त्यसैले छोरीलाई शिक्षा

सन्ध्या गैरे

म होप इन्टरनेशनलको विद्यार्थी । मलाई मेरो स्कूलले महिला शिक्षा बारे विद्यार्थी साथीहरुमाझ बोल्न भनेपछि बुझ्न जरुरी ठानेर तयारी गरें, लेख्न पनि उचित लाग्यो ।

 

मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो । जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ । शिक्षाले महिलालाई एउटा ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ । साथमा आत्म निर्भर बनाउने र आफ्नो जीवनस्तरलाई सहज अनि सुविस्ता बनाउन सहयोग गर्छ ।

 

एउटा घरमा पुरुष मात्र शिक्षित भयो भने घर खर्च जुटाउन पुरुषलाई मात्र कष्ट भोग्नुपर्छ । तर, महिला पनि शिक्षित भइन् भने उनले पनि घर खर्च जुटाउन सक्छिन् र आफ्नो छोरा र छोरीलाई राम्रो शिक्षा दिलाउन सक्छिन् । भनिन्छ, छोरा शिक्षित भयो भने देशको एउटा नागरिक मात्र शिक्षित हुन्छ, छोरी शिक्षित भइन् भने घरनै शिक्षित हुन्छ ।
हाम्रो पहिलो शिक्षक भनेको आमा हो । यदी आमा शिक्षित भइन् भने यो बच्चा पनि शिक्षित हुनसक्छ नत्र सक्दैन । भइहाले पनि त्यति सजिलो हुँदैन ।

 

अहिले पनि नेपालमा पुरुष र महिला शिक्षा भनेर भेदभाव चलिरहेको छ । पुरुषले शिक्षा लिन पाउ“छन् भने महिलाहरुले किन पाउदैनन् ? किनभने धेरै मानिसले यस्तो धारणा राख्छन् कि महिलाले शिक्षा पाए पनि भोलि बिहे गरेर अर्काको घर गएर भाडा, कपडा त धुनुपर्छ त्यो पढाई र लगानी त्यसै खेर जान्छ । तर तिनीहरुले यस्तो धारणा राख्दैनन् कि भोलि छोरीले पढेर नाम कमाउली बाबाआमाको नाम चलाउली ।

 

यदी महिलाले शिक्षा पाइन् भने आफु माथि हुने महिला हिंसाको विषयमा आवाज उठाएर विरोध गर्न सक्छिन् तर शिक्षा पाइनन् भने त्यो हिंसा सहेर बस्छिन् । त्यो हिंसालाई रोक्न म कृपया सबैलाई अनुरोध गर्न चाहन्छु कि आफ्नो घरमा अशिक्षित दिदी, बहिनी र छोरीहरु छन् भने तुरुन्तै विद्यालय पढाऔं र उनीहरुको भविष्य बनाऔं । महिलाहरु माथि हिंसा बारे सचेत गराई त्यसको आवाज उठाउने शक्ति प्रदान गर्न म विनम्र अनुरोध गर्दछु । (सन्ध्या कक्षा ६ मा पढ्छिन्)

प्रतिक्रिया

प्रतिक्रिया