लोकसेवा सफलताका लागि अध्ययन, लेखन र अन्तरवार्ता कला

गोबिन्दप्रसाद पाण्डे

कुनै पनि प्रतिस्पर्धामा सफलता प्राप्त गर्नको लागि निरन्तरता, मिहिनेत र सकारात्मक सोंचको महत्वपूर्ण भूमिका हुन्छ । लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय, संस्थान, बैंकिङ्ग सेवा, लगायतका प्रतिस्पर्धात्मक परिक्षाहरुको तयारी कसरी गर्ने, लेखन सीप कसरी बिकास गर्ने, लिखित परिक्षा सफलता पछि अन्र्तवार्ताको तयारी कसरी गर्ने लगायतका बिषय बस्तुहरु समेटेर यो लेख तयार गरिएको छ ।

बिभिन्न प्रकारका स्थायी सरकारी सेवामा प्रवेश का लागि योग्य ब्यक्तिलाई छनोट गर्नको लागि नेपालमा संबैधानिक निकायको रुपमा संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म संघीय लोकसेवा आयोगको ब्यबस्था गरिएको छ । लोकसेवा आयोगले प्रत्येक वर्ष साउन महिनामा सबै निकाय, सेवा समूहको छनोट सम्बन्धी समय तालिका प्रकाशित गर्दछ । लोकसेवाका सबै प्रकारका सूचना, बिज्ञापन तथा पाठ्यक्रम सम्बन्धी जानकारीहरु पब्लीक सर्भिस कमिसन नेपालको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

पूर्व निर्धारित समय तालिका अनुसार नियमित रुपमा लोकसेवा आयोगले बिज्ञापन प्रकाशन, दरखास्त संकलन, लिखित र प्रयोगात्मक परिक्षा संचालन तथा अन्र्तवार्ता संचालन गरेर योग्य उमेदवार सिफारिस गर्दछ । विगतमा निजामती सेवाको पद पूर्तिको मात्र जिम्बेवारी पाएको लोकसेवा आयोगले आफ्नो इमान्दारिता, स्वच्छता र तटस्थताको कारण हाल आएर सुरक्षा निकाय, बैंक तथा बिभिन्न संस्थान, आयोग, प्राधिकरण, बोर्ड तथा बिकास समितिहरुका समेत परिक्षा संचालन गरेर देखि उमेदवार सिफारिस सम्मका काम गर्दछ ।

निजामती बाहेकका सुरक्षा निकाय, संस्थान तथा बैंकिग सेवाका परिक्षा लोकसेवा आयोगले लिने गरे पछि ती क्षेत्रमा भर्ना छनोट पारदर्शी भएको छ । यसबाट विगतमा जस्तो भनसुनका आधारमा पद प्राप्ती गर्ने कुसंस्कारको अन्त्य भएको छ । लोकसेवाबाट पदपूर्ति गरिनुले यी निकायहरुमा प्रतिस्पर्धाबाट छानिएका योग्य कर्मचारीहरुले प्रवेश पाउने सुनिश्चितता भएको छ ।
यसरी बिभिन्न निकायका परिक्षा लोकसेवा आयोग मार्फत योग्यता प्रणालीको आधारमा संचालन गरिनुले मिहिनेत गर्ने क्षमतामा बिश्वास गर्ने आम नेपाली यूवाहरुको उत्प्रेरणा र मनोबल बढेको छ । राम्रोसंग तयारी गरेमा लोक सेवा लगाएतका प्रतिस्पर्धात्मक परिक्षाहरुमा सफलता हासिल गर्न सकिन्छ ।

लोक सेवा जस्तो पवित्र तथा तटष्ठ संबैधानिक निकायबाट धेरै जसो निकायहरुका परिक्षा संचालन गरिनुले गर्दा आम नेपालीमा सेवामा प्रवेश गर्ने र पद प्राप्त गर्ने बिषय अरुको आशा र भरमा होइन आप्mनो मिहिनेतमा भरपर्छ भन्ने सकारात्मक विश्वासको संचार भएको छ । यसै सन्दर्भमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग, संस्थान सेवा आयोग तथा बैंकिंग सेवा आयोगको तयारी गरी राखेको आम बिद्यार्थीलाई तयारीको क्रममा केही मद्दत होस् भन्ने मनसाय यो लेखको रहेको छ ।

