फागुन १९देखि २९गतेसम्म नेपालगन्जमा उद्योग बाणीज्य संघद्धारा आयोजित प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । समापनमा बोल्दै प्रमुख अथिति उद्योग बाणीज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले बांकेमा प्रदेश नं.५को राजधानी बनाउन नसके पनि आर्थिक राजधानी बनाउन सकिने बताउनु भयो । होटल, शिक्षण सस्था, अस्पताल,उद्योग खोलेर आर्थिक समृद्धि गर्न सकिने बताउनु भयो ।
यसैगरी मेलाको उद्घाटन सत्रमा बोल्ने अधिकांश बक्ताले बांकेमा राजधानीको माग गरेका थिए । महोत्सवको उद्घाटन शत्रमा नेपालगन्जमा राजधानी नभए हामी नेपालगन्जबासी पछि पर्दछौ त्यसकारण नेपालगन्जमा राजधानी हुनु पर्दछ यदि नेपालगन्जमा राजधानी हुदैन भने हामी आन्दोलनमा जानु पर्दछ । नभए बांके बर्दियालाइ ६नं. प्रदेशमा गाभिनु पर्दछ भन्दै नेपालगन्ज उप –महानगरपालिकाका मेयर धवल शंशेर राणाले भन्नु भयो ।
यसै कुरामा समर्थन गर्दे उद्योग बाणीज्य महासंघका केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग बाणीज्य संघका निबर्तमान अध्यक्ष कुष्ण प्रसाद श्रेष्ठले प्रदेश नं.५को राजधानी नेपालगन्ज बनाउनको निम्ति आन्दोलन गर्न सबै जागरुक हुनु पर्ने कुरा उद्घाटनमा बताउनु भएको थियो भने समापनमा पनि सोहि कुरामा जोड दिनु भएको छ । नेपालगन्ज उद्योग बाणीज्यका पुर्व अध्यक्ष अच्यु्त प्रसाइले पनि नेपालगन्जमा राजधानी नभएमा नीजि क्षेत्रले आन्दोलनको शूरुवात गर्नुपर्ने कुरा समापनमा पनि दोहोर्याउनु भयो ।
उद्घाटन शत्रमा बोल्दै भुमिव्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले राजधानी तोक्ने काम प्रदेशको भएको र आफु त्यो ठाउंको सदस्य भएको नाताले प्रदेश ५का सबै जिल्लालाइ पायक पर्ने ठाउंमा राजधानी बनाउछौं ढुक्क हुनुहोस भन्दै आशवासन दिनु भयो । नेपालगन्ज उद्योग बाणीज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पनि बांकेमा राजधानीको माग गर्नु भयो ।
उद्घाटन सत्रमा सबै जनाले बोलिसकेपछि पालो आयो प्रमुख अथिति समेत रहेका सडक डिभिजन तथा सहकारी मन्त्रि मो.इस्तीयाक राइको उहांले नेपालगन्ज राजधानी माग्नु बेमौसमी बाजा हो भन्दै अनावश्यक आन्दोलनको हल्लाको कुनै तुक छैन भन्नु भयो । उहांले यदि नेपालगन्जमा राजधानी बनाउने हो भने ७ वटा प्रदेश मध्य ४ वटा प्रदेशले सहमत दिनु पर्दछ वा वहुमत प्रदेशको सहयोग आवश्यक पर्दछ ,अनि संविधान संशोधन नगरीकन बांके बर्दियालाइ पनि ६ नंम्वर प्रदेशमा गाभ्न नमिल्ने प्रष्ट पार्नु भयो ।

अन्य प्रदेशहरु राजधानीको टुङ्गो लगाइसकेर के नाम राख्ने भन्ने बिषयमा छलफल गर्दै छन् तर हामी भने राजधानीको माग गर्दै छौ । त्यसले गर्दा यतिखेर प्रदेश ५को राजधानी कहां होला भन्ने धेरैको मनमा कौतुहलता छाएको छ । नेपालगन्जमा भएका सबै कार्यालयहरु बुटवलमा सरिसकेका छन् । नेपालगन्जमा राजधानी नभएपनि संचार हब वा औद्यौगिक हब बनाउन सकिने प्रदेश ५का मुख्य मन्त्रि शंकर पोखरेलले नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्नु भएको थियो । २्र०्र्र्र७४सालमा नेपालगन्ज उद्योग बाणीज्य संघद्धारा आयोजित प्रदेशिक महोत्सबमा प्रमुख अथितिको आसनबाट बोल्दै नेकपा का अध्यक्ष प्रचण्डले नेपालगन्जलाइ प्रदेश ५को राजधानी बनाउने आश्वासन दिनु भएको थियो । तर व्यवहारमा त्यो पाइएन । राजधानि बनाउनु त कता कता सभागृह निर्माणको निम्ति नेपालगन्ज उद्योग बाणीज्य संघले महोत्सवको आयोजना गरी रकम संकलन गरेको छ । भवन निर्माणको लागि कारकादो सडक डिभिजनमा जग्गा छुट्टयाएको १०बर्ष पुगी सक्दा पनि सरकारले निर्माणको लागि रकम छुट्याउन सकेको छैन । अनि कसरी हुन्छ बांके जिल्लाको विकास ?
