कोसेबाली अनुसन्धानबाट विकसित गरिएका कृषक मैत्री तथा वातावरण अनुकुलन जातहरु

राजेन्द्र दराइ

कोसेबाली सम्बन्धि उन्नत प्रविधिहरुको विकास, जातीय विकास तथा श्रोत बिउ उत्पादन, विशेषज्ञ सेवा प्रदान, कोसेबालीलाई वर्तमान खेती प्रणालीमा संयोजन गरी विस्तार गरि राष्ट्रिय स्तरमा कोसेबालीको उत्पादन र उत्पादकत्व बृद्धि गरी आम नेपालीहरुको जीवीकोपार्जन, आय आर्जन तथा खाद्य÷पौष्टिक सुरक्षामा सहयोग पुरयाउने बृहत उद्देश्यले बाली बिज्ञान महाशाखा, खुमलटार र कृषि केन्द्र, परवानीपुरमा बि.स. २०२९ साल (ई.स.१९७२) देखि बिशेष गरि भटमास, मुसुरो र चना सम्बन्धि अनुसन्धान सुरु गरिएको थियो ।


ई.स. १९७७ मा कोसेबाली अनुसन्धान परियोजना, बाली विज्ञान महाशाखा, खुमलटार मा संचालन भयो । ई.सं १९८५।८६ (२०४३।४४)ः राष्ट्रिय कोसेबाली विकास कार्यक्रम, रामपूरमा स्थापना भयो र ने.कृ.अ.प.को २०४८ सालमा स्थापना पछि राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम नामाकरण भएको र आठौं पंचबर्षिय कार्ययोजनामाः थप समावेश भएका कोशेबालीहरु मूंग, मास, बोडी तथा खेसरी त्यस पश्चात २०७१ साल असोजदेखि कोसेबाली अनुसन्धान कार्यक्रमलाई क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बांकेको हाताभित्र स्थानान्तरण गरिएको हो । कोसेबाली अनुसन्धान कार्यक्रम ने.कृ.अ.प. अन्र्तगतको एक महत्वपूर्ण बाली विशेष राष्ट्रिय कार्यक्रम हो र वर्षे, हिउंदे तथा वसन्त सिजनमा गरिने सबैखाले कोसेबालीहरुको अध्ययन अनुसन्धान गर्ने आधिकारीक एकमात्र संस्था हो ।


लामो समयदेखि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन रणनिती बनाई थुप्रै कृषक तथा वातावरण मैन्त्री प्रविधिहरु, जातीय विकास गर्न सफल भएको र यो सफलता कृषक तथा राष्ट्रको विकासको लागि वरदान सावित भएको छ । कोसेबाली अनुसन्धानले बिभिन्न बिषय बिशेष महाशाखा, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र कृषि अनुसन्धान केन्द्रद्वारा प्राथमिकता प्राप्त कोसेबालीहरुमा जर्मप्लाज्म संकलन एवं संरक्षण, जातीय सुधार तथा उन्मोचन कार्यक्रम, खेति गर्ने जलवायु परिवर्तन अनुकुलन स्मार्ट कृषि विधि तथा बाली बिज्ञान सम्बन्धि प्रविधि विकास, रोग किराहरुको एकीकृत व्यवस्थापन, श्रोत बिउ उत्पादन तथा वितरण, मलखाद तथा जिवाणु मलको प्रभावकारिता अध्ययन, बाली संरक्षण सम्बन्धि अध्ययन, बाह्य अनुसन्धान तथा कृषक सहभागितात्मक अनुसन्धान, कृषक परामर्श जस्ता कार्यक्रमहरु संचालन गरेको छ ।


यस कार्यक्रम संग राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु इकार्डा, इक्रीसेट, इटा, एभीआरडीसी इत्यादी जस्ता संगको सुमुधुर सम्वन्ध तथा सहकार्य भएको कारण भविष्यमा अझै थुप्रै प्रविधिहरुको विकास गर्ने सक्ने देखिन्छ । अप्रयाप्त वैज्ञाविक तथा प्राविधिक जनशक्ती एंवम् न्युन श्रोत साधनको वावुजुत कोसेबालीमा देखिने विविध समस्याहरुलाई र राज्यको प्राथमिकतालाई सहर्ष स्वीकार गरी विभिन्न अनुसन्धान विद्यामा लागि गरेका छन् । हाल सम्म कोसेबाली अनुसन्धानले ४३ वटा कोसेबालीहरुको जात विकास गरी उन्मोचन गरेको छ त्यसमा १३ जात मुसुरो, ७ जात चना, ६ जात बोडी, २ जात रहर, ८ जात भटमास, ३ जात मास, ४ जात मुंगका रहेका छन् । ४३ वटा कोसेबालीहरुको जातीय विविधताले न्युन आय भएका कृषकहरु र आकाशे खेतीमा निर्भर रहने कृषकहरुको लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न राम्रो अवसर भएको र जीवीकोपार्जन, आय आर्जन तथा खाद्य÷पौष्टिक सुरक्षामा सहयोग पुरयाउने अपेक्षा गर्न सकिन्छ ।


