हेमन्त राज काफले
मानव अधिकारका कुरा अनि बाल अधिकार र नारी अधिकार अनि अधिकारै अधिकारका नाममा डलरौ कुम्ल्याउने संघ सस्था थुप्रै छन् यो देशमा । यहाँ पिछडिएका बर्ग भन्दै दलित निमुखा भन्दै अल्पसंख्यक भन्दै चारतारे होटलमा मात्र कार्यक्रम गर्ने अनि लाखौं रुपियाँ कमाउने र माखो नमार्ने सस्थाहरु थुप्रै छन् यो देशमा । प्रधानमन्त्री जस्तालाई सम्मान भन्दै लाखौं डलर चढाउने नि देखियो । आज सयौ दिन बित्दा पनि कता छन् त ती संघ सस्थाहरु ? के हेरेका छन् ? किन रमिते भएका छन् । अनुसन्धानका नाममा प्रहरीले थुप्रै निर्दोष व्यक्तिहरुलाई यातना दिने काम गरेको भन्दै थुप्रै ठाउँमा विरोधहरु पनि भएका थिए तर किन सेलाउँदै गएका छन् यो त गम्भीर घटना पो हो त । अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसक्नुको कारण के होला किन मौन छन् । राजनीतिक दलहरु किन मौन छ सरकार । सरकार यसरी नै जनताहरुलाई पीडा दिइरहने हो भने सरकार भएको के काम छ औचित्य बिनाका नेताको काम के छ । ठुलाले जे गरे पनि हुने उहीँ शोषक सामान्तीको समय जस्तो । उहीँ राणा शासनकै अवस्था जस्तो गरिब सधै तनावमा अधिकारकै नाममा जताततै धाउनु पर्ने ठुला बढा अपराधी खुले आम मस्त घुमिरहने । निर्मला हत्या काण्ड यसरी नै सेलायो भने उसको परिवारले न्याय पाएनन भने यस्ता दिनौ बलात्कार हुने गरिब चेलीहरुले न्याय कहिले पाउँछन् चिन्ताको विषय छ । दिनप्रति दिन बलात्कारका घटनाहरु बढ्नुको कारण नै अपराधीले सजाय नपाउनु अनि अपराधमा ठुला बढाको हात हुनु हो ।
कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धान अहिले पनि जारी राखेको भन्दै करिब सयौं जना व्यक्तिहरुसँग सोधपुछ गरिरहेका छन् रे कस्तो सोधपुछ रहेछ । तिनी बम दिदी बैहनीलाई आवश्यक अनुसन्धान गरेको देखिंदैन । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए । उनले राजिनामा दिनुको कारण नै यसमा ठुलै मानिसको हात रहेको औल्याउन सकिन्छ । जनपुर प्रहरी प्रमुख एसपी डिल्लिराज बिष्ट नेतृत्वको टोलीले घटनाको २४औं दिन भदौ ४ गते घटनाको मुख्य अभियुक्तका रुपमा निर्दोष दिलिपसिंह बिष्टलाइ सार्वजनिक गर्नु पनि एक योजना नै हो । प्रहरीले मानसिक रुपले अस्वस्थ बिष्टलाइ पक्राउ गरी वास्तविक अपराधीलाई उम्काउन खोजेको हुनु पर्छ । अनुसन्धानकै क्रममा दिलिप बिष्टलाई पक्राउ गर्नुपूर्व प्रहरीले घटनास्थल आसपास बसोवास गर्ने निर्दोष ब्यक्तिहरुलाई पक्राउ गर्ने र कतिपयलाई प्रहरीले यातनासमेत दिन थालेपछि कञ्चनपुर प्रहरी बिरुद्ध जनआक्रोश चर्केको र संकाको घेरामा प्रहरी प्रशासन नै सङ्लग्न भएको अनुमान गर्न सकिन्छ ।
अनुसन्धानका नाममा प्रहरीले थुप्रै निर्दोष व्यक्तिहरुलाई यातना दिने काम गरेको भन्दै चौतर्फी विरोधहरु गरिएको थियो । विरोध कै क्रममा गोली लागेर १४ वर्षीय सनी खुनाको ज्यान गएको थियो । अधिकार माग्नका लागि आफ्नो ज्याननै गुमाउनु पर्ने यो देशमा कस्तो बिडम्वना । अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसक्नुको कारण हेर्दा निकै नै दया लागेर आउँछ सरकारको अबस्था देख्दा । यत्रो हत्या काण्डमा पनि किन बोल्दैनन् अधिकारकै नाममा माओबादी भएकाहरु आज नेकपा भएका छन् । तिमिले भन्ने उत्पिडन शोषण दमनका मुद्दा कता गए । अनि सरकार किन मुछिदै छ यस्तो अपराधमा र किन लुकाउन ढाक्न खोज्दै छ निर्मला हत्या काण्ड प्रहरी प्रशासन किन मौन छ । अनि चोकमा टासिंएका निर्मलाका अधिकारका पोस्टहरु प्रहरीनै किन च्यात्दै छ । यसरी नै सरकार मौन भयो भने जनताको आक्रोश बढ्ने छ । राजनीतिक दलदेखि तिक्तता बढ्नु राम्रो होइन जनता सर्वेसर्वा हो सबैले बुझ्न जरुरी छ ।
सरकारले छिटो भन्दा छिटो हत्यारो पत्ता लगाई कडा भन्दा कडा सजाय दिन सक्यो भने मात्र सरकार भएको भान हुने छ । होइन भने सरकार दिनप्रति दिन जनताको नजरमा गनाउदै गएको छ । निर्मलाको लागि आवज सबैले उठाउन जरुरी छ । आज निर्मला भोलि तपाईं हाम्री छोरी बहिनीको नि हाल त्यस्तै भयो भने हामी के गरौला । त्यसैले समयमै जागौ, निर्मलाका लागि आवाज बुल्न्द गरौ ।