किन जान्छन् उपभोक्ता सिमा पारि …?

वसन्त गौतम
सिमा पारीको रुपैडिया बजार दिनभरि खचाखत । वारीको नेपालगंज बजार सुनसार जस्तै । कारण जान्न खोज्दा धेरैले भन्छनर्् रुपैडिया बजार सस्तो छ । भनेको सामान छानी छानी किन्न पाइन्छ । मुल्य पनि फिक्स छ’ ।
किनमेलका लागी नेपालगंज बजारबाट मात्र होईन । मध्य पश्चिम क्षेत्रका दुर्गम पहाडी जिल्ला सुर्खेत देखि सल्यान, दैलेख सम्मका नेपाली उपभोक्ताहरु भारतको रुपैडिया देखि लखनउसम्म पुगेका हुन्छन् । दैनिक खाद्य बस्तुका साथै बिहावारी र पर्व उत्सवका लागी चाहिने सामान खरिदारी गर्छन् ।

 
दाल, चामल, चिनी जस्ता खाद्य बस्तुहरु तुलनात्मक रुपमा नेपालगंजमा भन्दा रुपैडियाको बजारमा केही सस्तो लागे पनि बस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गरेको पाईन्छ । सस्तोको लोभमा पर्दा कतिपय नेपाली उपभोक्ताहरु एकातिर मिसावटयुक्त सामानमा ठगिएका हुन्छन् भने कतिपय बिक्रेताले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्रि गरि उपभोक्ता ठग्ने गरेको पनि पाईएको छ । कतिपय पसलमा दाल, चिनी जस्ता दैनिक उपभोग्य खाद्य बस्तु पहिले देखि प्लाष्टिकमा तौलिएर राखिएका हुन्छ । जुन उपभोक्ताले किन्ने बेला सस्ताको लोभमा तौलको मतलव नगर्दा ठगिन पुग्छन् ।

 
आखिर किन जान्छन् त नेपाली उपभोक्ताहरु भारतिय बजार ? झट्ट भन्दा धेरैर्ले सस्तोमा सामान पाईने भएकाले, भने पनि कारण अरु पनि रहेका छन् । नेपाली ब्यापारीको ब्यवहारलाई पनि लिने गर्दछन् उपभोक्ताहरु । ग्राहकको चाहाना अनुसार सामान देखाउन पनि अल्छी मान्ने, झर्कने र राम्रो ब्यवहार नहुनु पनि एउटा कारण रहेको कतिपय उपभोक्ताहरुको गुनासो रहने गरेको छ । भारतिय ब्यापारीहरु एउटा सामान माग्दा अनेक थरि सामान देखाई नकिन्ने मुडमा भएका ग्राहकलाई पनि किन्ने बनाउने गराउछन् । राम्रो र गुणस्तरिय भन्दै ग्राहकलाई कन्भिन्स गर्नमा नेपाली ब्यापारी भन्दा भारतिय ब्यापारिहरु अलि ब्यवशायीक देखिन्छन् ।

