हेमन्त राज काफ्ले
श्रीमान श्रीमती एक सिकाका दुई पाटा हुन् । संसार हाक्ने एक रथका दुई पाङ्ग्रा हुन् । दुई जना एक अर्काका परिपुरक हुन् । जीवन मरण सम्मका सहयात्री हुन् । विवाह बन्धन भनेको त एक सम्झदारी हो सङ्गै मर्ने सङ्गै जिउने एक कसम हो । एउटा लाई चोट लाग्दा अर्को लाई दुख्ने एक अर्काको साहरा हुन् । आज विवाहहरु मजाकको भएका छन् एक खेल खेले झै सम्बन्ध बन्छन् अनि सहजै टुटेका छन् । पहिले पहिले कसैको घर बिग्रायो भन्ने सुन्दा अचम्म लाग्थ्यो । किन यस्तो भयो होला जस्तो लाग्थ्यो तर आज सहजै पति पत्नी बिच सम्बन्धबिछेद भएका खबरहरु दिनहु पत्रपत्रिका अनि मिडियाहरुमा देख्न पाइन्छ ।
धेरै जसो त रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएका पाइएका छन् । कमाउन र परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति । कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन् । यस्ता अपराध गर्ने महिला त दोषी हुन् नै, यस्तो वातावरण बनाईदिनेको पनि गल्ती छ । अन्तत वैदेशिक रोजगारमा गएकाहरूका कोहीकोही श्रीमतीहरू यतिसम्म बिग्रेकी, कर्तव्यहीन र जाली कपटी हुन्छन् कि उनीहरूले आफ्नै लागि आफ्नै खुसी र सुखी जीवनको लागि लोग्नेले विदेशमा जीवन मरणलाई खुकुरीको धारमा राखी पसिना बगाएर कमाएको छ, लोग्नेको पसिनाको कमाइ मैले संरक्षण गर्नुपर्छ’ भन्ने नसोची परपुरुषसँग मोज मस्ती अनि भागेर बेपत्ता हुने गर्छन् ।
परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति । कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन् । विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कै सङ्ग रमाउने र अन्त्यमा श्रीमानको सबै कमाई कुम्ल्याएर अर्कैसंग पोइला जानेहरु हाम्रो समाजमा हामीले धेरै देख्दै र सुन्दै आएका छौं । यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बिग्रिएका छन् । तर दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा गलत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । श्रीमितिलाई कत्ति पनि फ्री नछोड्नुहोस् उनीलाई धेरै बिश्वास नगर्नुहोस् । श्रीमतीका हरेक भनाइमा चनाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस् किनकी उनले अनावश्यक कुराहरु दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनी के गर्दै छिन्, कहाँ जादै छिन् किन जादै छिन्, हरेक कुरो को जानकारी घर परिवारबाट लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन । घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ या टाढा हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । अहिलेको अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ । धेरै घरहरु फेसबुकले बिगारेको छ सजिलै सम्पर्क हुने एक सहज माध्यम भएर पनि होला बिकिर्ती बढ्दै गएको छ । अनि सम्बन्ध बिच्छेद श्रीमतीकै कारणले हुदैन अहिले श्रीमानहरु पनि बिग्रेका छन् । श्रीमतीदेखि टाढा भएकाहरु अर्की तरुनी राखेर सम्पती लुटाई रहेका हुन्छन् । मनपरी गर्ने नसोधेर बाहिर जाने पत्नी सँग लड्न खोज्ने झर्किने अनि सन्तानको माया नमान्ने व्यबहार पुरुषले देखायो भने सम्झनुहोस् कि त्यो पुरुषको आचरण बिग्रदैछ ।
एक अर्का बिचको समझदारी र प्रेम कहिले पनि टुटाउनु हुँदैन तर के गर्ने यसरी धनसम्पति सहित घर छाडेर हिडेका महिलाको खोजी गरिपाउँ भन्दै हरेक दिन दर्जन बढी उजुरी आउने गरेका छन् । प्रहरी कार्यालय बाँके अनुसार गएको ६ महिना यता मात्रै मानिस हराएको भन्दै धेरै मात्रामा निवेदन दर्ता भएका छन् । किन बनेका घर परिवारहरु टुट्दै छन् त यो देशमा यो ठुलै चिन्ताको विषय हो । किन श्रीमान र श्रीमती बिचको सम्बन्ध प्रगाढ बन्न सकेको छैन । अनि किन प्रत्येक दिन मिलेका लगन गाठोहरु टुट्दैछ गम्भीरतापूर्वक सोच्ने विषय बनेको छ ।