भ्रष्टाचार र यसको नियन्त्रण

मन भण्डारी

के हो ? भ्रष्टाचार
सामान्य अर्थमा भ्रष्टाचार भन्नेबित्तिकै आम नागरिकहरुको बुझाईमा नगद लेनदेन र आर्थिक घुस लिनु, दिनु भन्ने बुझाई छ । बास्तबमा भ्रष्टाचार भनेको यति मात्र हैन, भ्रष्टाचारको बिषयमा आम नागरिकहरुको बुझाइमा फराकिलो बनाउनुपर्ने देखिन्छ । भ्रष्ट आचार अर्थात गर्न नहुने काम भ्रष्टाचार र शिष्ट आचार अर्थात गर्नुपर्ने सकारात्मक काम शिष्टाचार हो । भ्रष्टाचार शब्दले नकारात्मक फल दिने अर्थ अर्थात मानविय मुल्य र मान्यता विपरितको कामलाई जनाउँछ ।

 

कुनै सरकारी अधिकारी १० बजे सम्म कार्यालयमा पुगि सक्नुपर्दछ । तर कुनै सरकारी अधिकारी १० बजे भन्दा ढिलो कार्यालय पुग्छ भने त्यो भ्रष्टाचार हो, शिष्टाचार हैन । कुनै अभिभाबकहरुले आफ्ना बालबच्चाहरु नियमित रुपमा बिद्यालय गएका छनकि छैनन्, पढाईमा ध्यान दिएका छनकि छैनन्, खाना खाजा खाएका छनकि छैनन्, सरसफाईमा ध्यान दिएका छनकि छैनन् हेरबिचार गर्छन भने त्यो शिष्टाचार भयो । त्यसो नभई शुल्क तिरेकैछु भनेर कुनैपनि बिषयमा ध्यान दिएन भने त्यो अभिभाबकले भ्रष्टाचार गरेको ठहरिन्छ ।

 

भ्रष्टाचार सरकारी कर्मचारीहरुले मात्र गर्छन्, सरकारी कार्यालयहरुमा मात्र भ्रष्टाचार हुन्छ भन्ने नागरिकहरुको बुझाईछ । सरकारी अधिकारीहरुले आफ्नो अख्तिायारको दुरुपयोग गरेर अनैतिक क्रियाकलाप गर्छन नै, तथापी समाजमा बसोबास गर्ने जो सुकै ब्यक्तिले पनि कुनैन कुनै रुपमा भ्रष्टाचार गरिरहेका हुन सक्छन् । कानुनले बन्देज गरेको गर्न नहुने कार्य गर्नु, अख्तिायारको दुरुपयोग गर्नु, तोकिएको जिम्मेवारी बहन नगर्नु, सार्बजनिक अहित हुने र ब्यक्तिगत लाभ हुने खालका कार्य गर्नु, कमिशन खानु, नभएको काम भएको हो भनेर प्रतिवेदन पेश गर्नु, समयको पालना नगर्नु, ठग्नु, ढाट्नु, जिम्मेवारीबाट पन्छिनु भ्रष्टाचार हो भने यस्तो कार्य गर्ने ब्यक्ति भ्रष्टाारी हो ।

 
किन हुन्छ त भ्रष्टाचार

समाजमा कसैले भ्रष्टाचार गर्छ भने त्यो मान्छले नै गर्छ अरु कसैले गर्दैन । मानिसका अनेकन चाहाना, इच्छा र आकांछाहरु हुन्छन् । मानिस सुबिधाभोगि प्रणी हो, मानिस जहिले सुबिधा चाहान्छ, सुख चाहान्छ, । मानिस सधैं सुख र ऐस आराममा बाच्न चाहान्छ । मानिसको सुख र ऐस आराम संग जिवन बिताउने मुख्य साधन भनेको धन सम्पति हो । जो संग अथाह धन सम्पति छ उ ब्यक्ति संधै आफुलाई सुखसंग जिवन बिताएको भान गर्छ । खुसी र सुखी जिवन बिताउनकै लागि मान्छेले अथाह धन सुम्पति आर्जन गर्ने सपना देख्न थाल्दछन् र गैरकानुनि काम गर्न पनि पछि पर्दैनन् । मानिसहरु भौतिक बिलासितामा रमाउन चाहान्छन् । नेपालमा जस्ले जति सम्पति थुपारेर राखे पनि कुनै हद छैन् । कस्ले कति धन सम्पति राख्न पाउने भन्ने कुनै किसिमको सिमा तोकिएको पनि छैन, त्यसैले अहिले नेपालमा धन, सम्पति थुपार्नेहरुको होडबाजि नै चलेको छ । जस्को कारण दिनानुदिन भ्रष्टाचार बढ्दै गएको छ । हुनेहरुको धन सम्पति सडेर जाने अवस्था छ भने गरिबहरु भोकै मनुपर्ने अवस्था छ नेपालमा । योग्यता अनुसारको काम र काम अनुसारको दामको बन्दोबस्त सरकारले गर्न नसक्दा पनि धेरै मान्छेहरु गलत बाटो अंगाल्न बाध्य भएका छन् ।

 

सरकारी तवरबाट रोजगारको ब्यवस्था भइ आत्म निर्भर बनि आफ्नो खुट्टामा उभिने वाताबरणको सिर्जना नहुंदा पनि अवस्था बिग्रिदै गएको छ । बिभिन्न चाड पर्व र भोज भतेरमा आफ्नो हैसियत अनुसारको खर्च नगरि अर्काको देखासिकि गर्ने प्रचलन पनि हाम्रो देशमा बढि छ । बिभिन्न किसिमका बिकृति र बिसंगति फैलाउने खालका गतिबिधिहरुमा संलग्न हुने, मानविय मुल्य र मान्यतालाई भुलेर गलत कार्यलाई प्रसय दिने । इमान्दारिको भन्दा बेइमानिहरुको कदर हुनु, फजुल खर्च गर्न तर्फ ध्यान जानु, प्रतिसपर्दाको संस्कारको बिकास हुनु लगाएत भ्रष्टाचारका कारक तत्व हुन । सार्वजनिक अहोदामा बसेकाहरुले आफ्नो नैतिक जिममेवारी केहो भन्ने कुरा भुलेर सामाजिक मर्यादा बिपरित ब्यक्तिगत लाभ हुने र नातावाद, कृपावादलाई अंगिकार गरि काम गर्नुले पनि भ्रष्टाचार फस्टाउदै गएको छ । सुशासनका आधारभुत सिद्धान्तहरु पारदर्शिता, जवाफदेहिता, सूचनाको हक र जनसहभागिता ओझेलमा परेका छन् ।

 
भ्रष्टाचार कसरी रोकिन्छ ?

भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चुनौतिपुर्ण कार्यको रुपमा रहेको छ । बढि भ्रष्टाचार हुने मुलुकहरु मध्ये नेपाल अग्रणीमा पर्दछ । भ्रष्टाचार नेपालमा एक सरुवा रोग जस्तै बनेको छ । सरकारी निकायहरुमा मात्र नभएर निजी तथा सार्वजनिक संस्थाहरु, गैरसरकारी संस्थाहरु, ब्यापारी प्रठिष्ठानहरुमा पनि भ्रष्टाचार हुने गरेको पाइन्छ । अहिले मुलुकमा भ्रष्टाचार नियन्त्रण गम्भिर चुनौतिको रुपमा रहेको छ र यसको सबै भन्दा ठुलो असर गरिब सुमुदायलाई परेको छ । भ्रटाचारकै कारण गरिब जनता झनै पीडित बन्दै गइरहेका छन् । भ्रष्टाचारकै कारण विकासमा अवरोध आएको छ, जसका कारण मुलुकले निकास पाउन सकिरहेको छैन । यसतो परिस्थितीमा यदि हामि सचेत नागरिहरु भ्रष्टाचारको बिरुद्धमा एकजुट बनेनौँ भने मुलुकले ठुलो दुरदशा भोग्नुपर्ने देखिन्छ ।

 

 