सेवाको छनौट तथा फर्म भर्ने तरिका
आफु कुन सेवामा प्रवेश गर्ने हो भन्ने बिषय आप्mनो शैक्षिक योग्यता तथा आफुले काम गर्ने रुचीको क्षेत्रमा भर पर्दछ । सर्वप्रथम बिद्यार्थीले आफु सेवा प्रवेश गर्न चाहेको क्षेत्र सेवा, समूह छनौट गर्नुपर्छ । सेवा छनौट गरि सकेपछि उक्त सेवाका लागि लोकसेवा आयोगले प्रकाशित गरेको समय तालिका अनुसार बिज्ञापन लिखित परिक्षा र अन्तरवार्ता हुने मितिको बारेमा जानकारी लिएर बिज्ञापन प्रकाशित भई सकेपछि बिज्ञापन गर्दा तोकिएको विधी मार्पmत परीक्षा फर्म भरेर परीक्षा प्रवेशपत्र लिइ सक्नुपर्छ ।

सेवा प्रवेशको लागि परिक्षा फर्म भर्दा बिज्ञापन नम्बर, सेवा समूह, उप–समूह स्पष्टसंग भर्नु पर्दछ । परिक्षा फर्ममा मागेका तथ्यांकहरु आप्mनो नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्र हेरेर भर्नुपर्छ कहिलेकांही जन्म मिति, ठेगाना फरक पर्न सक्छन् । परिक्षा फर्म भर्दा आफु कुन कुन समावेशी समूह अन्तरगत पर्ने हो सो समूहहरु पनि स्पष्ट रुपमा खुलाउनु पर्छ । उदाहरणको लागि खुला र महिला, खुला र मधेसी आदि ।

लिखित परिक्षाको तयारी तथा बिषय बस्तुको अध्ययन
परिक्षा फर्म भरी सकेपछि लिखित परिक्षाको लागि तोकिएको पाठ्यक्रम अनुसारको तयारी गर्दा पाठ्यक्रम अनुसारका बिषयवस्तुहरु सर्वप्रथम एकसरो पढेर बिषय वस्तुका बारेमा आप्mनो धारणा बनाउने र विषय वस्तुसंग परिचित हुने काम गर्नुपर्छ । लिखित परिक्षाको लागि तोकिएको बिषय वस्तुसंग सम्बन्धीत सैद्धान्तिक तथा ब्यवहारिक ज्ञानका साथै बिद्यमान ऐन, कानून, समस्या तथा चुनौती लगायतका सान्दर्भिक तथ्यांकहरु विभिन्न माध्यमबाट संकलन गरी पाठ्यक्रमको सिलसिला अनुसारको नोट बनाउनु पर्छ ।

बिषयवस्तुलाई स्पष्ट र खदिलोसंग समेटेर आफुले बुझ्ने गरी नोट बनाउने । उक्त नोट कापीमा अध्ययनको क्रममा पछि भेरिएका सूचना तथा तथ्याङ्कहरु समेत टिपोट गदै रहनु पर्छ । बिगतमा सोधिएका प्रश्नहरुको तोकिएको समयमा उत्तर लेखेर आफु भन्दा चेक गराएर पृष्ठपोषण लिने काम गर्नुपर्छ । परिक्षाको तयारीका क्रममा पढ्न लागि सकेपछि मनस्थिति कमजोर बनाउनु हुंदैन । सकारात्मक सोचका साथ स्थिर मन गरेर निरन्तर अध्ययन लेखन गरि रहनु पर्छ । प्रतिस्पर्धात्मक परिक्षामा सहभागी हुने निर्णय गरी सके पछि आफ्नो निर्णयबाट पछाडी हटने, यो वर्ष अनुभवको लागि परिक्षा दिने हो, लोकसेवा पास नभए के फरक पर्छ ब्यापार गर्छु बिदेश जान्छु भन्ने जस्ता आफ्नो मनोवल कमजोर बनाउने बिचारहरु मनमा आउन दिनु हुन्न ।

निरन्तर प्रयासबाट जुनसुकै बिषय वस्तुहरुलाई आत्मसाथ गर्न सकिन्छ र उक्त बिषय वस्तुबाट जस्ता खालका प्रश्न सोधेमा पनि मौलिक उत्तर लेख्न सकिन्छ । लिखित परिक्षाको तयारी गर्दा धेरै बुंदा कण्ठ गर्नुपर्ने भएमा सुत्र बनाएर कण्ठ गर्न सकिन्छ जस्तै ः सप्त कोसीका सात सहायक नदीका लागि अतलिइसुतादु (अरुण, तमोर, लिखु, इन्द्रावती, सुनकोसी, तमाकोसी र दुधकोसी) सप्तगण्डकीका सात सहायक नदीका लागि त्रिबुकामदमासे (त्रिसुली, बुढीगण्डकी, काली गण्डकी, मस्र्याङयादी, दरौदी, मादी, र सेती) कर्णालीका सात सहायक नदीका लागि हुमुसाठुबुतिसे (हुम्ला कर्णाली, मुगु कर्णाली, सानी भेरी, ठुली भेरी, बुढी गंगा, तिला र सेती) । पाठ्यक्रममा भएका बिषयवस्तुको परिचय, सैद्धान्तिक पक्ष, उद्देश्य, महत्व, विशेषता, समस्या समाधानका उपायहरु, बिद्यमान ब्यवहारिक प्रयोग, कानूनी तथा संगठनात्मक ब्यवस्थाहरुको चिरफार गरेर गहन अध्ययन गर्ने बानी बिकास गर्नु पर्दछ ।

दुई तीन जना मिल्ने साथीहरु समूहमा बसेर तयारी गर्दा तयारीका क्रममा एक्लोपनको महसुस नहुने र सजिलोसंग तयारी गर्ने वातावरण बन्दछ । समूहमा तयारी गर्दा एक आपसमा खुलेर अध्ययन गर्ने र जानेका बिषय बस्तु इमान्दरी पूर्वक एक आपसमा खुलस्त रुपमा सेयर गर्ने वातावरण बनाउनु पर्दछ ।

लिखित परिक्षामा उत्तर लेख्ने तरिका तथा समय ब्यवस्थापन
परिक्षाको दिन भन्दा एक दिन अगाडी आप्mनो परिक्षा केन्द्रको एकीन गरेर बस्नुपर्छ जसले गर्दा परिक्षाको दिन आफुाई केन्द्र पत्ता लगाउने तनाव हुंदैन । परिक्षा समय भन्दा आधा घण्टा अगाडि परिक्षा केन्द्रमा प्रवेश गरेर उत्तर पुस्तिकामा नाम थर, ठेगाना, रोलनं., पद, बिज्ञापननं., सेवा, समूह जस्ता मागेका कुराहरु लेखेर बस्नुपर्छ । जसले गर्दा प्रश्न पत्र पाई सके पछि उत्तर लेख्ने समय बचत हुन्छ ।

उत्तर लेख्दा छोटो प्रश्नको हकमा मागेका कुराहरु बुदागत रुपमा प्रस्तुत गर्नु पर्छ भने लामो प्रश्नको हकमा परिचय, मागेको बिषय बस्तु तथा अन्तमा सार लेख्नु पर्छ । महत्व, बिशेषता, प्रकार, समस्या तथा समाधानका उपायाहरु बुदागत रुपमा लेख्नु पर्दछ भने बिश्लेषण गर, तर्क देउ, प्रष्ट पार, आफ्नो धारणा लेख भनेका प्रश्नहरुको उत्तर बुदागत रुपमा होईन भाषागत रुपलमा लेख्नु पर्दछ । उत्तरको अन्तमा सार लेख्नु पर्छ जसमा सकारात्मक अन्त्य गर्नु पर्दछ ।

वस्तुगत परिक्षाको उत्तर पुस्तीकाको माथील्लो भागमा की लेख्ने ठाउं हुन्छ । जहां सुरुमा आफ्नो प्रश्न पत्रमा दिइएको की हेरेर राम्रोसंग संग लेख्नु पर्दछ । आफुलाई सजिलो लाग्ने प्रश्नहरुको उत्तर पहिला लेख्नु पर्छ । सोचेर सम्झेर लेख्नु पर्ने प्रश्नहरुको उत्तर पछि लेख्ने गरी योजना बनाउनु पर्छ । उत्तर लेख्दा आफुलाई उपलब्ध समयलाई ध्यान दिंदै तोकिएको समयमा तोकिएको उत्तर लेखी सक्नुपर्छ । सबै प्रश्नको उत्तर लेख्नै पर्छ । कुनै प्रश्न छोड्नु हुदैन । उत्तर लेख्दा राम्रोसंग बुझिने र दोहोरो अर्थ नलाग्ने स्पष्ट भाषामा लेख्नु पर्दछ । राम्रो र स्पष्ट अक्षरमा उत्तर लेख्दा जाचकीलाई सहज हुने र मन खुलाएर नम्बर दिने वातावरण बन्छ । उत्तर लेख्दा सन्दर्भ र प्रसंग अनुसार मिल्ने उदारहण, तालिका, चित्र तथा तथ्यांक प्रस्तुत गर्दा सुनमा सुगन्ध जस्तै हुन्छ ।

लिखित परिक्षामा पढेको, जानेको र बुझेको परिक्षार्थी मात्र पास हुंदैन जानेको कुरा तोकिएको समयमा सिलसिला मिलाएर उत्तर पुस्तीकामा आकर्षक रुपमा लेख्ने सक्ने परिक्षार्थीले सफलता प्राप्त गर्छ । लिखित परिक्षाको उत्तर लेख्दा उत्तर पुस्तीकाको दाया बाया तथा तल माथी डेढ इन्च छोडेर लेख्नु पर्छ । बस्तुगत परिक्षामा गलत उत्तर लेखेमा पाएको नम्बर

अन्तरवार्ताको तयारी तथा प्रस्तुतीकरण
कुनैपनि अन्तरवार्तामा ब्यक्तिको ब्यक्तित्व स्वभाव, प्रस्तुती कला बिषय वस्तु बारेको ज्ञानको स्तर आदि परिक्षण गरिन्छ । अन्तरवार्तामा सहभागी हुंदा नडराइकन उपस्थित हुनुपर्छ । अन्तरवार्तामा जांदा आपूmलाई फिट हुने सो समय अनुसारको पहिरन गराउनु पर्छ । अन्तरवार्ताको तयारी गर्दा तोकिएको लिखित परिक्षाको पाठयक्रम, आफुले अध्ययन गरेको शैक्षिक योग्यतासंग सम्बन्धीत बिषयवस्तु, आफु काम गर्ने कार्य क्षेत्रका बारेमा जानकारी, आप्mनो जन्म स्थल तथा हाल बसोबास गर्ने क्षेत्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक बिषयवस्तुका बारेमा जानकारी राख्नुपर्छ ।

अर्कोतिर अन्तरवार्तामा जांदा समसामयिक बिषयवस्तुहरुको सोत जानकारी राख्नुपर्छ राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख, मुख्य मन्त्री आप्mनो सेवा समूह संग सन्बन्धीत संघ तथा प्रदेशका मन्त्री, सचिव तथा स्थानीय निकायका पदाधिकारीहरुका बारेमा जानकारी राख्नु पर्दछ । अन्तरवार्ता कक्षमा जांदा सबैले देख्ने गरी नमस्कार गर्ने, अन्र्तवार्तामा बसेका सदस्यहरुले बस भने पछि शान्तसंग बस्ने, परिचय दिनु होस् भने पछि परिचय दिने, सोधेका प्रश्नहरु नहडबडाईकन सबै सदस्यतिर हेर्दै सहज रुपमा हसिलो अनुहारमा जवाफ दिनु पर्छ । आफुलाई उत्तर नआएमा इमान्दारी पूर्वक यो बिषयमा मलाई जानकारी भएमा भन्नुपर्छ ।

गलत उत्तर दिनु हुंदैन । अन्र्तवार्तामा रहेका सदस्यहरुलाई आफुलाई सजिलो लाग्ने बिषय तिर आकर्षित गर्ने रणनीति बनाउनु पर्छ । आफू जटिल बिषय तिर प्रवेश गरेर आफैलाई असजिलो बनाउनु हुदैन । कतिपय पदको अन्तरवार्ता भन्दा अगाडी आफुले सेवागर्न चाहेको कार्यालय रोज्न दिइन्छ । यसरी कार्यालय रोज्दा आफुले काम गर्न चाहेको र आफुलाई पायक पर्ने गरि क्रमश दश पन्ध्र वटा कार्यालय रोजी राख्नु पर्छ । जसले गर्दा कहि न कही आफ्नो अनुकुल ठाउ पर्ने सम्भावना हुन्छ ।

लोकसेवा आयोगले साउन महिनामा प्रकाशित गर्ने समय तालिका र बिज्ञापन हेरेर निरन्तर सकारात्म सोचका साथ अध्ययनमा लागि रहने परिक्षार्थीले सफलताको शीखर चुम्न सक्छन् । गरे हुन्छ, हिडे पुगिन्छ भन्ने जस्तै निरन्तर मिहिनेत गरेमा सफलता हात पर्दछ । सफलता अरुको हातमा नभै आप्mनो मिहिनेत र निरन्तर अध्ययनमा भर पर्दछ । एक पटक कुनै परिक्षमा सफल भइएन भने पनि अध्ययनलाई निरन्तरता दिने तथा आफ्नो योग्यताले मिल्ने सबै सेवा समूहका परिक्षा दिई रहने गर्नु पर्छ । घोडा चड्ने मानिस लड्छ र पुरस्कार पनि त्यसैले प्राप्त गर्दछ भने जस्तै लोकसेवाको लागि निरन्तर अध्ययन गरी राख्ने र परिक्षा दिई रहने मानिस एक दिन अबश्य सफल हुन्छ । (लेखक पाण्डले प्रतिस्पर्धात्मक परिक्षाका पुस्तक लेखन, प्रशिक्षणका साथै बिगत एक दशक देखि शाखा अधिकृत पदमा रही स्थानीय तह तथा बिभिन्न कार्यालयमा सेवागदै आउनु भएको छ_

प्रतिक्रिया

प्रतिक्रिया