेर आम्दानी बढाउन चाहान्न । भंैसी किन छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोड्दैन ? मेरो प्रश्न समाजलाई । भैसीको त मासु खान्छन बाख्राको त मासु बिक्री हुन्छ नगद आउछ । गाईबाट के मिल्छ भनी आडम्बरी भावना लाचारीहरुले यस्तो काम गरिरहेका छन् ।
नेपालमा भर्खरै त्यहाँ दुई तिहाईको सरकार छ । स्थानीय सरकार बलियो भएर आएको छ । स्थानीय कानुन समेत बनाउन सक्ने सरकारले छाडा पशुको बारेमा कडा कानुन ल्याउन जरुरी छ । गाउँ सरकार नगर सरकारले आफ्ना क्षेत्रका पशुका लगत संकलन गर्ने अनि ट्यायागिङ गर्ने कर समेत लिन सक्छ । जसले सरकार आम्दानी बढ्न सक्छ । अहिलेको समस्या भनेको छाडा पशुको पहिचान हो । धेरैको भनाइ उत्तर प्रदेशमा योगी सरकार आए पछि पशु बधमा प्रतिबन्ध लगाएका कारण नेपालमा पठाउने काम गरियो । तर हामीसँग सहि तथ्यांक नहँुदा हाम्रो गाई हो कि अर्काको देश को हो हाम्रा सरकारलाई बुझ्न गा¥हो भएको छ । पहिले समस्याको सही स्रोत पहिल्याएर समाधान खोज्न सकिन्छ । अतः सरकारको ध्यान त्यसतर्फ जानुपर्छ । (आध्यात्मिक चिन्तनका कार्की पशुअधिकारकर्मी हुन् )
गाईलाई सडकको बास छाड्नेले भंैसी किन छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोड्दैन ? मेरो प्रश्न समाजलाई ।