ऋचा लुइटेल
साँझ अलिअली जाम अलिअली ह्विस्की पनि चल्दो रैछ हिजोका कुरा भुसुक्कै बिर्सेर भोलिको पछि दगुरिरहेको छ मान्छे नेपालीहरुको स्मरण शक्ति दिनदिनै कमजोर हुँदै गएको छ । हिजो पनि उस्तै थियो आज पनि अघोषित रुपमा शासकका बिरुद्ध आवाज उठाउनु हँुदैन भन्ने मान्छेको मनस्थिति उस्तै छ ।
हिजो शासनका विरुद्ध आवाज उठाउने मान्छे नै दोषी हुने अवस्था आउथ्यो र आज पनि छ सोझो अर्थमा लोकतान्त्रिक पद्धति देखिएपनि ब्यवहारिक रुपमा गलत ब्यवस्थाको विरोध बेथितिको विरोध गर्नेमान्छे एक्लो परिरहेको छ । जनप्रतिनिधिले चुनाव अघि सेवा भन्थे अहिले सुविधा खोज्दैछन् तर, जनता एकजुट भएर आवाज उठाउदैनन् । जुन सोंचमा हाम्रो समाज छ यसको परिणाम त्यही हो । भ्रष्टाचार भन्नेकुरा ठुला मान्छेले रोक्न चाहने हो भने तुरुन्त रोकिन्छ, संस्थागत भ्रस्टाचार त झन तुरुन्तै रोकिन्छ ।
हाम्रो समाज दलीय रूपमा विभाजन भएको छ । नेतृत्वमा बदमासी छ त्यसकारण भ्रष्टाचार छ । राज्य र जनता बीचमा ठूलो अन्तर छ । बेइमानी छ भन्ने चै थाहा छ टुलुटुलु हेरि बस्छौ बोल्दैनौ अनि कसरी परिवर्तन हुन्छ ?
कानुन बलियो छ कार्यान्वयन फितलो छ । नागरिक समाजको भुमिका भनेर तमाम परियोजना चलेका छन् । आखिर नेपालको नागरिता हुने जति जम्मै नागरिक हुन उनीहरुको समूह नागरिक समाज यो मिठासपूर्ण समाजमा परियोजनाको बीस घोलेर मान्छेको मथिङल बिगारिदिएका छन् ।
सिङ्गो समाज दलीय राजनीति गरिरहेका छन् जनता स्याल नेता सिंह बनेपछि नियति त बदलियो नियत उस्तै भयो । सिंहदरबारको अधिकार गाउँ घरसम्म त पुग्यो तर, सुशासन युक्त समाज बनाउन आवश्यक कुनैपनि पूर्वाधार अझै तयार हुन सकेका छैनन् । तथ्य सहितको खबरदारी भ्रष्टाचार मुक्त समाज जवाफदेहिता कुनै ब्यक्ति विशेषले मात्र गरेर हुँदैन । संस्थागत विकास हुन जरुरी छ ।
कयौ ब्यक्तिले त काम राम्रो गरिरहेका छन् । तर, नीति पास गरेर काम भएका छैनन् । हिजोको ब्यवस्थामा जे हुन्थ्यो त्यसको जनप्रतिनिधिले जे काम गरिरहेका छन् । यो काम कपि पेस्ट हो जे काम गरिरहेका छन् । ती हिजोकै हुन आजको नयाँ होइन नयाँ गर्नुपर्छ भनेर आवश्यकता महसुस नगरेका कारण अवस्था यस्तो सिर्जना भएको हो ।
शिक्षा नीति माथि नगरले छलफल चलाउँछ उनै पुरानै ढर्रा चल्छ उनै सरकारी विद्यालयका शिक्षक र नेता छलफलमा सहभागी हुन्छन् । विज्ञता खोजिदैन कार्यक्रम गर्न पाए र गरियो भन्न पाए पुग्यो । सामाजिक चेतना, नैतिक शिक्षा प्रविधिको विकास वर्तमान समयको आवश्यकता प्राविधिक शिक्षाको आवश्यकता माथि खै छलफल हुन सकेको ? पारदर्शितालाई नाङ्गो बनाइयो छ्याङो बनाउन सकिएन ।
कार्यक्रमहरु जति भए र हुँदैछन । प्रोजेक्टमुखी छन् । शान्ति सद्भाव र एकताको विषयमा बोल्न जरुरी छ । किनकी हिजो भन्दा आज झन्झन् ब्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको छ । नेपालमा नागरिक जन्मिन सकेनन् उत्तम मान्छे मात्रै जन्मिए जसले अभ्यास नगरी काम मात्रै गरे जुन काम राम्रो हुन्छ भन्ने कुनै ज्ञारेन्टी रहँदैन ।
सबैमान्छे विश्व बजारमा बिक्न चाहन्छन् धनी बन्न चाहन्छन् । तर, समाजलाई फर्केर हेर्न चाहँदैनन् कोहि चाहदैनन् । नागरिक समाजको भुमिका नागरिक समाज सम्म पुर्याउन अत्यन्तै जरुरी छ । राज्य भित्र नेताको राज बढिरहेको छ ।
सर्वशक्तिमान भएको अनुभूति गरेर सामान्य नागरिकको सिफारिसमा समेत जनप्रतिनिधिले राजनीति गरिरहेका छन् । प्रायः मान्छे सत्ता र शक्तिका पुजारी छन् गरिबको काम कोहि गर्न रुचाउदैनन् । आज उनीहरुले खोलो तरेर लौरो बिर्सिन थालिसकेको अवस्था छ । टिभीको वारेन्टी छ जुत्ताको वारेन्टी छ तर सरकारले गरेको कामको किन वारेन्टी छैन ? बाटो बनेको एक महिनामा बाटो भत्किन थाल्छ । कमसल काम गरेर भत्किएको बाटो टाल्नु भन्दा असल काम दुरगामी परिणाम आउने किसिमका काम गर्न जरुरी छ ।
आफुले कमाउँदा धन अरुले कमाउँदा भ्रष्टाचार । आफुले गरे भाषण अरुले गरे नारा मान्छे एक अर्कालाई हेरेर भ्रष्टाचार गरिरहेका छन् । आफुमा आफ्नो सोंचमा आफ्नो कर्तब्यमा आफ्नो दायित्वमा हरेक व्यक्ति इमान्दार हुन सके सबैले आफ्नो कर्तव्यपालन गर्न सके आजको अवस्था यस्तै रहँदैन सुधार हुन्छ सुधारको लागि हामी आफ्नो ठाउँबाट पहल गरौ आवाज उठाउ काम गरौ ।