त्यसकारण विगतमा मध्यपश्चिमको के्रन्द्र विन्दुको रुपमा रहेको नपालगन्जको व्यापार व्यवसाय धरासाइमा पर्ने देखिएको छ । समयमै नेपालगन्जको विकासको निम्ति सोच्न जरुरी छ । यहाका शांसद र मन्त्रिहरुले बांकेको शिर ठाडो पार्ने गरी काम गर्न जरुरी छ । यदि नेपालगन्जलाइ राजधानी बनाउन सकिएन भने पनि औद्योगिक नगरी बनाउन सकिन्छ । पर्यटन स्थलको विकास गरी पर्यटकिय स्थल बनाउन सकिन्छ । विभिन्न उद्योगहरु खोलेर आर्थिक राजधानी बनाउन सकिन्छ ।

संचार ग्राम बनाउन सकिन्छ तर यस क्षेत्रका जनताको इच्छा शक्तिको खांचो छ, एकताको खांचो छ । यस क्षेत्रमा रहेको संचार केन्द्र पनि रुपन्देहि स्थानान्तर भएर गइसक्यो । यस विषयमा पनि याहाका जनताको कुनै चासो र सक्रियता देखिएन । बांके जिल्लामा पहाडबाट आउने जडिबुटि भारत निकासी हुने भन्सार नजिक भएको हुनाले व्यापार व्यवसाय फस्टाउने सम्भावना थियो । तर यस क्षेत्रका जनताको मौनताका कारण यो क्षेत्र पछाडि पर्दै गएको भान हुन्छ । जुनबेला राजधानीको सम्भावना तोक्ने समय थियो त्यतिबेला यहांका जनताबाट ज्ुन उत्साह, जोश र उपमंग हुनु पर्ने थियो त्यो हुन सकेन । बांकेलाइ राजधानी बनाउनु पर्दछ भनि नेतृत्व गर्ने दह्रा नेताहरुको अभाव खड्कियो ।
विगतमा बांकेले नेता नपाएको पनि होइन प्रधानमन्त्रिको रुपमा स्व.शुशील कोइरालालाइ पाएको बांकेले सोचे अनुसारको विकास पाएन । प्रधानमन्त्रिको गृहजिल्ला पनि रहेको हुनाले राजधानी बांके तोक्न सकेको भए र संविधानमा लेख्न सकेको भए आज राजधानीको लागि रुन पर्ने थिएन ।
अब राजधानी कित कपिलबस्तु कित दाङ जिल्लामा हुने सम्भावना देखिन्छ । बांकेमा राजधानी बनाउनको निम्ति बांकेबासीको पहुंच पुगेन । विगतमा राजधानी तोक्ने समयमा यस क्षेत्रमा रहेका सांशदहरु एकजुट भएर एउटै बोली गरी लागेको पनि पाइएन । बांके जिल्ला बोर्डरमा पर्ने भएका कारण बांकेमा राजधानी हुदैन भन्ने व्यक्तिहरु अहिले बांकेमा राजधानी बनाउनु पर्दछ भनि बोली फेरेको देखिन्छ । “आगे चेते चेते नाइ पाछेचेते होते नाइ” भने झै बांकेमा राजधानी बनउन नसके पनि उद्योग,होटल,पर्यटन क्षेत्रको विकास गरी आर्थिक राजधानी भने बनाउन सकिन्छ त्यसको लागि बांकेवासी एकजुट हुनु पर्दछ ।
विगतमा सबै जिल्लाहरुले आन्दोलन गर्दा बांकेका जनताले पनि बांकेमा राजधानीकेँ म्ँग गरी आन्दोलन गर्नुपर्दथ्यो तर त्यसो भएन । “फलाम तातेको बेला हतियार बनाउनु पर्दछ ।” सुदुरपश्चिमले आन्दोलन गर्यो ६प्रदेश भैसके पछि एक प्रदेश थपेर सरकारले ्र७ प्रदेश बनायो । ठिक त्यतिबेला नै बांकेका जनता तातेर सके बांकेमा राजधानी माग्ने नसके बांके बर्दिया लाइ ६नम्वरमा गाभिदिन माग गर्नु पर्दथ्यो । अब बांके बर्दियाका जनतालाइ तातो दुध निल्नु न ओकल्नु भएको छ । प्रदेश ५को राजधानी रुपन्देहि भयो भने पनि निकै अपायक र टाढा पर्ने हुन सक्छ दाङ जिल्लामा राजधानी हुन सक्ने सम्भावना देखिन्छ । यदि त्यसो हो भने बांके जिल्ला विगतमा मध्यपश्चिमको राजधानी नै थियो । कर्णाली लगायत पहाडि जिल्लाको केन्द्रविन्दु बांके जिल्ला थियो । व्यापारी के्र्र्र्रन्द्र थियो ।