वर्तमान खेती प्रणालीहरुमा बाली विविधिकरण, सघनिकरण तथा दिगो कृषि विकासको लागि कोसेबाली एक महत्वपुर्ण बालीको रुपमा स्थापित भईसकेको छ । कोसेबालीहरुमा प्रशस्त प्रोटिनको मात्रा पाईने हुदां गरीब किसानको मासु भनेर पनि चिनिन्छ । कोसेबालीले झण्डै कुल खेती योग्य जमिनको ११ प्रतिशत हिस्सा राख्छ यस मध्ये मुसुरोले झण्डै ६३ प्रतिशत ओगटेको र नेपाली मुसुरो साना दाना, रातो दिउला भएको प्रशस्त मात्रामा प्रोटिन (२६%), शुष्म पोषक तत्व आइरन, जिंकको मात्रा पाईने, फतक्क पाक्ने अर्गानिक उत्पादन भएकोले विदेशमा निर्यात भईरहेको छ । आ.व. २०७४।७५ मा नेपालमा विभिन्न कोसेबालीहरु ४५ अरव ४१ करोड मूल्य बराबरको आयत हुनुले यस बालीको महत्व झल्किन्छ त्यसर्थ राष्ट्रको योजनाविद तथा सरकारले आयत प्रतिस्थापन गर्न गेम चेन्जर परियोजना ल्याउन अत्यन्त आवश्यक छ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा समाहित गर्न सकेमा आकासे खेतीमा निर्भर रहने कृषकहरुको लागि तथा वर्तमान खेती प्रणालीमा समावेश गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्न प्रबल सम्भावना रहेको छ ।

पछिल्लो दुई वर्ष यता कोसेबाली अनुसन्धानको उल्लेखनिय उपलब्धिहरु
मुसुरोमा उपलब्धि
– हालसालै २०७३ साल यता उन्मोचित मुसुरोको नयां जात खजुरा मुसुरो ३ इर्काडाका जातहरु विचको क्रसिड. (आर एल ४) बाट छनौट गरीएको थियो । १४२ दिनमा पाक्ने यो जातको औषत उत्पादन १८०० के.जी. प्रति हे.(उत्पादन क्षमता २३०५ प्रति हे) रहेको र तराई तथा मध्य पहाड (१७०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । ओइलाउने र स्टेमफाइलम डढुवा रोग सहने सक्ने यो जात शुक्ष्म पोषक तत्व फलाम (८१ मी.ग्रां), जिंक (६५ मी.ग्रा.) तथा प्रोटिन (२६.७%) जातीय विशेष गुण छन् ।

– हालसालै २०७३ साल यता उन्मोचित मुसुरोको नयां जात खजुरा मुसुरो ४ इर्काडाका नर्सरी बाट छनौट गरीएको थियो । १३६ दिनमा पाक्ने यो जातको औषत उत्पादन १०८१ के.जी. प्रति हे.(उत्पादन क्षमता २०५० प्रति हे) रहेको र मध्य तथा सुदुर पश्चिमान्चलका तराई को लागि सिफारिस गरिएको हो । ओइलाउने र स्टेमफाइलम डढुवा रोग सहने सक्ने यो जात शुक्ष्म पोषक तत्व फलाम (७९ मी.ग्रां), जिंक (४५ मी.ग्रा.) तथा प्रोटिन (२७%) भएको आकर्षक सुनौलो दाना जस्ता जातीय विशेष गुणहरु छन् ।

– हालसालै २०७३ साल यता उन्मोचनउन्मूख मुसुरोको नयां जात खजुरा कालो मुसुरो स्थानीय जात बाट छनौट गरीएको थियो । १४२ दिनमा पाक्ने यो जातको औषत उत्पादन १२०८ के.जी. प्रति हे.(उत्पादन क्षमता २३९४ प्रति हे) रहेको र तराई । भित्री मधेश तथा मध्य पहाड (१७०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । ओइलाउने र स्टेमफाइलम डढुवा रोग सहने सक्ने यो जात शुक्ष्म पोषक तत्व फलाम (७५ मी.ग्रां), जिंक (४२ मी.ग्रा.) तथा प्रोटिन (२५%) जातीय विशेष गुण छन् ।

