नेपाल प्रहरीको समाजमा छुट्टै पहिचान छ । किनकी प्रहरी नागरिक बिचको सम्बन्ध नङ र मासु जस्तै छ । हुन पनि हो वर्तमान परिस्थितिमा प्रहरी बिना समाजको परिकल्पना गर्न सकिदैन । वास्तवमा समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी हुन् । समग्रमा समाजमा सद्भाव र शान्ति कायम गर्न जति नेपाल प्रहरीको भूमिका छ । त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुन्छ त्यसैले प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन एक दम अपरिहार्य रहेको देखिन्छ ।
बेला बखतमा कुनै सुरक्षाकर्मी अथवा प्रहरीले कानुनको बिरुद्ध क्रियाकलाप गर्दा वा गल्ति, कमि कमजोरी, लापरवाही, भएको अवस्थामा समग्रमा प्रहरी बिभागलाई बदनाम गर्नु कदापी राम्रो होइन र यो सुहाउँदो काम पनि होइन । नेपाल प्रहरीमा सक्षम इमान्दार राष्ट्रप्रेमी र जनताको रक्षा गर्ने नागरिकलाई सधै मानवअधिकार एवं सुरक्षाको प्रत्याभूति गराउने प्रहरी अधिकारी पनि नेपाल प्रहरीमा पनि छन् भनि बिर्सिनु हुँदैन ।
हामीले इतिहासको बिभिन्न कालखण्डलाई फर्केर हेर्दा नेपाल प्रहरीले दिएको त्याग बलिदान तथा समाज परिवर्तन का लागि दिएको योगदानलाई कहिल्यै बिर्सिनु हँुदैन । मुलुकमा भएको बिभिन्न आन्दोलन होस् या महाविपत्ति, प्राकृतिक प्रकोप आउँदा ज्यानको प्रवाह नगरेर सधै देश र जनताको सेवा गर्न नेपाल प्रहरी सधै आफ्नो जिम्मेवारी प्रति उत्तरदायी रहेर काम गर्दै आएको छ । जसको हामी सबैले सम्मान र प्रोत्साहन समेत गर्नु पर्दछ । त्यसैले त नेपाल प्रहरीको समाजमा एक पृथक पहिचान छ । केही बर्ष अगाडीको नेपाल प्रहरी र अहिले को प्रहरी र नागरिक बिचको सम्बन्ध झन् उदाहरणीय बन्दै गएको छ । जसको आभाष प्रत्यक्ष रुपमा हामी नेपाली नागरिकले महसुस समेत गरेका छौ । हो, वास्तवमा प्रहरी र नागरिक बिचको समधुर सम्बन्धमाले नै लागुऔषध, गुण्डागर्दी बालविवाह हिंसा अत्याचार हत्या बलात्कार चोरी डकैती तथा महिला बालबालिका माथि हुने बिभिन्न प्रकारका हिंसालाई निराकरण गर्न निकै टेवा पुग्छ ।
समाजमा कुनै पनि अप्रिय घटना हुन् नदिनको लागि हामीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन समेत जरुरी छ ।
हरेक जिल्लामा महिला बालबालिकाको घटना लाई गम्भीरतापूर्वक अध्ययन अनुसन्धानका लागि जिल्ला जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना भई जिल्ला लैंगिक हिंसा नियन्त्रण सञ्जाल समेत गठन भएको छ । जसको प्रत्यक्ष फाइदा र लाभ आम नागरिकमा पुगेको संगै प्रहरी नागरिकको सम्बन्धलाई समेत प्रगाढ बनाएको छ । यति कुरा भैरहदा समेत बेलाबखत सानो कमजोरीले गर्दा आपसी सद्भाव खल्बलिदा जसबाट समाजले ठुलो क्षति बेहोर्नु परेको छ । जसबाट हाम्रो सामाजिक एकता माथि ठुलो असर समेत पर्न गएको छ । त्यसैगरी नेपालगन्ज पनि एक सद्भावको सहरको रुपमा चर्चित छ । यहाँको सामजिक धार्मिक एकता शान्ति सद्भाव कायम गर्न नेपाल प्रहरीले एक उदाहरणीय र सम्मानजनक भूमिका खेल्दै आएको छ ।
वास्तवमा यो नागरिक र प्रहरी बीचको सुमधुर सम्बन्धले नै सम्भव हुने गर्दछ नेपाल प्रहरी बढी समय समाजमा बिताउने भएकोले समाजले पनि नेपाल प्रहरीलाई उत्तिकै सम्मान र इज्जत गर्ने गर्छ । त्यो संगसंगै बिभिन्न बेलाबखत सामजिक अपराधिक क्रियाकलापलाई समेत नियन्त्रण गर्न र समाजमा भइचारा र चाहेको सोचेको जस्तो समाजलाई स्थापित गर्न र अरुको लागि उदाहरणीय समेत बन्न समेत जरुरि देखिन्छ ।
एसियाको बिभिन्न मुलुकहरु मध्ये नेपाल प्रहरी एकदमै उत्कृष्ट स्थानमा नै छ । नेपाल प्रहरीले सुरु गरेको समुदाय प्रहरी साझेदारी महाअभियानले समेत प्रहरी नागरिक बिचको सम्बन्ध अझै मजबुत बनाई समाजमा हुने बिभिन्न सामाजिक बिकृति विसंगतिलाई निराकरण गरि सामाजिक अपराधिक क्रियाकलाप लाई निरुत्साहित गर्ने छ । हामी सबैले आम नागरिकको हैसियातले अभियानमा लाग्न र साथ दिन समेत जरुरी छ । यस अभियानलाई मुर्तरुप दिने हामी सबैको जिम्मेवारी समेत हो ।
वास्तवमा कुनै गलत क्रियाकलापलाई नियन्त्रण नेपाल प्रहरी एक्लैले पनि गर्न सक्दैन यसका लागि समाजमा बस्ने समाजसेवी बुद्धिजीवि नागरिक समाज लगायत हरेक नागरिकले नेपालको सबिधान २०७२ मा नागरिक कर्तब्यलाई सम्झेर आफ्नो जिम्मेवारी निभाउन निकै जरुरी समेत रहेको छ । यसका निम्ति काँधमा काँध हातमा हात र साथमा साथ मिलाउन अत्ति नै महत्वपूर्ण रहेको हामीले महसुस गरेका छौ । यदि बेला बखतमा नेपाल प्रहरी लगायत राज्यको अनुसन्धान निकायबाट कुनै गल्ति कमि कमजोरी हुँदा त्यसलाई सही मार्गमा लैजान आम नागरिकको समेत दायित्व भित्र पर्दछ । जसबाट सकारातमक प्रतिफल समेत ल्यान जरुरी देखिन्छ । जसमा आम नागरिकले आफ्नो नागरिक दायित्वलाई संगै लैजान आवश्यक छ । मुलुकमा भैरहेको बिभिन्न अपराधिक गतिविधिलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरी संगसंगै हिड्न जरुरी छ । जसको अरुलाई सकारात्मक सिकाई समेत हुन्छ त्यस कारण आजै बाट उठौ ।