बर्षै भरि कुनै यस्तो दिन छैन जुन दिन महिलाहरु कुनै न कुनै हिसावले हिंशामा नपरेको । आजको एक्काईसौ शताब्दीमा पनि परापूर्वकाल देखि चलि आएका रुढिवादी सोच र बिभेद लगायतका कारण महिलाहरु हिंशामा पर्ने क्रम रोकिएको छै्रन । यहि कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र महिला बिरुद्धका सबै खाले हिंसा अन्त्यका लागि महिला हिंसा बिरुद्धको अभियान संचालनमा ल्याइएको हो । लैगिक हिंसा बिरुद्धको सबै जुटौ कोही नछुटौ भन्ने मुल नाराका साथ गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियान संचालन गरिएको थियो
१६ दिने अन्तर्राष्ट्रिय अभियानको ऐतिहासिक पृष्ठभूमि ः
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाइदै आइएको छ । १६ दिने अभियानका रुपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रुपमै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ । यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको थियो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यति बेला महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसा सम्मका बहसले स्थान पाएको थियो । यद्यपी हालसम्म पनि यस बहसले निरन्तरता पाइरहेको छ ।
नोभेम्बर २५ लाई महिला माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडी यसको छुट्टै इतिहास छ । यसको सन्दर्भमा डोमिनिकल गणराज्यका एकै परिवारका ३ दिदी बहिनीहरुको हत्यासँग जोडीएको छ । मिरावल परिवारमा जन्मीएका ३ दिदि बहिनी राजनितिक कार्यकर्ता थिए । र तत्कालिन त्रुजिलो तानाशाहि सरकारले सन १९६० मा उनिहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिंसाको प्रतिरुप मानिन्छ । सन १९२४ मा पेटिूय १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो । यी तिनै जना दिदि बहिनीहरु आफनो मुलुकमा शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए । अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्धमा थिए ।
तत्कालिन सरकारले ति तिनै दिदी बहिनी र उनको परिवालाई राजद्रोहको आरोप लगाईएको थियो । उनिहरु पटक पटक जेल परेका थिए । यसै क्रममा सन १९३७ मा निरकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन बेलामा पेट्रीय,मिनर्भा र मरिया तिनै जनाले सम्बोधन गर्ने कार्यक्रम थियो । राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनिहरुलाई राजद्रोहिका रुपमा घोषणा गरयो । यसरी घोषणा गरेको ११ महिना पछि नोभेम्बर २५ का दिन उनिहरुको हत्या भएको थियो । उक्त हत्या पछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक बर्षमा नै तानाशाहि त्रुजिलो सरकारको अन्त्य भयो । ति तिन दिदी बहिनीहरुको हत्यालाई महिला माथि हुने हिंसाका रुपमा लिइयो र उनीहरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालीयो ।
नेपालमा महिला विरुद्धको हिंसा
नेपालमा महिला विरुद्धको हिंसा जुनसुकै वर्ग जातजाति सस्कृति र राजनितिबाट समेत अछुतो रहेको छैन । महिला विरुद्धको हिंसा मुख्यत लैङ्गिक भिन्नताका कारणले हुने गरेको छ । अधिकाशं महिलाहरु पुरुषबाट प्रताडित हुन्छन । नेपालमा विद्यमान सामाजिक,राजनितिक, आर्थिक तथा सांस्कृतिक संस्कारका कारण महिलाले विभिन्न खालका हिंसाहरु जस्तै हिंसा, आर्थिक हिंसा लगायत बलत्कार, यौन दुर व्यवहार तथा कुप्रथाहरु वादि,देउकी, छाउपडी, झुमा, बोक्सी आदिबाट पीडित हुन परेको अवस्था छ । यसरी महिला विरुद्ध हुने यस्ता हिंसाले देश व्यापी रुपमा जडा गाडेको
छ ।
नेपालमा १६ दिने अभियान
नेपालमा १६ दिने अभियान विशेष गरि १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो । सन २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ को इन्छाधिन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र सन २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गर्ने विषयमा अभियान केन्द्रीत थियो । हाल आएर महिला माथि हुने घरेलु हिंसा नियन्त्रण कसुर र सजाय ऐन २०६६ जारि भै सकेको छ । तर नियमावलीको अभावमा यसको कार्यान्वयनमा कठिनाई भईरहेको देखिन्छ । यसै गरि विगतमा महिला माथि हुने हिंसा विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वय, सहभागिता र सक्रियतामा विभिन्न कार्यंक्रमको आयोजना गरि यस अभियानलाई बाँके जिल्लामा पनि बिभिन्न रुपमा संचालन गरिदै आएको छ ।
सन १९९७ देखि अहिले सम्म आईपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्ध व्यापक आवाज उठेका छन । यो अभियानले महिला माथि हुने हिंसाका विरुद्ध खुलेर आवाजहरु बुलन्द हुन थालेका छन । घर भित्र हुने हिंसालाई घर भित्र सिमित राख्न ह“ुदैन भन्ने मान्यता विस्तारै स्थापित हुदै गएको छ । हाल सम्म मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ तथा घरेलु हिंसा ऐन २०६६ समेत जारी भइसकेका छन । नेपाल सरकारले सन २०१० लाई समेत महिला विरुद्धको हिंसा बर्ष रुपमा मनाएको थियो । साथै महिला हिंसाबाट पीडीतहरुलाई उद्दार तथा सहयोग गर्ने सरकारी निकाय र महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरु विच समन्वय र सहकार्यको संस्कृति अगाडी बढदै गएको छ । पीडितलाई न्याय दिलाउने सवालमा पनि सरोकारवालाहरु सकारात्मक बन्दै गएको अवस्था छ ।
यति ह“ुदाह“ुदै पनि महिला उपर हुने हिंशाका घटनाहरु नरोकिएको र महिलाहरु विभिन्न बहानामा हिंसामा पर्ने गरेकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई एउटा अवसरको रुपमा लिदै महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि घरपरिवार, समाज लगायत सबै सरोकारवाला निकायहरु बिच आपसी समन्वय र सहकार्यमा महिला हिंसा रोकथाम गर्न जरुरी छ । महिला हिंसाको अन्त्यको लागि पहिले आफैबाट सुरुवात गरि अरु सरोकारवाला निकायलाई पनि जिम्मेवार र दायित्व वहन गराउन सकेमा महिला हिंसाका घटनामा निश्चय नै कमि आउने छन् ।
यसैले ‘घर शान्ति नै विश्व शान्ति, महिला र पुरुष बराबर रुपमा सक्षम छन र समान इज्जतका भागिदार छन, महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था तथा परिस्थीतिमा स्वीकार्य हुनेछैन, हिंसामुक्त घरपरिवार तथा समाज निर्माण गर्न चुनौती छ तर यो सम्भव तथा अत्यावश्यक छ, महिला विरुद्ध हुने हिंसाको रोकथाम गर्नु प्रत्येक व्यक्तीको जिम्मेवारी हो’ भन्ने जस्ता नारालाई साकार पार्न जरुरी छ । यस्तै लैगिक मैत्री न्याय प्रणालीको विकास गरि भएका ऐन कानूनको प्रभावकारी कार्यान्वय र पीडितको न्यायमा पहु“च पु¥याउन प्रत्येक नागरिकले सहयोगी भूमिका खेल्न पनि उत्तिकै जरुरी छ ।
(लेखक गौतम अधिवक्ता हुन् ।)