सार्वजनिक शिक्षामा सुधारका दुई आधार शिक्षक र सरकार

ऋषिराम सापकोटा
प्रधानाध्यापक
ज्ञानोदय नमुना माध्यमिक विद्यालय , खजुरा

“शिक्षक मैन बत्ती हो , आफुलाई पगालेर अरुलाई प्रकाश दिन्छ । “ आफुले आर्जन गरेको ज्ञान र सीपलाई विद्यार्थी स्थानान्तरण गर्ने क्षमता भएको व्यक्तिलाई शिक्षक भनिन्छ । शिक्षकलाई एउटा माझिको रुपमा संग्या पनि दिइन्छ । जसरी माझीले असङ्ख्य यात्रीहरुलाई उनीहरुको गन्तव्यमा पुग्नको लागि डुङ्गा खियाइरहेको हुन्छ , त्यसरी नै यात्रुरुपी विद्यार्थीहरुलाई उनीहरुको लक्ष्यसम्म पुग्नको लागि माझीरुपी शिक्षकले आफ्नो मष्तिष्क खियाइरहेको हुन्छ । शिक्षक नागरिक र देशप्रति कति उत्तरदायी हुनुपर्छ भन्ने कुरा एउटै भनाइबाट प्रष्ट हुन्छ , “एउटा डाक्टरले गल्ती गर्दा एक जना विरामीको ज्यान जान सक्दछ भने एक जना शिक्षकले गल्ती गर्दा हजारौ अशक्षम जनशक्तिहरु उत्पादन हुन्छन् । जसको परिणाम व्यक्ति ,समाज र राज्य ले भोग्नु पर्दछ । शिक्षकलाई पथप्रदर्शक अनुकरणीय व्यक्ति र समाजको ऐनाको रुपमा लिइन्छ । त्यसैले शिक्षकले आफ्नो कर्तव्य बोध गर्न जरुरी छ ।

 
यसरी धेरै शिक्षकको महत्वलाई न त हाम्रो देशको शासकले बुझेको देखिन्छ , न त स्वयम् शिक्षकले नै । जसको परिणाम हाम्रो देशको सार्वजनिक शिक्षा बदनाम भएको छ । यसको दोष राज्य शिक्षक माथी थोपर्ने प्रयास गर्दै छ भने शिक्षकहरु राज्य माथि दोष थोपर्न खोज्दैछन् । यसरी एक अर्कालाई हिलो छ्यापेर आफु ओभानो बन्न खोज्ने प्रवृतिले नेपालको सार्वजनिक शिक्षा र यसको स्तरमा कदाचित सुधार आउदैन बरु अरुतर्फ चोर आँैलाले देखाउँदा आफुतर्फ पनि अरु औँलाहरु फर्किरहेका हुन्छन् भन्ने कुरा मनन गर्न जरुरी छ । आफुहरुले गरेका कमि– कमजोरीहरुलाई आफैबाट सुधार गर्ने बानीको विकास भएमा बदनाम भएको सार्वजनिक शिक्षामा सुधार आई दक्ष ,योग्य र काबिल जनशक्ति उत्पादन गर्ने थलोको रुपमा सामुदायिक विद्यालयहरु स्थापित हुनेछन् ।

 
राज्यले शिक्षण पेशालाई सबै भन्दा उच्च कोटीको स्थानमा राख्नु पर्नेमा सबै भन्दा निम्न कोटीमा राखेको पाइन्छ । जसको परिणाम यहाँका शिक्षकहरुले पेशागत हकहितका लागि च्याउ उम्रे जस्तै पेशागत सङ्गठनहरु खोलेर आफ्नो हकहितका लडाइलाई पहिलो दर्जामा र आफ्नो कर्तव्यलाई दोस्रो दर्जामा राखेको पाइन्छ । जसको परिणाम अभिभावकहरुले सामुदायिक विद्यालयको शिक्षालाई विश्वास नगर्दा विद्यालयका कक्षाकोठाहरु खाली हुदै गएका छन् , अर्को तर्फ शैक्षिक स्तर खस्किदै छ । सार्वजनिक शिक्षाप्रतिको अभिभावक र विद्यार्थीहरुको साख घट्नुमा राज्य र शिक्षक दुबै दोषी छन् । जबसम्म आफ्ना गल्तीहरुलाई महसुस गरेर आफ्नो कमी– कमजोरीलाई सुधार गरिदैन सार्वजनिक शिक्षामा सुधार देखिदैन ।