  • यस बाहेक आइरन तत्व भएका जातPL4 (83.82 ppm), ILL 9926 (79.18), LG 12 (79.04), ILL 7715 (78.59). ILL 3490 (78.44), WBL77 (76.36). जिंक तत्व भएका
    LG12 (48.14), PL4 (47.9), ILL 9926 (47.89), Shital (47.86), ILL 6467 (47.38), ILL 7715 (46.83) र सेलेनियम तत्व भएका ILL6256 (0.42), Shital (0.41), Sagun (0.362), ILL 6467 (0.35), HUL 57 (0.34), ILL 3490 (0.32) जात स्तेमफिलीयम डदुवा अवरोधक ।
    बोडीमा उपलब्धि
    – हालसालै २०७३ साल यता उन्मोचित बोडीको नयाँ जात गाजले बोडीे आइ आइ टी ए नर्सरी बाट छनौट गरीएको थियो । ७८ दिनमा पाक्ने यो जातको औषत उत्पादन १३९८ के.जी. प्रति हे.(उत्पादन क्षमता २००५ प्रति हे) रहेको र तराई । भित्री मधेश, वेशी तथा मध्य पहाड (१२०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । थाक्रा नचाहिने, कोसा तरकारी तथा दाल दुवैको लागि उपयुक्त सेतो दानामा आंखा कालो हुने जातीय विशेष गुण छन्

मुंगमा उपलब्धि
– हालसालै २०७३ साल यता उन्मोचित मुंगको नयाँ जात प्रतिज्ञा भारत उदगम स्थल भएको स्थानीय जात हम १६ बाट छनौट गरीएको थियो । ६५ दिनमा पाक्ने यो जातको औषत उत्पादन १३४६ के.जी. प्रति हे रहेको र तराई । भित्री मधेश तथा मध्य पहाडी क्षेत्रको वेसी, टार (७०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । ठूलो आकारको दाना, पहेंलो छिरविरे रोग नलाग्ने , वर्षात तथा वसन्त सिजनको लागि उपयुक्त , दुई पटकमा ८५ प्रतिशत कोसा टिप्न सकिने जातीय विशेष गुण छन् ।


मासमा उपलब्धि
– हालसालै २०७३ साल यता उन्मोचित मासको नयां जात रामपुर मास स्थानीय जात बाट छनौट गरीएको थियो । ६४ दिनमा पाक्ने यो जातको औषत उत्पादन ८८६ के.जी. प्रति हे. (उत्पादन क्षमता १४२३ प्रति हे) रहेको र तराई तथा मध्य पहाड (१५०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । पहेंलो छिरविरे रोग कम लाग्ने, वर्षात तथा वसन्त सिजनको लागि उपयुक्त भएको, फतक्क पाक्ने, खानमा लेसिलो स्वाद जातीय विशेष गुण छन् ।

– त्यसै गरी उन्मोचित मासको नयाँ जात खजुरा मास १ स्थानीय जात बाट छनौट गरीएको थियो । ६६ दिनमा पाक्ने यो जातको औषत उत्पादन ८९४ के.जी. प्रति हे.(उत्पादन क्षमता १९३९ प्रति हे) रहेको र तराई तथा मध्य पहाड (१५०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । पहेंलो छिरविरे रोग कम लाग्ने, वर्षात तथा वसन्त सिजनको लागि उपयुक्त भएको, फतक्क पाक्ने, खानमा लेसिलो जातीय विशेष गुण छन् ।


– बारी मास–१, बारी मास–२, बारी मास–३, वि.एल.जी ००५५–१–१, वि.एल.जी ००७२–१ पहेलो छिरबिरे रोगसंग अवरोधी पाइयो ।


राजमामा उपलब्धि
– हालसालै उन्मोचनउन्मूख राजमाको नयां जात पीडीआर १४ भारतको कानपुर को भ्ऋ ढद्धद्धछघ जात बाट छनौट गरीएको थियो । ११९दिनमा पाक्ने यो जातको औषत उत्पादन १८६२ के.जी. प्रति हे.(उत्पादन क्षमता ३६९१ प्रति हे) रहेको र तराई । भित्री मधेश , मध्य तथा उच्च पहाड (२३०० मी. सम्म) को लागि सिफारिस गरिएको हो । पहेंलो छिरविरे रोग नलाग्ने, सेतो कपासे तथा एन्त्राक्नोज सहने सक्ने यो जात प्रोटिन (२२.६१%), सेतो फुल र रातोमा सेतो छिरविरे दाना जातीय विशेष गुण छन् । (वरिष्ठ वैज्ञानिक (एस–४) दराइ कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरामा कार्यक्रम संयोजक पदमा कार्यरत छन्)

प्रतिक्रिया

प्रतिक्रिया