गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिभियन कलेजले आर्थिक संकलन गरिरहेको छ । झट्ट सुन्दा अचम्म लाग्नु स्वभाविकै हो तर विद्यार्थी आफै आफ्नो गौरव अन्तर्राष्ट्रिय खेल मैदान बनाउन जुट्नु चाहिँ एक असल कामको सुरुवात मानिन्छ । गौतम बुद्ध क्रिकेट मैदान सबैको हो । संसारमा क्रिकेट मोह बढेको बेला धुर्मुस सुन्तलीले हामी बनाउँछौ भनेर कम्मर कस्नु एक निस्वार्थ त्याग हो । आफ्नो जीवनकै एक असल दुर्घटना हो समाज उन्नतिको एक साँचो हो । आफ्ना लागि सबै बाँचेका छन् अरुका लागि बाँच्न सक्नु पो मानबता। धुर्मुस सुन्तली एक अजिव समाजका सहयोगी राष्ट्रका शान हुन् ।
चाहे मुसहर बस्ती होस चाहे दुखमा परेका लाई सहयोग होस् । यस्तै उनीहरुको अभियानलाई हामी पनि केही सहयोग गर्न सक्छौकी भनेर कलेजका विद्यार्थी तम्सनु यो नेपालकै पहिलो उदाहरण होला । राजनीति परिवर्तनमा सधै पार्टीहरुले विद्यार्थीलाई आफ्नो हतियार बनायो तर विद्यार्थीले केही पाएनन् । यिनी विद्यार्थी भनेका राष्ट्रका गहना हुन देश निर्माणका सम्बाहक हुन भाबी देश कस्तो बनाउने उनीहरुकै हातमा हुन्छ । विद्यार्थीलाई कस्तो बनाउने त्यो चाही विद्यालयको हातमा हुन्छ । कलेज अनुसारका विद्यार्थी हुन्छन् । छोटो समयमा नै जिभिएनले नेपालगन्ज होस या यो मध्य र सुदुरमा शिक्षा क्षेत्रमा निकै अनुकरणीय काम गरेको छ । आज जिभिएन जनजनको बोली बनेको छ । अरु भन्दा पृथक फरक छ यहाँको ब्यबस्थापन । हरेक क्षेत्रमा अब्बल बन्दै गएको छ । खेल होस या विविध क्रियाकलाप होस जिभिएनको आफ्नो छाप बसाल्न सफल भएको छ ।
पढाइ अनुशासनमा मात्र सीमित विद्यार्थी राख्नु हुदैन । उनीहरुको अन्तनिहित प्रतिभाका साथै उनीहरुलाई समाज सेवामा पनि लगाउनु पर्छ भन्ने उद्देश्यले विविध समयमा जिभिएनले कार्यक्रम गर्दै आएको छ । चाहे मिर्गौला पीडित होस या क्यान्सर पीडितलाई सहयोग, चाहे बाढी पीडित होस या भुकम्प पीडित होस जिभिएनले निकै अनुकरणीय तरिकाले सहयोगी काम गरेको छ । आज आफ्नो एक कार्यक्रमको आयोजना गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बिद्यार्थी स्वस्फूर्त रुपमा रकम संकलन गर्नु एक उदाहरण हो ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिने भनिएको छ । २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट अनि मुख्य गेटको डिजाइन स्तुपा रहनेछ भनिएको छ । यो हामी सबै नेपालीको एक गौरबको आयोजना हो । यस्तो आयोजना जसले बिश्वमै एक पहिचान बन्न सक्छ । अन्तर्राष्ट्रिय स्तरको मैदान बन्नु भनेको अन्तर्राष्ट्रिय खेलहरु पनि नेपालमा गराउन सक्नु हो । नेपाल आउन सन्सार लालायित छ ।
नेपालको सुन्दरता बिबिधतामा एकता अनि सगरमाथा र गौतम बुद्ध मात्र नभैइ ठुला ठुला मोतिका लहर झै टल्केका सेता हिम श्रृङ्गखलाहरु हाम्रो पहिचान हो । यदि यो बन्यो भने खेलकै बाहनाले किन नहोस प्रयटक भित्राउन सक्छौ । यस्तो गौरवशाली प्रायोजना सफल बनाउनु पर्छ भनेर बिद्यार्थी आफै लाग्नु एक अनुकरणीय काम हो । मानिसले समाजका लागि केही गर्न सकेन भने त्यो मानव होइन एक जनावर हो । मानव चोला नाशवान छ एक दिन मर्छौ हामी । तर, उहीँ कुकुर बिरालोको मृत्युलाई म मरण मान्दिन । हामीले समाज परिबर्तनका कामहरु गर्नु पर्छ । आज जिभिएन कलेजले खेल मैदानको लागि रकम उठाएको छ र त्यो रकम धुर्मुसलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । यसरी आफुले गर्ने फजुल खर्चलाई समाज सेवामा लगाउने ज्ञान हामीले दिन सक्यौ भने निकै राम्रो हुने थियो । हामीले पनि समाज सेवाको लागि जिभिएन कलेजबाट केही सिक्ने कि ।