मेरा कुरा : आसुको शक्ति एक ज्वाला हो

हेमन्त राज काफ्ले

सुनिता दनुवार द्वारा लिखित आसुको शक्ति नामक पुस्तक, सुनिताको जीवनी मात्र नभएर यो पुस्तक मानव बेचबिखन कसरी हुुुुँदोरहेछ यो समाजमा त्यसको बारेमा बास्तबिकता झल्केको छ । नेपाली नारीको वास्तविक पीडा अनि त्यो पीडित नारी आगोको मुस्लो एक ज्वाला हुन् । सुनिता आफैमा पीडित महिलाका लागि एक आगोको फिलिङ्गो हुन सुनिता । आज सुनिताको शक्ति समुहले हजारौं नारीको उद्दार गरेको छ र धेरै नारिलाइ पुनर्जीवन दिएको छ ।

 
आँशुको शक्ति एक पीडा हो, एक मानव भोगाई हो, एक जीवन्त मानव भित्रका ब्याथा अनि कथा औल्याउने एक माध्यम हो । एउटा साधारण नारी दलाल हरुको जालमा परि कसरी बेचिन पुग्छन अनि कस्तो नरकीय यातनाको शिकार बन्न पुग्दो रहेछ । अनि त्यस्तो दुःखद् जीवन झेलेर पनि कसरी अगाडि बढ्न सकिन्छ भन्ने एक प्रेणाको श्रोत रहिछिन् सुनिता । एक निम्न मध्यम बर्गिय नेपाली परिवेशको समेत चित्रण गरिएको छ कथामा वास्तविक गरिबको भोगाई हो यो आँशुको शक्ति । पुस्तक पढिरहदा म कयौं पटक रोए मलाई नरमाइलो लाग्यो थुके आफैलाई अनि आफू पुरुष हुनुमा पनि घृणा लाग्यो किनकी म जस्तै लोग्ने मानिसहरु बाट हाम्रै समाजका कयौ दिदिबहिनी हरु बम्बै अनि भारतका कोठिहरुमा बेचिदा रहेछ्न । अनि हामी जस्तै पुरुषहरु बाट बलात्कारका शिकार बन्दा रहेछ्न । अहिले पनि महिलाहरूमाथि विभिन्न धर्म, संस्कृति र परम्पराको आडमा हिंसा हुँदै आएको छ ।

 

 
समाजमा हुने लैंगिक विभेदमा आधारित हिंसाका कारण महिलाहरू शिक्षा, स्वास्थ्य, रोजगारजस्ता विभिन्न अवसर र आधारभूत आवश्यकताहरूबाट समेत बञ्चित छन् । यसको फलस्वरूप महिला तथा किशोरीहरू बेचविखनको उच्च जोखिममा छन् । परिवार तथा समाजले बेचविखन तथा ओसारपसारमा परेका महिलालाई सहज स्वीकार गर्नुको साटो हेयको दृष्टिले लाञ्छित व्यवहार गर्नुले प्रभावितहरू परिवर्तनका संवाहकको रूपमा आफुलाई उभ्याउने गरि रूपान्तरित हुने ताकत बटुल्नुभन्दा उल्टै पुनःबेचविखनको उच्च जोखिममा रहनुपर्ने दुःखदायी अवस्था सिर्जना भएको छ । बेचविखन तथा ओसारपसारमा परेका महिला तथा बालबालिकाहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक र फराकिलो हुन नसक्दा उनीहरू सामाजिक न्याय पाउनबाटसमेत बञ्चित छन् । यस्तो अवस्थामा राज्यको भूमिका उनीहरूको पक्षमा अझै प्रभावकारी हुन सकिरहेको छैन यो पुस्तक को तथ्यांक हेर्दा आज पनि लाखौ नेपाली चेलिहरु भारत लगायत विभिन्न देशका विभिन्न कोठी हरुमा नारकिय जीवन बिताउन बाध्य छन् । हजारौ हजार महिलाहरु विभिन्न बहानाहरु मा विभिन्न ठाउहरुमा बेचिएका छन् । त्यसरी बेचिएका हरुको न सरकार सङ कुनै तथ्यांक छ त न कुनै संघ सस्था सङ्ग छ । सो पुस्तक लाई नै आधार मान्ने हो भने मानव बेचबिखन को त्यो शृंखला अझ डरलाग्दो छ ।

 
माथिल्लो तहबाट नै विविध तरिका नअपनाउनुकै कारण आज लाखौ नारिले अनहाकमा दुख पाइरहेका छन् । यो पुस्तक पढ्दा मलाई के लाग्यो भने जब सम्म रास्ट्रको वास्तविक नीति बन्दैन अनि दलाल र भ्रस्ट हरुलाइ फाँसी मा झुण्ड्याउने स्पस्ट कानुन बन्दैन तब सम्म लाखौ नेपाली महिलाहरु जनावर सरि बेचिन बाध्य भएका छन् । यो विषयमा देशका नेताहरुले बेलैमा ध्यान जान जरुरी छ । सुनिता दनुवार जस्ता साहासी महिलाहरुलाई उचित सम्मान गर्नु पर्छ । उनीहरुबाट धेरै कुरा सिकेर अझै पनि नारकिय जीवन बिताउन विवश ती चेलिहरुको उद्दार र पुनस्र्थापना गरिनु पर्छ । अबका दिनमा कुनैपनि नेपाली महिला बेचिन नपरोस । आफु चिहानमा पुग्दा पनि हरेस नखाइ ब्युझेर आफू जस्तै पीडितहरुको सेवामा समर्पित सुनिता दनुवार प्रति म नतमस्तक छु । सधै उत्पीडित कै पछि लडिरहनु सुनिता समाजका लागि एक उज्यालो दिप बनी रहनु सुनिता ।

 

 
अन्यायका विरुद्धमा बिगुल बजाउनु तिमिले । समाज परिवर्तनको लागि यो आँशुको शक्ति एउटा चिनारी बनेको छ । एक आदर्श नारी प्रेणाकी खानी सुनिता दुनुवारको सकल कहानी जति पढ्यो उति पढ्न मन लाग्ने कोमल मन भएकाहरु रुदै मन सम्हाल्दै पढ्ने पुस्तक हो यो । यसले समाजमा कसरी नारीहरु भारतमा बेचिदा रहेछन् र कस्तो नरकिय जीवन बिताउदा रहेछन् । सरल तर निकै मार्मिक मुटु नै छुने अनि आँखा रसाउने घट्ना क्रमहरु निकै दुःखद पल बिताएकी रहिछन् सुनिताले । साचै भनम भने जीवन के हो ? जीवनलाई कसरी बुझ्न सकिन्छ र जीवनका वास्तविक भोगाई तिता समयहरुलाई सरल पाराले चित्रण गरेको रहेछ । नारीका लागि प्रेणाको श्रोत बन्न सक्छ। जीवन हो यो एक कुमालेको चक्र जस्तो मानिसलाई उतारचढाव आइरहन्छ । मानिसले त्यसलाई समाल्न सक्नु पर्छ । सम्भव सबै छ यदी हामीमा धैर्यता छ र साहास छ भने हामी आफ्नो जीवन अनि समाज सजिलै परिवर्तन गर्न सक्छौं भन्ने एक उदाहरण हुन सुनिता दुनवार उनी काडाको जीवन बिताएर आज फुलको जीवन बिताउदै छिन् । सयौ राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानले परिचित सुनिता दुनुवार पीडित नारिका लागि एक आगोको मुस्लो हुन एक ज्वाला हुन् र यो आँसुको शक्ति कहिल्यै ननिभ्ने समाज परिवर्तनको एक ज्वाला हो ।

प्रतिक्रिया

प्रतिक्रिया