तर पछिल्ला दिनमा नेपालगन्जमा रहेका कार्यालयहरु सबै बुटवल जानुले बांकेको विकास नहुने होकि याहाका उद्योग र व्यापारी केन्द्रहरु धरासाहिमा पर्ने पो हुन कि ? भन्ने चिन्तिा बढेको छ । यदि अझै पनि बांकेबासी नतात्ने हो भने बांकेलाइ चिनाउने कुनै पनि बस्तु बांकी नहुने हुन सक्छ अब के के काम गरी बांकेको विकास गर्न सकिन्छ भन्ने बहश चलाएर यसक्षेत्रका सांशदलाइ साथमा लिएर ओैद्योगिक नगरी बनाउन सकिन्छ । त्यसैगरी संचारग्राम निर्माण गर्न सकिन्छ । नेपालगन्ज मानसरोवर जानेबाटोमा पर्ने भएका कारण पर्यटकीय स्थल पनि बनाउन सकिन्छ । यी बाहेक अन्य के के गर्न सकिन्छ भन्ने बारेमा पनि बहश चलाउन जरुरी छ । संविधानले प्रदेशको राजधानी तोक्ने जिम्मा प्रदेश सरकारलाइ दिएको छ ।
त्यसकारण प्रदेश ५ सरकारले प्रदेश ५का १२ वटै जिल्लाको समान विकासलाइ मध्यनजर गरी काम गर्न जरुरी छ । जुन जिल्लामा राजधानी रहन्छ त्यो जिल्लामा मात्र बिकासको ओइरो नगरीकन अन्य जिल्लाहरुमा पनि कुन कुन विकासका काम गर्न सकिन्छ भनि छलफल र बहश गरी समान बिकास गर्न जरुरी छ । जुन जिल्लामा जे गर्न सम्भब छ त्यहि गर्नु पर्दछ । पहाडि जिल्लामा जडिबुटि, कोदो, मकै, फापरको खेति हुन्छ भने सिचाइ, मल, विउको सुविधा दिनु पर्यो । तराइका जिल्लामा धान,गहु खेति हुने हुनाले त्यहि किसिमको सिचाइ र मल विउको व्यवस्था गरिनु पर्दछ । कृर्षि मात्र नभएर शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि उत्तिकै समान अग्रसरताको खांचो छ । राजधानी नभएका जिल्लाहरुले पनि हामी राजधानी नभएका कारण पछि पर्यौ भन्ने अनुभुति गर्न नपाउने गरी प्रदेश सरकारले काम गर्नु पर्दछ । अब राजधानिको बहश मात्र अलमल नपरी विकासका आधार के के हुन र के के गर्न सकिन्छ भनि अगाडि बढने बेला आएको छ । राजधानि नभएका जिल्लाले पनि गाउंगाउंमा ंिसंह दरबारको अनुभुति गर्न पाउनु पर्दछ । सबै जिल्लालाइ पयक पर्ने गरी राजधानी तोक्नु र सबै जिल्लाको समान विकास र समृद्धि गर्नु प्रदेश सरकारको दायीत्व हो ।

तसर्थ यदि बांकेले साच्चीकै राजधनी नपाउने हो भने बांके जिल्लामा आर्थिक राजधानी बनाउन सकिन्छ, संचारग्राम बनाउनु सकिन्छ, औद्योगिक हब बनाउनु सकिन्छ, होटल, उद्योगहरु खोलेर हजारौ युवालाइ रोजगारी दिन सकिन्छ, आधुनिक कृर्षि अपनाउन सकिन्छ । पर्यटकीय स्थल बनाउन सकिन्छ । जडिबुटि प्रसोधन उद्योग खोल्न सकिन्छ । शिक्षा स्वास्थ्यको केन्द्र बनाउन सकिन्छ । बांके राजधानी पाएनौ भनि पलायन मात्र हुनु भन्दा पनि बांकेका उद्योगी व्यापारी, शिक्षक बुद्धिजिवि, प्राध्यपक राजनीतिक नेता, नागरिक, समाजसेवी लगायतका व्यक्ति एक जुटभइ यी र यस्ता सावलमा अब बांकेबासीले बहश चलाएर बांकेलाइ समृद्धिशाली जिल्ला बनाउनतिर लाग्नु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया