हेमन्तराज काफ्ले
नेपालगन्ज विविधतामा एकता भएको सहर अनेकौ सम्भावनाहरु बोकेको सहर मानिसहरुको रहरै रहरले भरिएको सहर । दिनप्रति दिन आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको छ । पूर्व मेचीदेखि पश्चिम कालीसम्मका मानिसहरू आउछँन् नेपालगन्ज घुम्न । आज भोलि मेयरको सानो प्रयास रानी तलाउ पुनर्निर्माणले पनि मानिसहरु रमाउन त्यहाँ पुगेका छन् । यस्तै अन्य सम्भावनाहरुको पहल गर्न जरुरी छ यहाँ ।
नेपालगन्जको आफ्नै पहिचान छ । यहाँको विशेषता विविध धर्मका मानिसहरु बगैंचाका फुल जस्तै मिलेर बसेका छन् । बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा अनि यहाँ ७७ वटै जिल्लाका मानिसहरु बस्छन् र मित्र राष्ट्र भारतबाट पनि मानिसहरु आएर ब्यापार गरेका छन् । ब्यापारकै लागि देशकै उत्कृष्ट सहरको रुपमा चिनिन्छ नेपालगन्ज । नेपालगन्ज मानसरोबर तिर्थ यात्रीको मुलद्वार हो हजारौ पर्यटकहरु दिनानु दिन यहाँ आइरहेका छन् । कुनै महिना त होटलहरुमा कोठा नै हँुदैनन् कारण तिर्थ यात्रीको भिड हो । मध्य र सुदुरका बिरामीको उपचार गर्न ठाउँ पनि नेपालगन्ज हो । यहाँको नर्सिङ होम अनि फत्तेबाल आँखा अस्पतालमा मानिसहरु आउछन्, ओखती गर्न । नेपालगन्जको बिकराल समस्या भनेको फोहर र धुलो नै हो । सयौं हप्तादेखि सहर सफाइ गरौ भनेर झाडु लगाएको छ क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जले । डाक्टर बिनोद कर्ण सरको एकल प्रयास सुन्दर सहरको कल्पना साकार पार्न तर मानिस जति गरे पनि सचेत भएको छैनन् । अब उपमहानगरपालिकाले विशेष कदम चाल्नु पर्छ । फोहर बाटोमा फाल्नेलाई कडा कानुन अनि कडा जरिवानाको ब्यवस्था गर्नु पर्छ । हुन त जबसम्म मानिसमा यो मेरो सहर हो, मैले फोहर गर्नु हुदैन भन्ने चेतना बसाउन सकिन्न तबसम्म जे गरे नि केही हँुदैन ।
चिन्ताको विषय त बजारको चोक चोक नजिक बाटो मै फोहर जथाभावी फाल्दिन्छन् र जताततै गुट्खाका खोल अनि धुलो जताततै । फोहर गर्ने केही मानिस चेतना नै नभएका मानिस जस्ता मगज नै नभएका मानिस जस्ता देखिएका छन् । मैले यतिसम्म देखे करोडौंको घर छ तर वरिपरी फोहरै फोहरै छ । होइन यिनीहरु फोहर गर्ने जस्तालाई मस्तिष्क सफाई अभियान चाल्न जरुरी छ । झाडु लगाउनु कुनै समुहले यो एक प्रतीक हो तपाईं हामी सचेत नहुन्जेल सम्म यो सहर सफा हुँदैन । यहाँका केही मानिसमा एउटा समस्या देखियो आफुले आफ्नो जिम्मेवारी नदेख्ने मात्र दोष जति स्थानीय निकायलाई दिने । जबसम्म मानिसहरु प्रति आफू बस्ने ठाउँको माया हुँदैन तबसम्म जे गरे पनि केही हुँदैन । यहाँ वास्तविक रैथाने निकै कम छन् । धेरै मानिस मात्र ब्यापारको लागि बसेका छन् र उनीहरुलाई यो सहर प्रति कुनै माया देखिएन । सहर सफा भएको हेर्ने नै हो भने मस्तिष्क सफाई अभियान जरुरी छ । प्रत्येक मानिसलाई आफ्नो सहर हो भन्ने बोध गराउन सक्नु पर्छ । यहाँ सफाई निकै ठूलो चुनौती छ किनभने बर्षौ देखि मानिस फोहर सहदै बसेका छन् । फोहर रहेछ नेपालगन्ज भन्छन् पर्यटकहरु । अब उनीहरुको यो भनाइलाई दुर गर्नका लागि सबै जाग्न जरुरी छ ।
सरसफाइको लागि विशेष अभियान भनेको मस्तिष्क सफाई अभियान स्थानीय निकायले चाल्न जरुरी छ, सफा गर्न वडालाई सम्मान अनि फोहर हुने वडालाई दण्ड नगरेसम्म मानिसहरु सचेत हुने छैनन् । मानिसमा जबसम्म चेतना फैलाउन सकिदैन तबसम्म केही हुँदैन । अबको अभियान भनेको सरसफाइ सम्बन्धि चेतनामूलक अभियान बनाउन जरुरी छ । जागौ सबै लागौ सबै सफा र हराभरा बनाउ हाम्रो सहर ।