 
शिक्षण पेशालाई सरकारले अन्य पेशाहरु भन्दा निम्न कोटीको पेशा सम्झेको र सोहीअनुसार व्यवहार गरेकोले नेपालमा शिक्षण पेशालाई चौतारीको रुपमा प्रयोग गरिएको छ । जसले यस पेशालाई विसौनीको रुपमा उपभोग गरिरहेको छ । त्यसबाट न त शिक्षण पेशा सम्मानित हुन्छ न त सार्वजनिक शिक्षामा सुधार नै आउछ । शिक्षण पेशालाई सम्मानित गराएर मात्र सार्वजनिक शिक्षाको स्तर सुधार गर्न सकिने कुरालाई सरकारले मनन गरी नीतिगत सुधार गर्न आवश्यक छ । अर्कोतर्फ शिक्षकहरुले अधिकारको साथै कर्तव्यको बोध गरेर व्यवहारमा अनुसरण गरेर मात्र शिक्षण पेशा सम्मानित बन्नेछ । अहिले समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ र सार्वजनिक शिक्षा सबैको आशा र भरोसाको केन्द्र बन्नेछ ।

 
सरकारले नेपालको शिक्षण पेशालाई सबैभन्दा मर्यादित र आकर्षक पेशाको रुपमा स्थापित गर्न सक्नु पर्दछ । जसले गर्दा शिक्षकहरुले आफ्नो कर्तव्यलाई समेत विर्सेर आफ्नो अधिकारको लडाई लडिरहनु पर्ने छैन । आफ्नो सम्पूर्ण समय बुद्धि र विवेकलाई शिक्षा क्षेत्रको स्तर उन्नति गर्न खर्चने कुरामा दुईमत छैन । अर्को तर्फ शिक्षण पेशालाई चौतारीको नलिई आफ्नो रोजाईको पेशाको रुपमा स्थापित हुने छ जसले गर्दा विश्वविद्यालय र कलेजबाट उत्पादित उत्कृष्ट विद्यार्थीहरु पहिलो रोजाईमा शिक्षण पेशालाई अङ्गाल्नेछन् । जसले सार्वजनिक शिक्षा सुधारको लागि कोसेढुङ्गा सावित हुनेछ ।

 
हाम्रो सरकारले अन्तराष्ट्रिय जगतमा गरिएका अभ्यासहरुलाई ५०% मात्र अनुसरण गरे पनि नेपालको सार्वजनिक शिक्षामा सुधार आउने छ । विभिन्न मुलुकहरुले शिक्षण पेशालाई मर्यादित गराउनको लागि गरिएका प्रतिनिधिमूलक अभ्यासहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

१. अमेरीकामा दुई वर्गका नागरिकलाई ख्क्ष्ए मानिएको छ । एक वैज्ञानिक र अर्को शिक्षक ।
२. फ्रान्समा सम्मानित अदालत भित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति दिइएको छ ।
३. जापानमा शिक्षकलाई पक्राउ गर्न पुलिसले सरकारबाट विशेष अनुमति लिनुपर्दछ ।
४. कोरियामा शिक्षकहरुले ती सुविधाहरु उपभोग गर्न पाउँछन् जुन सुविधाहरु भारतमा मन्त्रिहरुले आप्mनो परिचय पत्र देखाएर मात्र उपभोग गर्न सक्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया