प्रीय प्रमुख ज्यु ,
नमस्कार ।
खजुरा मेरो हो, तपाईंको हो र हामी सबै खजुरा बासिको हो यो खजुरा। हिजोको साघुरो खजुराको परिभाषा फेरिएको छ । उढरापुर, सोनपुर, रनियापुर, सितापुर र राधापुर पनि अब बृहत खजुराभित्र प्रवेश गरेका छ्न ।
अब खजुराको बिकास र समृद्धि को खाका कोर्दा यिनी सबै भुभाग र क्षेत्रफलको मसिनो विश्लेषण र मुल्यांकन गरि योजना बनाउनेतर्फ हामी अघि बढ्नु पर्छ। हामी गाउँ मा सिह दरबार को नयाँ प्रयोगमा छौं , यसको नेतृत्व र जिम्मेवारी मा तपाईं हुनुहुन्छ र हामी सबै खजुराबासी गाउँ मै सिहदरबार प्राप्तिको प्रतीक्षा मा छौ।
अब स्थानीय सिहदरबार चलाउने नितिनियम निर्माणका अभियानमा तपाईंको नेतृत्व मा हाम्रो गाउँ पालिका अघि बड्दै छ। कृषि का निति बनाउदा कमसेकम सबै वडा का अगुवा कृषक लाई समाबेश गर्नुहोला, शिक्षा का निति बनाउदा यहाँ का ग्र्याजुएट र शिक्षा क्षेत्रमा क्रीयासिल अगुवा हरु अनि एसैगरी जुन जुन बीसय का नीति नियम बनाइन्छ सबै वार्ड्मा तत्सम्बन्धी विद्वान् र जानकार राखी नितिनियम बनाए हामीले साच्चैकै सिहदरबारको मजा लिन पाइन्थ्यो भन्ने आशामा छन् खजुराबासी।
खजुरा आफैं मा एउटा वेल प्लान्ड “टाउन” हो , तत्कालीन पुनर्बास कम्पनिका मेनेजर तथा मेरा हजुरबुवा सिङ्ग्मुनेजर ले इजरायल पुगि त्यहीँ को एउटा सुन्दर शहर को नमुना को रूपमा बसाएको बस्ती हो खजुरा(पुनर्बास क्षेत्र )। यहाँ का हरेक ठाउँ मा चोक सहितको फराकिलो बाटो घाटा हरु छ्न पार्क का लागि छुट्याइएका जग्गा हरु छन् तेसैले खजुरा बाटोघाटो का हिसाबमा अन्य पालिका भन्दा अब्बल छ मज्बुत इच्छाशक्ति जनप्रतिनिधि मा भयो र गरेर देखाउछु भन्ने रहर जागे हरेक घडेरी र खेतका बिचमा २ बर्ष भित्र ग्राभेल गर्न सक्ने स्तिथी छ यो पालिकाको।
प्रिय प्रमुख ज्यु ,
म त्यति धेरै ज्ञान र बिद्द्ताले भरिपुर्ण र जानकार त हुइन तथापि यो लेख मार्फत आफ्नु पालिका को समृद्धि , शुसासन र बिकास का लागि केही कोर्ने दुस्साहस गर्दै छु श्रीमान ले अन्यथा नलिनु होला ।
खजुरा कृषि का लागि अब्बल हो यहाँ पशुपालन र तरकारी खेतिमा केही कृषकहरु व्यावसायिक रूपमा नै दशकौंदेखि लागिपरेका छ्न यस्को अझ बैज्ञानिक र उन्नत प्रबिधि को बिकास मा पालिकाले विशेष पहल र प्रयत्न गरे पशुपालन र तरकारी खेती का लागि यो जिल्लामा नै नमूना पालिका बन्ने अवसर आउन सक्छ।
पर्यटन को क्षेत्रमा पनि यो पालिकाको बलियो सम्भावना देक्छु म। मुसबेटवा बाबाको मजार, लक्ष्मिनारायण मन्दिर , चर्च र गुम्बा सबै छन् हामिसित यिनको उचित संरक्षण र प्रचार प्रसारमा जोड दिए पुग्छ। धौलागिरी मा रहेको पन्चेबाजा अहिले जिल्ला भरिका बिवाहा मा मात्रै होईन हरेक मेला महोत्सव र मुख्य कार्यक्रम मा लगिने गरिन्छ यो बाजा सम्बर्द्धन र प्रोत्साहन का लागि बाजा समूह लाई बिशेश अनुदान पालिकाले उपलब्ध गराइ बाजा संग्रहालय बनाउन सके हाम्रो पालिकामा बर्ष मा संग्रहालयको अवलोकन गर्न हजारौं पर्यटक लाई यो पालिका भित्र्याउन सकिन्छ। वडा न ३ को १ नम्बर मा रहेको नारिउत्थान केन्द्र सङ्ग जोडिएको ९ कट्ठा जग्गा जो पार्क का नाममा छ त्यहाँ योगा पार्क निर्माण गरि आफ्नो पालिका भित्र नै घुमफिर, मनोरञ्जन र दैनिक योगा गर्ने र स्वास्थ र श्रीजनन्सिल नागरिक बनाउने अभियान चलाउन सकिन्छ।
खजुरा पालिका को सिमाना कृषिफार्म देखि मानखोला सम्म पहिलो चरण मा हरित खजुरा अभियान अन्तरगत रुख बिरुवा रोप्न नागरिक र यहाँ का संघ संस्था सङ्ग सम्न्वय गरि अधि बढे हरित खजुराको सपना पुरा गर्ने अभियान को सुरुवात हुन सक्छ। यहाँ का युवाहरूलाई कुलत र दुर्बेसन बाट मुक्त बनाउने अभियान अन्तरगत युवाहरूकै पहल मा हरेक वडामा शारीरिक ब्यायाम का लागि ब्याम केन्द्र स्थापना गरे युवाहरूलाई समेत साथ लिइ समृद्धिको बाटो नाप्न सकिन्छ ।
खजुराको लागि खजुरेली ले नै तत्परता देखाउनु पर्छ यसतर्फ सबै खजुराबासिको ध्यान जान जरुरी छ। यहाँ जङ्गल र झाडी फाडेर दुःख र कष्ट सहेर यो स्तिथिमा आइपुगेका शाहसिक समुदाय छ जनप्रतिनिधि ले जनताको बिश्वास लिएर अघि बढे खजुरा जिल्लामा मात्रै होईन यो प्रदेश कै नमुना र उत्कृष्ट पालिका बन्ने कुरो मा सन्का देखिदैन । जनप्रतिनिधि लाई सुशासन र बिकशीत खजुराको मर्गमा अघि बढ्ने उच्च मनोबल मिलोस भन्ने शुभकामना सहित।
स्थानीय सतिश निरौला