भ्रष्टाचारले राष्टिूय अस्थित्वलाई नै धरापमा पारेको छ । भ्रष्टाचार न्युनिकरण गर्न कुनै एउटा संस्था, समुह र ब्यक्तिले मात्र प्रयास थालेर नपुग्ने भएका कारण सम्पुर्ण नागरिहरु एकजुट भएर खरो रुपमा उत्रिनुपर्ने बेला आएको छ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारी तवरबाट बिभिन्न निकायहरुको गठन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्लाहरुको हकमा जिल्ला प्रशासन कार्यालयहरु रहेका छन् । कानुनमा नै भ्रष्टाचार नियन्त्रण गर्ने अधिकार पाएका यि निकायहरुको काम प्रभावकारी नहुदा भ्रष्टाचार चुनौतिको रुपमा रहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सबै भन्दा पहिले मुल सङलो हुनुपर्दछ । मुलको पानी सङलो छ भने त्यो पानी तल सम्म पनि सङलो नै हुन्छ, यदि मुहान नै धमिलो भयो भने पुरै पानी धमिलो हुन्छ । मुलुकको बागडोर समालेका नेता र उच्च पदस्त प्रशासकहरु सदाचारी तथा असल भए भने देशबाट भ्रष्टाचार स्वतः नियन्त्रण हुन्छ । तर हाम्रो देशमा जस्को शक्ति उस्को भक्ति भएर मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ । भ्रष्टाचारीहरुलाई कार्बाही गर्नु त टाढाको कुरा भयो उल्टै भ्रष्टहरुलाई संरक्षर दिने हाम्रो देशका नेताहरुको प्रबृद्धि छ ।

 

मुलुकमा ब्याप्त रहेको भ्रष्टाचार नियन्त्रण गर्न राज्यले सम्पतिको सिमा तोक्नु पर्छ, सबैलाई नैतिक शिक्षा दिने ब्यवस्था गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई संरक्षर गरेर राख्ने राजनीतिक संस्कारको अन्त्य हुनुपर्छ । भ्रष्टाचार बिरुद्ध काम गर्न गठन भएका संस्थाहरुलाई न्यायिक अधिकार दिनुपर्छ । स्वदेशमै प्रशस्त रोजगारीका अवसर सृजना गरेर नेपाली युवाहरुलाई आत्मनिर्भर हुने अवसर दिनुपर्दछ । गैरकानुनि र सामाजिक मर्यादा बिपरित हुने सबैखाले कामहरुको नियन्त्रण हुनुपर्दछ ।

 

भ्रष्टाचारीहरुलाई कार्बाही र सदाचारीलाई पुरस्कारको ब्यवस्थाको थालनि गर्नुपर्छ । नेपालमा संविधान जारी भैसकेको अवस्थामा संबिधानको अक्षरस पालना भयो र संबिधान कार्यान्वयनमा आएको खण्डमा भ्रष्टाचार आफै नियन्त्रण भएर जाने छ । विडम्बना भ्रष्टाचार बिरुद्ध बनेका ऐन, नियम र कानुनको पुर्ण पालना नहुंदा देशले ठुलो दुर्दशा भोग्नुपरेको छ । अहिलेको अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्ने सबै भन्दा बढि जिम्मेवारी नव निर्वाचित जन प्रतिनिधिहरुको काँधमा आएको छ । स्थानीय तहको निर्वाचन पछि लामो समय पछि सबै स्थानयि तहले जनप्रतिनीधि पाएका छन् । जनताहरुले पाउने सबै किसिमका सेवा सुविधा र अधिकारहरु अब स्थानयि तहबाट नै प्राप्त हुने हुँदा जनप्रतिनिधिहरु जनताप्रति जवाफदेहि भई इमान्दारितापूर्वक काम गरेको खण्डमा भ्रष्टाचार नियन्त्रण हुन्छ । राज्य संचालकहरु र स्थानीय सरकार प्रमुखहरुले भ्रष्टाचार बिरुद्ध काम गर्ने प्रतिबद्धताका सात आफ्नो पदिय दायित्व बोध गर्नुपर्छ ।

 

भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व राज्य पक्ष र भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुको भएता पनि राज्यले केहि गरेन भनेर राज्य र नेताहरुलाई गालि गरेर बस्नुको साटो आम सचेत नागरिहरु भ्रष्टाचार बिरुद्ध जुट्नुको बिकल्प छैन । अनि मात्र देशमा भ्रष्टाचार नियन्त्रण हुन सक्छ अन्यथा विश्व सामु हाम्रो मुलुक भ्रष्टको सुचिमा नै रहिरहेनेछ । सर्वसाधारण नागरिक, कर्मचारी, बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, भ्रष्टाचार विरुद्धका निकायहरु एकजुट भएर भ्रष्टाचार बिरुद्धको अभियानमा लागि परेको अवस्थामा मुलुकबाट भ्रटाचार उन्मुलन गर्न सकिने र देशमा सुशासन कायम हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया