वर्तमान अवस्थामा नागरिक समाजको भूमिका

वसन्त गौतम

२०६२/०६३ सालको जनआन्दोलनताका नागरिक समाजले खेलेको सकारात्मक भुमिकालाई अहिले पनि आम जनताले भुल्न सकेका छैनन । निंरकुश राजतन्त्रको अन्त्य, लोकतन्त्र र नागरिक अधिकारको बहालीका लागी नागरिक समाजले खेलेको भुमिका साच्चै सराहनिय थियो ।

को हो नागरिक समाज ?

जागरुक नागरिकहरूको समूह नागरिक समाज हो । संगठित वा असंगठित रूपमा सक्रिय समूह नै नागरिक समाज हो । त्यस्ता संगठित समाज भनेका कुनै निश्चित अवधारणासहित निश्चित समूहको हितका लागि गठित पेसागत संस्था, धार्मिक समूह, मजदुर संगठन, नागरिकका पक्षमा बोल्न संस्थाहरू जसमा एउटाको हितमा समाजका विभिन्न समूहहरूको हित निहित हुन्छ, जसले वाणीविहीनको वाणी बोल्ने गर्दछन् । तिनले बालबालिकाका लागि, वृद्धहरूका लागि, समाजमा प्रताडित, अल्पसंख्यकका, सीमान्तकृत जनताका लागि बोलिदिने संस्थालाई पनि नागरिकका तर्फबाट बोलिदिने समाजका रूपमा लिनुपर्छ । लोकतन्त्रमा त्यस्ता वाणीविहीनका वाणीहरू बोल्ने र लोकतन्त्रलाई सबैको पहुँचमा पु¥याउने काम नै नागरिक समाजले गर्दछ ।

 

प्रेसले नागरिक समाजलाई लोकतान्त्रिक बनाउन र लोकतन्त्रको विश्वव्यापी मान्यताका बारेमा जागरुक बनाउँछ, त्यसैले प्रेस लोकतन्त्रलाई सबै नागरिकको पहुँचमा पु¥याउने प्रमुख माध्यम हो । त्यसैले प्रेस पनि नागरिक समाजको अभिन्न अंग हो । लोकतन्त्रमा सबैको पहुँच नपुगेको अवस्थामा नागरिकका कुराहरू ठिक ठाउँमा पु¥याउने र समाजका लागि सरकारलाई, विधायकलाई र न्यायमूर्तिलाई समेत आवश्यक जानकारी उपलब्ध गराउने भनेको वा जनताको आवाज सामयिक रूपमा सबै ठाउँमा पु¥याउने नै नागरिक समाजले हो ।

नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । तर अहिलेको अवस्थामा नागरिक समाज सुस्ताएको, राजनितिबाट प्रभावित बनेको आरोप नागरिक समाज माथी लाग्ने गरेको छ ।

वास्तवमा नागरिक समाज यस्तो समुह हुनु पर्दछ जो गैर राजनीतिक, गैरसरकारी र गैरनाफामुलक रुपमा कार्य गरेको होस । जसमा नागरिकको हक अधिकारको बहस र पैरवी गर्न स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वतस्फर्त रुपमा संगठित भएका हुन् । निश्चित उदेश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन नागरिक समाज हो । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधारको रूपमा लिने गरेका छन्् । हुन पनि नागरिक समाजको आन्दोलन र वकालतले नेपालमा धेरै सामाजिक कुरीतीजन्य कार्यको अन्त्य र समाज परिवर्तनका लागी मद्धत पुगेको कुरा हामी कसैबाट छिपेको छैन ।

नागरिक समाजले कानुन कार्यान्वयनमा सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र पारदर्शी ढंगबाट सञ्चालन हुन मद्धत गर्दछ । नेपालमा मानवअधिकार, शान्ति, लोकतन्त्र, लैंगिकता, अल्पसंख्यकका मुद्दा, द्वन्द्व ब्यवस्थापन र द्वन्द्वोत्तर राज्य संचालन, महिला बिरुद्ध हुने हिंसा, बालअधिकार जस्ता बिषयहरुमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहने गरेको छ ।

नागरिक समाजमा रहेका तरल भिडलाई जुनसुकै देशमा पनि राजनैतिक दलहरुले स्वार्थपूर्तिमा प्रयोग गर्ने खतरा रहन्छ । त्यसैले नागरिक समाजले राजनितिक पूर्वाग्रही हुनबाट आफुलाई जोगाई सभ्य र शालिन ढंगले नागरिक खवरदारी गर्नु पर्ने हुन्छ । शासनसत्ता र राजनीति पुर्णरुपमा शहर केन्द्रित भइरहेको वर्तमान अवस्थामा नागरिक समाजको भूमिका बहुमुखि पर्दछ । ग्रामिण र दुरदराजका जनताहरुको पीर मर्कालाई उजागर गर्ने र आफुलाई पुर्ण ब्यवसायिक बनाउनु पर्दछ । लोकतन्त्रको दिगो बिकाश र स्थायी शान्तिका लागि निरन्तर खवरदारी गरिरहनु पर्दछ । यस्तो खवरदारी अमुक राजनैतिक दल वा शक्ति केन्द्रको उक्साहटमा होइन कि आमजनताको हितमा हुनु पर्दछ ।

राज्यमा सुशासन स्थापित गर्नमा नागरिक समाजको महत्वपुर्ण भुमिका रहनु पर्दछ । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । ब्याप्त भ्रष्टाचारका बिरुद्धको मुद्दालाई पनि नागरिक समाज उत्तिकै महत्वका साथ उठाई सुशासन कायम गर्नमा मद्दत पु¥याउनु पर्दछ । समाज र राष्ट्रलाई सही बाटामो हिँड्न प्रेरणा दिने,जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गति विरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

नागरिक समाजबाट आमनागरिकले लोकतन्त्रका पक्षमा प्रशस्त जानकारी प्राप्त गर्दछन् । ससाना समुदायका क्रियाकलापमा सम्मिलित नागरिकले राजनीतिले कसरी काम गर्दछ, लोकतन्त्रमा कसरी सबै समुदायको हित निहित हुन्छ भन्ने बारेमा ज्ञान हासिल गर्दछन् । लोकतान्त्रिक प्रक्रिया भनेको के हो र लोकतान्त्रिक प्रक्रियाद्वारा कसरी काम हुन्छ भन्ने कुरा पनि नागरिक समाजले ती समुदायलाई जानकारी गराउनु पर्दछ । नागरिक समाजले नै सरकार र सार्वजनिक क्षेत्रका बीचमा मध्यस्थताको काम गर्दछन् । एक प्रकारले नागरिक समाजले लोकतान्त्रिक संस्थाको कामकर्तव्य र व्यवहारको मिहिन तरिकाले जाँच गरेर सेवाग्राही संस्थालाई सदैव सतर्क र सेवामुखी बनाइरहेका हुन्छन् । यसप्रकार नागरिक समाजको चासो र संलग्नताले लोकतन्त्रको सामाजिक आधार बलियो बनाइरहेको हुन्छ । नागरिक समाजले दललाई सतर्क बनाउँछन् र मात्र दलको क्रियाकलापमा सन्तुलन आउँछ ।

नागरिक समाजको भूमिकाको कुरा गर्दा लोकतान्त्रिक मुल्य मान्यताको विकास र संस्थागत गर्ने माध्यमको रुपमा, परिवर्तनको संवाहकको रुपमा, समाज सुधारको रुपमा, रचनात्मक सुझाव कर्ताको रुपमा, आवश्यक दबाबकर्ताको रुपमा, सचेतकको रुपमा, सचेतना अभिवृद्धिको रुपमा, जनसहभागिता र मत निर्माण गर्ने माध्यमको रुपमा नागरिक समाजले बिभिन्न माध्यमले प्रभावकारी काम गर्नु पर्ने आम जनताको भनाई रहने गरेको छ ।

अहिले आमजनताले नागरिक समाजको सकारात्मक भुमिकाको अपेक्षा गरेका छन् । लोकतन्त्रको सुदृढीकरण, मानव अधिकारको रक्षा, कानूनी शासनको स्थापना, स्वतन्त्र प्रेश र जनअधिकारका सवालमा नागरिक समाजकोे भूमिका महत्वपूर्ण हुनु पर्दछ । यसका लागि नागरिक समाज कुनै प्रकारको दवाव र प्रभावबाट बिचलित नभै आफ्नो ब्यवसायिक मुल्य र मान्यतालाई कायम राख्न कहिले पनि चुक्नु हु“दैन । जनताले वास्तविक रुपमै लोकतन्त्रको अनुभुति गर्न नपाएको वर्तमान अवस्थामा उनीहरुले दैनिक रुपमा भोग्नु परेका बिभिन्न समस्याहरुको सम्बोधन र अधिकारमा उनीहरुको पहुँच पु¥याउन, भष्ट्राचारको रोकथाम, सुशासनका कायम गर्नका लागि नागरिक समाजले सशक्त भूमिका खेल्न जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया