महोत्सव सफल पार्नु सबैको दायित्व

महोत्सव बारे जानकारी दिनुस् न है !
महोत्सव २०६४ सालदेखि राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको सुरुवात भएको हो । यो राष्ट्रिय आयोजनाको आठौं संस्करण नेपालगन्जमा आयोजना गर्न गैरहेका छौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा र महासंघ केन्द्रको संरक्षकत्वमा महोत्सव आयोजना गर्न लागेका हौं ।
हामीले आयोजना गर्न लागेको महोत्सव अन्य महोत्सव भन्दा भिन्न खालको छ । महोत्सवमा हामीले अध्ययन, मनोरञ्जनका साथै विद्यार्थी तथा बौद्धिक क्षेत्रलाई पनि महत्वपूर्ण स्थान दिनेछौं ।
‘आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव– २०७४’ मा १ सय ५० भन्दा बढी स्टलहरु राखिएका छन् । जसमा १ सय २० वटा प्रकाशन गृहहरुका पुस्तकहरु रहनेछन् । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु रहनेछन् । हामीले दर्शकहरुलाई महोत्सवमा मनोरञ्जन दिनका लागि विभिन्न सा“स्कृतिक क्रियाकलापको समेत आयोजना गर्दैछौं । कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुतिलाई पनि महोत्सवको आकर्षक बनाइनेछ । हामीले महोत्सवमा दुई लाख भन्दा बढि दर्शकहरु भित्र्याउने लक्ष्य लिएका छांै ।
त्यसका लागि के कस्ता आकर्षण छन् ?
आकर्षणका धेरै विधाहरु महोत्सवमा राखिएका छन् । महोत्सवमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिंदैछ । जसमा नेपालगन्ज बाहिरका स्रष्टाहरुलाई पनि निम्त्याएका छौं । जसमा कविहरु बीच खुल्ला बहस पनि आयोजना गरिनेछ । साथै विद्यार्थीहरु बीच सामूहिक लोक नृत्य, एकल खुला गायन, कविता, वक्तृत्वकला विधामा प्रतियोगिता पनि आयोजना गर्दैछौं । सामूहिक नृत्य स्टेजमै हुनेछ छ भने अन्य प्रतियोगिता मिनि स्टेजमा आयोजना हुनेछ ।
कार्यक्रममा लेखक, पाठक र प्रकाशक बीच पनि रोचक अन्तरक्रिया आयोजना गर्दैछौं । त्यसबाट शिक्षा क्षेत्रमा आगामी दिनमा चाल्नु कदम बारे एउटा निष्कर्ष पनि निस्कनेछ भन्ने हाम्रो विश्वास छ ।
महोत्सवलाई भव्यता दिन आयोजना दिन विहान ९ बजे धम्बोझीचोकबाट झा“की सहितको शोभायात्रा निकालिने छ । महोत्सवले बजारका विभिन्न भाग परिक्रमा पश्चात आयोजना स्थल पुग्नेछ । महोत्सव उद्घाटनका लागि उपराष्ट्रपतिज्यूलाई निम्त्याइसकेका छौं । उहाँ आज (बुधवार) आइसक्नु भएको छ ।
महोत्सवले पाठ्य पुस्तक तथा स्टेशनरी व्यवसायीलाई हुने लाभ के हो ?
समग्रमा भन्दा यो मुनाफाको उद्देश्यले सञ्चालन गरिएको महोत्सव होइन । हामीले महोत्सवमा २ लाख भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य लिएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको पठन संस्कृतिको विकास गर्नु हो । पाठक, प्रकाशक र वितरक बीचको अन्तरक्रिया पनि हाम्रो उद्देश्य हो । महोत्सवमा हामीले विद्यार्थीहरुका सिर्जनाहरुलाई स्थान दिन फ्रि स्टलको पनि व्यवस्था गरेका छौं ।
स्टल, टिकट र प्रकाशकबाट पाएको सहयोग महोत्सवमै लगानी भएको छ । स्रोत व्यवस्थापनका लागि हामीले बा“केकै स्थानीय तहसग पनि आग्रह गरेका छौं । यो नितान्त शैक्षिक क्षेत्रसग सम्बन्धित गैरनाफामूलक महोत्सव हो । हामी आर्थिक रुपमा घाटामै छौं । र, पनि हाम्रो उद्देश्य मुनाफा कमाउने होइन । यो त पठन संस्कृतिको विकासका लागि हो । हामीले शैक्षिक महोत्सवमा आम्दानीका लागि विज्ञापनलाई प्राथमिकता दिएका छैनौं । महोत्सव प्रवेशका लागि पनि शुल्क न्यून राखेका छौं ।