 
नेपाली उपभोक्ताको भारतिय बजारको रोजाई किन ?
माथी उल्लेख गरे जस्तै निम्न कारणले नेपाली उपभोक्ताहरु भारतिय बजार रुपैडिया लाग्ने गरेको पाईएको छ ।
१.मुल्यमा फराकिलो अन्तर
नेपाली ब्यापारिहरुले भारतिय बजार मुल्यलाई मध्यनजर राखी बस्तु तथा सेवाहरुको मुल्य निर्धारण गर्न नसक्दा नेपाली उपभोक्ताहरु सस्तोको भ्रममा परि भारत तर्फ लाग्ने गरेको पाईन्छ । दाल, चिनी, चामल जस्ता दैनिक उपभोग्य बस्तुमा भारत र नेपालगंजको बजारको मुल्य अन्तर फराकिलो देखिन्छ । यसमा नेपाली उपभोक्तालाई भारतिय बजार जानबाट रोक्नका लागी कम मारजिन राखेर नेपाली ब्यापारीहरुले त्यस्ता बस्तुहरुको बिक्रि बितरण गरेमा नेपाली उपभोक्तालाई भारत जानबाट रोक्न सकिन्छ ।
२.उपभोक्ता सचेतनामा ध्यान नदिनु ः गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो भन्ने बारेमा अहिले पनि सबै उपभोक्ता सचेत भै सकेका पाईदैन । अझ सस्तोका नाममा भारतिय बजारमा दौडिने प्रबृत्तिले नेपाली उपभोक्ताहरु कतिपय अवस्थामा कमसल र गुणस्तरहिन सामानमा ठगिने गरेको भए पनि यो कुरामा उनीहरु सचेत भएको पाईदैन । नेपाली ब्यापारिहरुले खाली नेपाली उपभोक्ता भारतीय बजार गए भनेर गुनासो गर्ने मात्रै होईन कि, नेपाली उपभोक्ताहरु भारतिय बजार किन गए ? के गर्न सकेमा नेपाली उपभोक्तालाई नेपालमै रोक्न सकिन्छ ? भन्ने बारेमा ध्यान पु¥याएको पाईदैन । उचित मुल्यमा गुणस्तरिय सामान उपभोक्ता माझ पु¥याउन सकेमा रुपैडिया जानबाट ग्राहकलाई रोक्न सकिन्छ भन्ने कुरामा आम ब्यवशायीहरुले दिन सकेको पाईदैन ।
कतिपय सामानहरु भारतमा भन्दा नेपालमै सस्तो पाईने भएता पनि भ्रमबस नेपाली उपभोक्ताहरु भारतमै पुग्ने गरेको पाईन्छ । लिभर लगायतका कतिय बहुराष्ट्रिय कम्पनीका सामान नेपालमै उचित मुल्यमा पाइन्छन् । प्लाष्टिक,स्टीलका सामान, मसला लगायतका सामानहरु भारतमा भन्दा नेपालमै गुणस्तरिय पाईन्छ । त्यस्तै भारतिय उत्पादन बाहेक तेश्रो मुलकबाट आयातित सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पाईन्छ । सबै सामान सस्तोमा पाईन्छ भन्ने भ्रममा परि नेपाली उपभोक्ताले भारतिय बजार रोज्ने कुरालाई अव अन्त्य गर्न जरुरी छ । यसका लागी उपभोक्ता सचेतनामा जोड दिने र वास्तविकता बुझाउन नेपाली ब्यापारीले सक्रियता बढाउन पनि उत्तिकै जरुरी छ ।
सस्तोका लागी नेपाली उपभोक्ताहरु भारतिय बजार जादै गर्दा उपभोक्ताले त्यहाँ जाँदा लाग्ने यातायात भाडा र खर्च हुने समयको बारेमा कमै ध्यान दिने गरेको पाईन्छ । सस्तोको नाममा थोरै सामान किन्न जाँदा पनि भारतिय रुपैडिया बजार रोज्ने नेपाली उपभोक्ताहरु भाडा र ब्यतित भएको समयको मुल्यको हिसाव गर्ने हो भने त्यस्ता नेपाली उपभोक्तालाई नाफा भन्दा घाटा लाग्ने कुरा बुझ्न जरुरी छ ।
३. गुणस्तरिय बस्तु तथा सेवा प्रदानमा ध्यान नपुग्नु ः नेपाली ब्यापारीहरुले गुणस्तरिय बस्तु तथा सेवा बिक्रि बितरण गर्नमा आवश्यक मात्रामा ध्यान पु¥याएको पाईदैन । मुनाफाको नाममा जथाभावी सामानहरु बिक्रि बितरण गर्ने, गुणस्तरियतामा ध्यान नदिने गरेका कारणले पनि भारतिय बजार तिरै दौडिने गरेको पाईएको छ । आफनो सेवालाई गुणस्तरिय र ब्यवस्थित बनाउने र उपभोक्ताको अधिकार र स्वास्थ्यमा पनि ध्यान दिएर ब्यापार ब्यवसाय गर्न सकेको खण्डमा नेपाली उपभोक्तालाई रुपैडिया जानबाट धेरथोर रुपमा रोक्न सकिन्छ ।
४.ब्यवशायिक आचरण र अनुगमनको कमि
संगठन भनेको गलत कुराको ठाकछोप गर्ने र गतल काम गर्ने संगठनका सदस्यलाई गलत कार्य गरेको अवस्थामा पनि उन्मुत्ति दिने होईन । उसले त ब्यवशायिक हक हितका साथै आफ्नो संगठन भित्र रहेका गलत क्रियाकलापहरुको सुधार गरि सबैलाई ब्यवशाहिक आचरण पालना गर्नु र गर्न लगाउनु पनि हो । यस सन्दर्भमा नेपाल उद्योग ब्यापार संघले लगायतका ब्यापारीका ब्यवशायिक संघ संगठनहरुले आफ्नो संघसंगठनमा आवद्ध आफ्ना ब्यवशायीहरुबाट के कस्तो बस्तु तथा सेवा प्रदान भैरहेको छ भन्ने बारेमा बेला बखत अनुगमन गर्ने, ब्यवशायिक आचरण पालन नगर्नेलाई गर्न लगाउने र उनीहरुको ब्यवशायिक दक्षता अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्न सकेका नेपाली ब्यापार प्रबद्र्धनमा निश्चय नै मद्धत मिल्ने छ ।
५. भन्सार छलि र अबैध सामान आयात ः भन्सारमा कडाई नहुँदा नेपाली उपभोक्ताहरु भारतको रुपैडिया धाईरहेको पाईन्छ । बिवाहवारी पुजाआजा, पर्व उत्सवका बहानामा होस वा अन्य तरिकाले भन्सार छलि गरि भारतिय सामान सहजै अवैध रुपमा नेपाल भित्रिन गएका कारणले पनि नेपाली बजार प्रभावित बन्न पुगेको छ । भन्सारमा कडाई गरी कानूनले निर्धारत गरेको बाहेकको सामाग्री नेपाल भित्राउदा अनिवार्य रुपमा भन्सार लाग्ने ब्यवस्था कार्यान्वयमा ल्याईएको खण्डमा नेपाली उपभोक्ताको रुपैडिया रोजाईलाई कम गर्न सकिन्छ ।
अन्तमाः उल्लेखित कुराहरुलाई मध्यनजर राख्दै भन्सार लगायतका सरकारी निकायका साथै नेपाली उद्योगी र ब्यवशायिहरुकले आफुमा रहेका कमी कमजारीको सुधार गर्दै गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्नमा ध्यान दिन सकेको खण्डमा सस्तोको भ्रममा नेपाली उपभोक्ताहरु भारत तर्फ दौडिने प्रबृत्तीलाई कम गर्न मद्धत पुग्दछ । यसै गरि हामी उपभोक्ताहरुले पनि अरुको लहै लहैमा लागेर सस्तोको नाममा भारतिय बजार धाउने प्रबृत्तिको अन्त्य गरौ । वास्तबिकता बुझ्ने प्रयत्न गरौ । केहि गलत कुरा भए सबैले मम भनी सुधार गरौ । उपभोक्ता शिक्षा र उपभोक्ता अधिकारमा सबैले ध्यान पु¥याउँ । सिमा पारि होईन वारी नै रोजौ, नेपाली बजारलाई प्रवद्र्धन गरौ ।
ड्ड लेखक उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष हुन ।

प्रतिक्रिया

प्रतिक्रिया