हेमन्त राज काफ्ले
यो देश सतिले सरापेको देश, जसले भलो गर्यो उसको कुभलो हुन्छ । जसले फुच्रो गर्यो उसको फलिफाप हुन्छ । देशमा केही हुन्न आफ्नै प्राचीन शोसक सामान्ती झै सोच भएका । गणतन्त्र र संघीयताको बहानामा मोज मस्ती गर्नेहरु छोरीदेखि ज्वाईंसम्म नेता बनाएकाहरु । आफ्नै भतिजदेखि सालीसम्म पिए बनाएर देशको ढुकोटी चुस्नेहरु । अनि नहुने सपना फलाकी रहने कहिले रेल त कहिले पानीजहाज त कहिले हावाको बिजुलीका फोस्रा गफ गरि रहनेहरु हो । के यो देशको आवश्यकता पानीजहाज मात्र हो त ? किन कसैले केही देशको लागि र जनताको लागि सोच्दैन । कि यो देश लुट्न पल्केका माफिया र भ्रष्टका कब्जामा मात्र अल्झी रहने हो । यो देश सधै अन्योल मै बित्ने भयो । आज बजार महङ्गी हेर नियन्त्रण गर्ने कस्ले ? अब के गरिब मजदुरी गरेर बाँच्न नपाउने ।
माओले भन्थे, ‘अन्याय देख्दा आँखामा आगो नउब्जाउने युवा युवा नै होइन ।’ होनी अहिले त्यस्तै भएको छ सबै मौन छन् एक क्यानभास जस्तै । युवा यो बेला त बोल्ने बेला हो सत्य र गलत के हो भनेर छुट्टाउने बेला हो । एउटा गोबिन्द केसी सम्पूर्ण गरिब नेपालीको एक बिम्ब हो । गरिबीको एक चिनारी हो । गरिबको बिगुल बजाउने एक आवाज हो ६० बर्ष काटि सकेको डुब्न लागेको घामलाई के मतलब किन भोक भोकै अनसन बस्नु पर्ने । के यो रहर हो त गोबिन्द केसीको ?
प्राध्यापन र डाक्टर पेसा अँगालेको झण्डै दुई दशक बढी बितिसक्यो । उनीसँग चिल्लो कार छैन, कुनै राम्रा राम्रा तरुनी अनि ठूलो रातो दरबार छैन, चढ्ने मोटरसाइकल छैन । राम्रो एउटा मोबाइल छैन, कुनै बिलासी जीवन छैन । सम्पत्तिको नाममा अफिसले खोलिदिएको बैंक खाता र एउटा ल्यापटप छ । घरजग्गा केही छैन आफ्नो लगाएको फाटो भन्दा अरु केही कपडा नि छैन । आफ्नो बैंक खातामा पैसा जम्मा छ भने उनी औषधिको झोला बोकेर कुनै दुर्गम गाउँ हिँडिहाल्छन् । २०६६ सालमा जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि उनको सहयोगी आत्माले थेग्न सकेन । यसका लागि धेरै औषधि चाहिन्छ भन्ने उनले बुझे । एक्लै सबै औषधी बोक्न सक्ने स्थिति थिएन । बाटो पनि अप्ठ्यारो थियो । उनी खच्चडमा औषधी लिएर पुगे, जाजरकोटको हैजाग्रस्त क्षेत्र । १० दिन उपचारमा जुटे । हजारौंलाई औषधी उपचार गरेर फर्के राज्य पुग्न नसक्ने ठाउँमा उनी पुग्छन् र निस्वार्थ सेवा गर्छन् । उनीमा कुनै आफ्नो स्वार्थ छैन मात्र सेवामूखि आत्मा छ उनको । उनले अस्पतालबाट वर्षको एक महिना घर बिदा पाउँछन् । उनले सदुपयोग गर्ने समय यही हो । अहिलेसम्म दार्चुला, बझाङ, आछाम, बाजुरा, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, खोटाङ, इलामलगायत थुप्रै दुर्गम जिल्ला पुगिसके, आफ्नै खर्चमा मानव सेवा गर्नका लागि । २०६४ सालमा कोसी बाँध भत्कँदा उनी काठमाडौंमै थिए । बाँध भत्केर हजारौं विस्थापित भएको र मानिसहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको दृश्य टेलिभिजनमा देखेपछि काठमाडौंमा अडिन सकेनन् । रातारात औषधि किनेर अर्को बिहान घटनास्थलतर्फ पुगे । पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय बढी मानिसलाई जाँचे अनि आफ्नै खर्चमा औषधि बाँडे साचै गरिबका लागि आधुनिक एक मानव भगवानका दुत हुन डाक्टर गोबिन्द केसी ।
नेपालको स्वास्थ्य, शिक्षा अनि विभिन्न ठाउँमा कसरी माफिया बिचौलिया र भ्रस्टहरुको माकुरोजालोमा पुतली झै परिरहेको छ भन्ने कुरा डाक्टर गोबिन्द केसीको सुरुदेखि अहिलेसम्मका पटकपटकका अनसनले उदाङ्गो पारेको छ । उनी अनसन कस्को पालोमा बसेका छैनन् ।
उनीलाई यो पार्टी उ पार्टी भनेर पार्टीको गन्ध दिने माफिया हो । उनको पार्टी भनेको निस्वार्थ छ । चाहे काँग्रेस होस्, चाहे एमाले होस् वा माओवादी होस् या नेकपा होस् उनी अनसन बसेकै छन् । १६ पटक किन होला अनशन, कारण उनी सत्यको पुजारी हुन् । उनी गरिबका संरक्षक हुन् । उनीमा मानबता छ । उनीमा राष्ट्रप्रेम छ, उनीमा जनता प्रेम छ र त उनी एक्लिएका छन्, सतिले सरापेको देश पार्टी भने पछि अन्धो बन्ने नेपालीहरु पार्टीको महँगाईको ललिपप खाएका छौ, नेताले सधै भेडो बनाएका छन् र पनि तिमी त्यही पार्टीको पुच्छर समातेर पछि लागेर एक कर्मवीरलाई गाली गर्छांै । हुनत मेरा उनी कोही होइनन् तर उनी गरिबका पुजारी हुन् निस्वार्थ गर्ने कुनै पनि योगदान त्यो साझा हुन्छ । गोबिन्द केसीको काममा निस्वार्थता छ अनसनमा राष्ट्रको बिम्ब छ ।
त्यसैले देशका गरिब जनताहरुले पनि न्यूनतम स्वास्थसेवा पाउनु पर्दछ । चिकित्साशास्त्रलाई पैसा कमाउने हतियार मात्रै नबनाई सेवा मूलक र जनमूखि बनाउनु पर्दछ । दुर्गम एवम अति बिकट ठाउँलाई केन्द्रित गरेर अब उपरान्त खोलिने मेडिकल कलेज पूर्णतया सरकारी स्वामित्वमा खोलि बैद्धिक तृक्ष्णताका आधारमा निशुल्क अध्यापनको ब्यबस्था गराई दक्ष चिकित्सक उत्पादन गरिनु पर्दछ । र, चिकित्साक्षेत्रमा हुने उच्च पदस्थ संवैधानिक निकायको प्रत्यक्ष हस्तक्षेपलाई बन्द गरि चिकित्साक्षेत्रलाई स्वतन्त्र हुनदिनु पर्छ र कसैले पनि शक्ति दूरुपयोग गरि माफियाकारणको हाबि गराउने बिरुद्ध कारबाही हुनुपर्दछ भन्दै भोकै लड्ने एक युगबिर हुन उनी ।
डाक्टर केसीका कुनै माग आफ्नो एकल स्वार्थका छैनन्, सबै सामाजिक स्वार्थका छन् । उनी देशमा आमूल परिवर्तन चाहने बेग्लै प्रकारको सबैले गर्व गर्ने सबैको पहँुच वाला नीति नियम बन्नु पर्छ । कसैले पनि केही गर्दा पहिलो प्राथमिकता निमुखा गरिबलाई दिनुपर्छ । डा. केसीलाई भेट्ने जो कोहीले पनि उनीमा भएको त्याग, निष्ठा र इमान्दारी महसुस गर्न सक्छ । नत्र बारम्बार आफ्नो ज्यानको बाजी थापेर १६ पटक भोकै देशको माफियातन्त्रको बिरुद्धमा अनशन बस्नको तयार हुन्छ र यो युगमा । तर, आम नेपालीका लागि उनले निस्वार्थ गरेको योगदान एकदिन इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । अनका सबै माग जायज छन् जनताका पक्षमा छन् । ल है आफ्नो अधिकारका लागि हामी आवाज आजै उठाउ गोविन्द केसीका जायज मागको सम्बोधनका लागि लागौ आजैबाट सलाम छ डाक्टर साब । उनलाई पागल भन्नेहरु हो तिमीहरु महापागल माफियातन्त्रका एक गुलाम होउ ।