महोत्सवमा किन जाने सर्वसाधारण ?
हामीले महोत्सवलाई सामाजिक उत्तरदायित्वका रुपमा लिएका छौं । नेपालगन्जमा राष्ट्रिय महोत्सव आयोजना हुनु गौरवको विषय हो । त्यसका लागि हामीले गत भदौ देखि नै तयारीमा जुटेका थियौं । महोत्सवमा अहिलेसम्म प्रकाशित भएका विभिन्न विधाका पुस्तकहरु राखिएका छन् । स्टलहरुमा विद्यार्थीका लागि उपयोगी हुने सम्पूर्ण सामाग्रीहरु उपलब्ध हुनेछ । त्यस्तै, मनोरञ्जनात्मक प्रतियोगिताहरु पनि महोत्सवमा हु“दैछ । जसले विद्यार्थी, अभिभावकलाई आकर्षित गर्दछ । शैक्षिक कन्सल्टेन्सी मार्फत अभिभावक तथा विद्यार्थीहरुले चाहेको कुरा थाहा पाउन सक्छन् ।
व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने, प्रत्येक विद्यालयमा पुस्ताकालय स्थापना गरी विद्यार्थीहरुलाई पुस्तक पठ्ने वातावरणमा उर्जा थप्ने र प्रदेश नम्बर ५,६ र ७ को शैक्षिक केन्द्र नेपालगन्जलाई शैक्षिक हबको रुपमा विस्तार गर्न पहल गर्ने लक्ष्य राखेका छौं ।
आठौं संस्करण पो हो यो, विगतको अनुभव के भन्छ ?
स्टेशनरी व्यवसायी महासंघमा देशभरका १० हजार व्यवसायी संगठनमा आबद्ध छन् । ‘घरघरमा शिक्षा हाम्रो अभियान शिक्षित समाज सबैको सम्मान’ भन्ने उद्देश्यका साथ २०६४ सालदेखि महोत्सवको आयोजना देशका विभिन्न ठाउ“मा आयोजना भैरहेका छन् । त्यसको आठौं संस्करण नेपालगन्जमा हुन लागेको हो । विगतको अनुभव महोत्सव भएका जिल्लामा पठन संस्कृतिको विकास भएर पुस्तक बिक्री बढेको पाएका छौं । आशा छ, यसले नेपालगन्ज, बाँके, बर्दिया र सुर्खेत सम्म पनि लाभ दिनेछ ।
पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायीका समस्या चाहिं के छन् ?
पुस्तक नीति नहुनु हाम्रो प्रमुख समस्या हो । बोर्डरका व्यवसायीहरुलाई खुला सीमाना समस्या हुने गरेको छ । अवैध रुपमा हुने कारोबारले स्टेशनरी व्यवसायीलाई पनि मर्कामा पारेको छ । त्यस समस्या समाधानका लागि व्यवसायीहरु बीच छलफल गरेका छौं । मैले व्यवसायिक समस्याहरु विभिन्न कार्यक्रमहरुमा उठाउने गरेको छु । नेपालगन्ज उद्योग वाणिज्य सग पनि यी समस्याका बारेमा छलफल भएको छ । क्रमशः न्यून हुँदै जानेमा आशावादी पनि भएका छौं ।
अन्तमा केही ?
यो आयोजना सिंगो बाके, बर्दियाबासीका लागि एउटा अवसर हो । जहा“ पुस्तक तथा स्टेशनरी मात्रै होइन समग्र शैक्षिक र बौद्धिक क्षेत्रको वृहत बहस हुदैछ । सास्कृतिक ढंगले मनोरञ्जन गर्नेहरुका लागि पनि उत्तिकै अवसर छ । राष्ट्रिय स्तरका कलाकार देखि स्थानीय स्तरका प्रतिभा सम्मले आफ्ना कलात्मक प्रस्तुतिहरु गर्नेछन् ।

समग्रमा यो एउटा ऐतिहासिक अवसर भएकाले यसबाट लाभ लिन म आम सर्वसाधारणलाई आव्हान गर्दछु । साथै सम्पूर्ण बौद्धिक वर्ग, पत्रकार, सरकारी, गैर सरकारी निकाय, राजनीतिक दल, उद्योगी, व्यवसायी सबैले यो आयोजनालाई साझा ठानिदिनुहुन आग्रह छ । किनभने सामाजिक चेतना बढ्यो भने त्यसको समग्र लाभ समाज हु“दै मुलुकले लिने हो ।
अतः हामी आयोजक मात्रै हौं यसको सफलता र असफलतास“ग सिंगो बा“के तथा बर्दिया जोडिएको छ । महोत्सव सफल पार्ने हामी सबैको दायित्व हो ।

प्रतिक्रिया

प्रतिक्रिया