हेमन्त राज काफ्ले
नैतिक शिक्षा अनि संवेदनशिलताको अभावले गर्दा मानवता हराउँदै गएको देखिएको छ । मानवहरु खै किन यति निर्दयी बन्दै गएको हो । देशभरी प्रत्येक दिन अनेकौ चोरी, बलात्कार, हत्या हिंसाका घटनाहरु बढ्दै गएको छ । गरिबी अशिक्षा रोजगार मात्र एक बहाना भएको छ आज भोलि । सबै भन्दा त ठूलो नैतिकता पतन हुँदै गएको छ । मानिस छत बाट खस्नु राम्रो, रुखबाट खस्नु राम्रो, हात खुट्टा भाँचिएला तर नजरबाट खसेको मानिस कहिले उठन सक्तैन भन्दथे बुढापाकाहरुले तर आज त नजरबाट खसेका मानिसहरु देशकै नीतिनिर्माता भएका छन् । मन्त्री भएका छन् । सभासद भएका छन् । हिजोका कानुन मिच्ने, कानुनले दण्डनीय काम गरेका व्यक्तिहरु नै अहिले गाउँको प्रमुख बन्न सफल भएका छन्, उनीहरुको करतुत सञ्चारमाध्यममा आएका छन् । ल सोचौं अब त्यस्ताले बनाएको नीति नियम कस्तो होला । आजका मानिसहरु अरु पहुँच या पैसाको धाकले समाजमा अराजक भएका छन् ।
गरिबीको कारण मानिसहरु ले अनेकौं कठिनाइहरु भोग्नु परेको छ जीउँदै लाश भएर बाँचेका छन् कस्ले बुझ्ने उनीहरुको पीडा । उदेकलाग्दो बन्दै छ समाज छोराले बाउ मान्दैन आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् बुढापाकाले । मानवीय मूल्य मान्यता र नैतिक शिक्षामा कमी आएको छ । स्वदेशमा छोराछोरी रहेका र विदेशमा रहेका दुबैको बेग्लै पीडा छ ।
आफूले जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएका छोराछोरी बूढेसकालका अभिभावक भएको भए पनि उनीहरुले अभिभावकत्व पाएका छैनन् । आफैले जन्माएका सन्तानले माया प्रेम नदेखाई वृद्ध आश्रममा सहजै छोड्ने गरेका छन् । यो सबै मानवीय संवेदनाको कमि नै हो । अभिभावकको अभावमा वृद्धवृद्धा पीडित छन् । बूढेसकालमा मानसम्मान र सेवा परिवारबाट पाउनुपर्नेमा तिरस्कृत भएको देख्न पाइएको छ ।
सम्पन्न परिवारका छोराछोरी विदेश रहँदा यहाँ बसेका बाबुआमा घरको चौकीदारको रुपमा तड्पिरहेको छन् । के तिनी छोरा छोरिले आमाले नौ महिना गर्भमा राखेको बिर्सी सके । अनि त्यो बुबाको एक छाके मिहिनेत बिर्सि सके । आफ्नै सन्तान नालायक भए कस्को के लाग्छ र । तर, सन्तानले आफ्नो जिम्मेवारी बिर्सनु हुदैन । कुन धरातलमा कस्तो अवस्थामा बुबाले एक छाक नखाई पढाएको थियो तर आज बिचारो एक बुबुरो जस्तो जीवन जिउनु परेको छ । यहाँ त कुरा के गरम भने संवेदनशीलता कहाँ छ, कर्मचारी भ्रष्ट छन् । एउटा लाइसेन्स निकाल्न सगरमाथा चढे झै गर्नु पर्ने त्यो पनि दशौ हजार दिएर मात्र पाइने । मालपोत गयो त्यस्तै कर कार्यलय गयो त्यस्तै भुमिसुधार गयो त्यस्तै नगरपालिका गयो त्यस्तै गाउँपालिका गयो त्यस्तै अनि वडा गयो त्यस्तै किन यस्तो भयो यो देश । जता गयो उतै भ्रष्टाचार एउटा ठूलो भ्रष्टको चङ्गुलमा फसेको छ यो देश । बेथिति कुसंस्कार अनि मानबता केलाउन थाल्यो भने साहेत जति लेखे पनि थाकिदैन होला किन यस्तो भएको छ अहिलेको समाज । मानिसमा चेतना छ कि छैन भनेर प्रश्न गर्ने समय देखिएको छ । मानिस मानिस हो कि जनावर हो भन्ने बेला आइसकेको छ ।
घरमा छोरी सुरक्षित छैनन् आफ्नै बुबा, दाजु अनि हजुरबुबाबाट । संवेदनशिलता हराएको छ मानिसहरु मरेको लासमा सेल्फी खिच्छन् । दुर्घटना भएको छ मानिस रक्ताम्य छ तर उसलाई सहयोग गर्नु भन्दा उस्को लाइभ भिडियो सामाजिक सन्जालमा पोस्ट गर्न हतार छ घर जलेको छ पनि हाल्नु कता हो कता मोबाइलमा तस्बिर खिचेर साहनुभूति दिन्छ । मानिस बिरामी भयो शिघ्र स्वास्थ लाभको कामना लेख्यो पुग्यो किन यसरी मानवता हराउदै गएको छ । हरेक ठाउँमा मानिसले गर्ने व्यबहार फरक हुँदै गएको छ । हाम्रो समाजका मानिसहरु अराजक बन्न्नुको कारण मानवता र संवेदनशिलता नै मर्नु हो । समाजका अराजक अनि कुसंस्कार भ्रष्टाचार हटाउन हामी लागेनौ भने एक दिन हाम्रो देशले निकै ठोलो मूल्य चुकाउनु पर्ने छ ।