विकास हुनु राम्रो हो समय परिवर्तनशिल छ । हामी न समयलाई जित्न सक्छौ न समयलाई चिन्न सक्छौ समय चलिरहन्छन् । आफ्नै गतिमा उही धर्तीले सुर्यलाई परिक्रमा गरे जस्तै । आज हाम्रो देशमा मौसमले बिस्तारै बिस्तारै चुनौती दिदैछ दिन प्रतिदिन मौसममा परिवर्तन आएको छ । यो सबै हुनुमा अव्यवस्थित औद्योगिकरण अनि बन जङ्गल फडानी र अव्यवस्थित सहरीकरण हो । आज बिकासको बहानामा देशमा प्रत्येक बर्ष लाखौ रुख काटिन्छन् रुखलाई काटेर कमाई खाने भाँडो बनाइएको छ । रुख काट्नै हुदैन म भन्दिन रुख काट तर तिमिले काटे जति रुख पुन लगाउन सक्नु पर्छ । यहाँ त क्षणिक फाइदा हेरिन्छ रुखलाई सजिलै कमाई खाने भाडो बनाइएको छ । जति राजमार्ग बनाइन्छ जति नहर बनाइन्छ जति नया नयाँ बिकासका काम गरिन्छ जम्मै जङ्गलको बिच बाट बनाइन्छ । यसले जनावर चरा अनि जैविक प्राणीलाई निकै ठूलो असर गरेको छ तर बुझ्ने कस्ले ।
जस्तै सिक्टा सिँचाई आयोजनाका लागि झन्डै ५० हजार रुख काटिएको थियो । बिकास भएको छ भनेर कोही चुइक्क बोलेनन् हुनत रुख न आफै बोल्ने न कोही रुखको लागि आवाज उठाउछन् । आज पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले एक करोड रुख रोप्दै छन् । उनको बुझाईमा मानिस र देशलाई सफा राख्नु छ र धेरै बर्ष त्यो मानिस बाच्न चाहन्छ भने रुख रुप्नु पर्छ। बाताबरण प्रोफेसर डेबिट कोलिन बट्लर भन्छ्न तिमी महिनाको दुई घन्टा घना जङ्गलमा बस किन भने फोक्सो सफा गर्ने भनेको सुद्द हावानै हो जो हामी बन जङ्गलमा पाउछौ। तर हाम्रो देशमा त बन जङ्गल संरक्षण होईन बिनासमा लागेका छन हाम्रा नेताहरु यस्का थुप्रै उदाहरण छन् । जस्तै रानिजमर सिँचाई आयोजना जो कैलालीमा छ झन्डै १५ हजार बढी सालका रुख काटिएको छ । यस्तै भेरी बबई डाइभर्सनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ८ हजार रुख काट्न मन्त्रालयले स्वीकृत दिएको छ ।
यस्तै मध्यपहाडी लोकमार्ग निर्माणका लागि विभिन्न स्थानको बन क्षेत्रको रुख कटानका लागि अनुमति दिइएको छ । सिन्धुली, दैलेख क्षेत्रमा यस्तो अनुमति दिइएको छ । यस्तै पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा विभिन्न खण्डमा बन क्षेत्र पर्ने भएकोले त्यसका लागि पनि स्वीकृती दिइएको छ । यसका लागि ११ हजारको संख्यामा रुख कटान गरिदै छ । सिमारामा बन्न लागेको नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सबैभन्दा धेरै रुख कटान हुँदैछ । यो आयोजनामा १० हजार हेक्टर बन क्षेत्र मासिँदैछ, जसमा कम्तिमा ४ लाख बढी रुख काट्न गैइ रहेको छ ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्नेले बेला बखत आवाज उठाउछ्न तर सुनुवाइ हुँदैन । बन फडानी गर्ने तर वन विस्तार या बन ब्यबस्थापनका कुरा कसैले गर्दैन किन होला ? ‘वन विनास हुँदै जाने हो भने अहिले भइरहेको तापक्रममा भोलिपर्सी ५ प्रतिशत बढ्यो भने त्यसको असरले हाम्रो जीवन कस्तो हुने होला । यसरी दिन प्रतिदिन रुख काटिदै गयो भने भबिस्यमा हामिले निकै ठूलो मूल्य चुकाउनु पर्ने छ । नेपालको झन्डै ४० प्रतिशत भूभाग वन जङ्गलको रुपमा रहेको वन तथा वातावरण मन्त्रालयले आफ्नो अनलाईनमा उल्लेख गरेको छ तर यसरी लाखौ रुख बर्सेनी काटिनु राम्रो होइन यदि तिमी एउटा रुख काट्दै छौ भने त्यसको विकल्पमा पाँच ओटा रुख लगाउनु पर्छ । तर यहाँ त कुनै औचित्यबिना रुख काटिन्छन् । दिनप्रतिदिन कमाउने बहानामा आज रुख काट्नेले भोलीको भविष्य सोच्न जरुरी छ । रुख रोपौ आफ्नो लागि होइन आफ्ना सन्ततिका लागि बाचौं ।