मैले देखेको पुरुष हिंसा

भन्छन्, छोरी–मानिस दुई घरको भाग्य लिएर जन्मिन्छन् । फेरी सबैले यो किन सोच्दैनन् कि छोरा पनि दुई घरको जिम्मेवारी बोकेर जन्मिछन् ? एउटी नारी सँगसँगै उसका जिम्मेवारीहरू पनि बढेका हुन्छन् । मैले आज मात्र हैन पहिला देखि नै देखेको कुरा हो पुरुषले बोकेको जिम्मेवारी । वास्तवमा यहाँ नारी र पुरुषको पबित्र सम्बन्धलाई हजारौ नाम दिइन्छ, हजारौ कुराहरु गरिन्छ, कुनै राम्रा पनि हुन्छन् त कति नराम्रा पक्ष पनि । हर महिलाहरु यहि सोच्छन् ।

शिर मेरो चुनरी तिम्रो नामको ।
सिउदो मेरो सिन्दुर तिम्रो नामको ।
देह मेरो हल्दी तिम्रो नामको ।
हत्केला मेरो मेहन्दी तिम्रो नामको ।
औलाहरु मेरो औँठी तिम्रो नामको ।
नाडी मेरो चुरा तिम्रो नामको ।
गला मेरो मङ्गलसुत्र तिम्रो नामको ।

तर, यो किन सोच्दिनौ तिमिले लगाउने सिन्दुर, चुनरी, हल्दी, मङ्गलसुत्र, चुरा, औठी त्यही पुरुषले लगाइदिन्छ जो तिम्रो लागि जिन्दगीभरी तिमी सगसगै तिम्रो आमा बुवाको जिम्मेवारी उठाउन तिमीलाई अटुट बाचा कसम दिइरहेको हुन्छ । जब तिमी कुनै पुरुषको नामको सिन्दुर लगाउ“छौ भने दुःखी नहोउ उसको नामको भनेर । उसले त झन् तिम्रो रङ्गिएको जिन्दगीलाई जिन्दगीभरी रङ्गयाउने एउटा अटुट बन्धन दिएको हो । गलामा मङ्गलसुत्र बाधिदिन्छन् र हामी भन्छौ उसको नामको । यो त तिम्रो जिन्दगिभरी तिम्रो रक्षाका लागि उसले दिएको अर्को बाधा हो । तिम्रो जिन्दगीको नया“ सुरुवातमा तिमी स“गस“गै उसको नाम जोडिन्छ जो तिम्रो जिन्दगीको महत्वपूर्ण पाटो बन्छ ।

 

कयौं ठाउँमा हामीले देखेकै कुरा हो आफ्नो जिम्मेवारी पूरा गर्न कतिपय दाजुभाई विदेशिनु परेको आफ्ना खुशी भन्दा अरुको खुशिको लागि जिन्दगी त्याग्नु परेको । कतिपय यस्ता घटना छन् जुन हामीले देखेको र भोगेको कुरा हो यहाँ पुरुष विदेश बसेर दुःख कमाउ“छन् केवल आफ्नो परिवारको खुशी र जिम्मेवारी पूरा गर्छन् । त्यही दुःख गरेर कमाएको रकम कुम्ल्याएर कयौ नारी बेपत्ता भएका छन् । जसको दोष पनि पुरुषलाई नै दिने गरिन्छ । सँधै महिला को हकहितका लागि आवाज उठे महिला हिंसा बिरुद्ध कयौ कार्यक्रम, कयौं गोष्ठी सेमिनार गरियो तर त्यही ठाउ“मा पुरुषका लागि न कुनै आवाज उठ्यो न त कुनै गोष्ठी सेमिनार भयो । हर कोही भन्छन् महिला हिंसा दिनानुदिन बढ्दै छ महिलाहरु पीडित छन् । महिला हिंसा देख्ने ती आँखाले किन कहिले पुरुष हिंसा को बारेमा सोचेनन् ?

 

आखिर कहि न कहि कतै पुरुष पनि हिंसामा छन् । यो महसुस किन कहिले कसैलाई भएन । सधै पुरुषको गल्ती देख्ने हाम्रा आ“खाले किन कहिले महिलाको हजारौ रुप देख्दैनौ ? कुनै आमा बुवाले आफ्नी छोरी दिदा आफ्नी छोरीको सुखसहेल केटास“ग माग्ने गर्दछन् । हो त्यसै गरि अर्की आमाले पनि आफ्नी बुहारीबाट छोराको लागि सुख र खुशीको आशा बोकेकी हुन्छिन् । आफ्नी छोरी पराइ घर पठाउ“दा निःशब्द हुने दाइजोको विरोध गर्ने बुवा आमाले आफ्नो छोरीले सुख पाओस् भनी ज्वाई लाई विदेश जान अनुरोध गर्दै लाखौ रकम लगानी गर्न राजी हुन्छन् किन ? आफ्नी छोरी आफूबाट टाढा ह“ुदा शोकमा रुने बुवा आमाले किन त्यो घरको छोरोलाई नि पराइ बनाउछन् होला ?

 

दाइजो दिन नमान्ने सासू ससुरा ज्वाइलाई विदेश पठाउन लाखौ रकम लगानी गर्न राजी हुन्छन् । मैले अझै देख्छु जुन कुरा आम पुरुषले पहिला देखि नै भोगेका देखेका कुरा पनि हुन केटा केटीको सहमतिमा बिहे हुन्छ । यदि त्यो पवित्र बन्धनबाट महिला छुट्टिन चाहिँ भने उल्टो उसलाई रकम दिएर बिदाइ गर्नु पर्छ तर त्यही ठाउ“मा पुरुषले छोड्न चाह्यो भने मुद्दा मामिला अनेकौ रकम को माग आउँछ किन ? आखिर बिहे भनेको दुवैको सहमतिले हुन्छ हैन र ? यदि छुट्टिनै पर्ने स्थिति आएता पनि किन पुरुषलाई मात्र त्यो रकम तिराइन्छ ? अझ भन्नु पर्दा कोही महिला आफ्नो खुशिले पतिको सम्पत्ति लगेर अर्को पुरुष स“ग भाग्दा पनि उसलाई कुनै पनि कानुन लाग्दैन किन ? न्याय र अन्यायको फैसला किन बराबर हु“दैन ? यसो भनेर मैले महिलाको बिरोधी हुन खोजेको चाही“ होइन । यसै नि म पनि एक आम महिला नै हो, मैले जति लेख देखे महिला हितहक मै सीमित छन् । कोही लेख्छन् कविता आमा धर्ती हुन जननी हुन भनेर आमालाई धर्ती मान्नेले बुवालाई आकाश किन सोचेनन् । बुढो रुख झै निशब्द थिए सधै सधै ।

 

म आफै सोच्छु मैले पनि पोहोर साल घुम्न गएको बेला साथीहरु सबै सग केही सामान किन्ने भनेर गयौ । सबैले यो लग्छु आमालाई त्यो लग्छु आमालाई अपशोच त्यहा म सगसगै कोही पनि थिएनौ जो बुवाको लागि केही लगिदिउ भन्ने । यहाँ सम्म कि केटाहरु पनि पोतेको लहरो झुन्ड्याएको पसलमै झुम्मिएका थिए । त्यति ठुलो भिडमा कोही कसैको आवाज सुनिन मैले बुवा भन्ने । न त मैले नै सम्झिए । सबैले भन्छन्, आमा महान, आमाको मूल्य अमूल्य छ । तिमी जन्मिदा तिम्री आमाको शरीरबाट कयौ लिटर खुन बग्यो होला तिमिलाई पिलाएको दश धारा दुधको मूल्य कसैगरी चुकाउन सकिँदैन । म मान्छु आमाले संसार देखाउछिन्, नौ महिना कोखमा राख्छिन् उनको पीडा उनको दुःख वर्णन गरि साध्य छैन ।

 

यही ठाउमा बुवालाई राखेर हेरौ त जिन्दगीभरि आफ्ना सन्तान आफ्नो परिवारको लागि दुःख गर्दा उनको शरीरबाट बगेको पसिना के आमाको शरीरबाट हामी जन्मिदा बगेकी खुन भन्दा कम छ होला र ? के उनले सन्तानका लागि गरेको त्यो दुःख त्याग कुनै आमाको भन्दा कम छैन जस्तो लाग्छ । एउटा बच्चा पैदा गर्दैमा आमा भइदैन जस्तो लाग्छ । यदि यसो हुदो हो त दिनानुदिन जन्मदै फालिएका कति अबोध बच्चा छन् । जसलाई तिनै आमाले जन्माएकी हुन् । हो ! म मान्छु जन्म दिने आमा महान हुन्छिन् । तर, जिम्मेवारी बोक्ने मेरो बुवा पनि मेरो लागि उतिकै महान छन् ।

प्रतिक्रिया

प्रतिक्रिया