इभेन्ट म्यानेजमेन्टमा डेढ दशक बिताएका शाह

नेपालगन्ज सम्भावना बोकेको सहर हो । मध्य तथा सुदुर पश्चिमको औद्योगिक तथा आर्थिक नगरी । शैक्षिक जोन । मोडलिङ तथा फेसनको उद्गम बिन्दु । मध्य तथा सुदुर पश्चिममा यी र यस्ता कयौं परिचय बोकेको नेपालगन्ज मध्य तथा सुदुरका युवापुस्ताको एककृत थलो बनेको छ । अनि यहि युवापुस्तामा लाई मोडलिङ, फेसन तथा सौन्दर्य प्रतियोगिताको माध्यमद्वारा मनोरञ्जन प्रदान गरि नेपालगन्जको ब्यवसायिक इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा आफ्नो परिचय दिन सफल युवा हुन्, संयोग जंग शाह ।


वि.सं. २०४२ साल असार १९ गते नेपालगन्जमा जन्मिएका संयोग जंग शाहको बाल्यकाल भने बर्दियाको दौलतपुर र राजापुरमै बित्यो । बाल्यकाल उनको लागि उति सारो सम्झन लाएक भएन कारण थियो उनी होस्टेलमै बसेर पढ्नु पर्यो । एसएलसी गणेश बाबा बोडिङ्ग स्कुल राजापुरबाट सकेपछि भने शाह होस्टेल जीवनबाट स्वतन्त्र भए । त्यसैबेला उनको रुचिले छलाङ मार्यो । त्यसै समय उनको मोडलिङ तिर रुचि बढ्दै गयो । एसएलसी पछि नेपालगन्जको जय बागेश्वरी उच्च माबिमा भर्ना भएपछि भने उनको जिबनले व्यवसायीक इभेन्ट म्यानेजमेन्टको दुनियाँमा प्रवेश गरायो ।

त्रिचन्द्र क्याम्पसबाट स्नातक सम्मको अध्यन पूरा गरेका शाह जब प्लसटु अध्यन गर्दै थिए त्यस समय पूरा देश गृहयुद्धको चपेटामा थियो । देशको शान्ति सुरक्षामा ठूलो प्रश्न चिन्ह लागेको थियो । नेपालगन्ज मात्रै हैन देशमै लगभग मनोरञ्जनका सबै ढोकाहरु बन्द थिए । यहाँ सम्मकी केहि सिनेमा हलहरु समेत बन्द थिए । राजधानीमा मात्रै मनोरञ्जनका केही गतिविधिहरु हुने गर्थे । त्यही समयमा जय बागेश्वरीमा अध्यनरत संयोग जंग शाह सहित अमित हमाल, बाबुप्रताप शाही, शक्ति हमाल, सुबम लामा लगायतले एक्स जेनेरेसनको स्थापना गरेर नेपालगन्जमा इभेन्ट म्यानेजमेन्टमा छिरेको संयोग जंग शाह बताउँछन् ।

हामीले एक्स जेनेरेसन २००६ तिर सुरु गरेका थियौ । देशमा संकटकाल थियो, नेपालगन्ज लगायत मोफसलका मनोरञ्जनका सबै ढोका बन्द जस्तै थिए । त्यो बेला युवापिडीमा डिस्को, कल्ब, पबहरूका साथै आउटडोर पार्टीहरु, बोक्रस पार्टीहरू निकै लोकप्रिय हुँदै थियो तर नेपालगन्ज भने यि कुराहरु देखि अनविज्ञ जस्तै थियो । त्यसै बेलामा हामी केही प्लसटु पढ्दै गरेका साथीहरु मिलेर एक्स जेनेरेसनको स्थापनाका साथै नेपालगन्जमा डान्स पार्टीको आयोजना गर्यौ,’ शाह एक्स जेनेरेसनको स्थापनाकाल सम्झिदै बताउछन् ।

पहिलो पटक २००६ मा अपाङ्ग बालबालिकाको सहयोगार्थ डान्स पार्टीको आयोजना गरेको एक्स जेनेरेसन र शाहले लगातार इभेन्ट म्यानेजमेन्ट र मनोरञ्जनको क्षेत्रमा सक्रिय रहदै नयाँ बर्ष, दशैं तथा भ्यालेन्टाइनको अवसरमा डान्स पार्टी आयोजना गर्दै आएको शाह आफ्ना लागि उर्वर समय २०११ पछि रहेको मान्छन् ।

बिश्वब्यापी रुपमा फैलिएको विभिन्न फेसन तथा सौन्दर्य प्रतियोगिताहरु केही इभेन्ट कम्पनीहरुले नेपालको राजधानी लगायत पोखरा तथा पुर्बी भागमा बिस्तार गर्दै गर्दा मध्य तथा सुदुर पश्चिमको सहर नेपालगन्जमा आयोजना हुँदै आएको मिस्टररमिस भेरी नियमित नहुने र बन्द हुने अवस्था आएपछि २०११ मा पहिलो चोटि सौन्दर्य प्रतियोगिता मिस नेपालगन्जको आयोजना गर्यो । साथै त्यसै बर्ष नेपालगन्जको इतिहासमै पहिलो पटक आर एण्ड बि हिपहप कन्सर्ट समेत आयोजना गरे । त्यो बेलाका प्रख्यात ब्याण्ड सिवडी, मानस घले, यम बुद्ध, आरलभ गुरूङ्ग, फुभा तामाङ लगायतका युवापुस्ता माझ लोकप्रिय राष्ट्रिय कलाकारलाई नेपालगन्जमा उनले उतारेका थिए । लगत्तै त्यसको एक बर्ष पछि २०१२ मा अर्को सौन्दर्य प्रतियोगिता लिटिल मिस भेरीको आयोजना समेत एक्स जेनेरेसनले गरेको थियो ।

‘२०११ तिर राजधानी लक्षित ब्युटी प्रिजेन्टहरू थुप्रै हुने गर्थे । फेशन र मोडलिङ्ग प्रति रूचि नेपालगंजका युुवा पिडीमा पनि थियो । नेपालगन्जमा उति बेला मिस्टररमिस भेरी हुने गर्थ्यो । तर उक्त कार्यक्रम आयोजना बन्द हुन थालेपछि यहाँका फेशन र ग्यामरका पारखीहरूमा नौरास्यता छाउन थालेको थियो । त्यसपछि हामी एक्स जेनेरेसनका साथीहरु सुदिप श्रीवास्तब, मिनराज राना, निराजन थापा लगायतले पहिलो पटक मिस नेपालगन्जको घोषणा र समापन गर्यौ । यो नै हाम्रो पहिलो सौन्दर्य प्रतियोगिता थियो,’ शाहले बताए ।

सोमबार मात्रै सम्पन्न अन्तर्राष्ट्रिय लेडिज डिजे लिनेटा सहित नेपालका उत्कृष्ट डिजे तथा हिपहप गायक समेतको सहभागीता गराएर नेपालगन्जमा पुल पार्टी आयोजना गरेको शाहले २०१८ देखि नै अन्तर्राष्ट्रिय डिजेलाई नेपालगन्जमा भित्र्यान सुरु गरेका हुन् । २०१८ मा युरोपको टप १० को छैटौं नम्बरमा पर्ने डिजे डेक्सी लाई लिएर नेपालगन्जमा उतारेर पुल पार्टी आयोजना गरेको संयोग जंग शाह बताउँछन् ।

‘मोडलिङ र इभेन्टको क्षेत्रमा मेरो रुची सानै देखि थियो । र मध्य तथा सुदुर पश्चिमको सहर, सद्भावको सहर नेपालगन्जमा यसको सम्भावना अधिक रहेको छ त्यसैले मैले नेपालगन्ज महानगरलाई लक्षित गरेर अन्तरास्ट्रिय सेलिब्रेटीहरु झिकाउने र नेपालगन्जका युवा पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको इभेन्टको अनुभव गराउन लागि परेको छु,’ शाह बताउँछन् ।
एक्स जेनेरेसनको वार्षिक क्यालेन्डर ‘मिस नेपालगन्ज’ र ‘लिटिल मिस भेरी’को तयारी गरिरहेका शाह श्रावण दोस्रो सातादेखि मिस नेपालगन्जको अडिसन सुरु हुने बताउँछन् । र यसै बर्ष श्रावण वा भदौको पहिलो साता अर्को अन्तराष्ट्रिय स्तरको लेडी डिजेको सहभागिता सहितको पुल पार्टी आयोजन गर्ने शाह बताउँछन् ।

सौन्दर्य प्रतियोगिता, पुल पार्टी तथा व्यवसायिक डान्स पार्टी जस्ता इभेन्ट गर्दै आएका संयोग जंग शाह अब भने केही नयाँ गर्ने सोचमा अधि बढेको बताउँछन् । यसै बर्ष देखि म्यारिज इभेन्टमा समेत हात हाल्न तम्तयार रहेका शाह यस्ता किसिमका इभेन्ट म्यानेजमेन्टमा राम्रो भविष्य रहेको बताउँछन् ।

इभेन्ट म्यानेजमेन्ट बिश्वब्यापी रुपमा हेर्दा निकै नै मन पराइएको क्षेत्र हो । आजका दिनमा विश्वभरी यो बिषय कलेज तथा विश्व विद्यालयमा पढाइन्छ । नेपालमा समेत यो बिषयको रुची बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया