साइक्लिंग अनुभव : २१० किलोमिटरमा जे भए

-गगन सिंह थापा
‘जाने होइन त श्रावस्ती ?’, साँझ तिन बजे तिर मैले लवराजजी लाइ फोन गर्दा उहाँले भन्नु भयो, सजिशजी लाई सोध्नु न पहिला, जानु हुन्छ कि नाइँ, दुइ जना मात्र त त्यति टाढा कसरी जानु हो !,’ अनि मैले फोन अन्तै लागाए । ‘हेल्लो सतिश जी तपाई जाने कि नाइँ ?’ अलि अलम सहित सतिशजीले भन्नुभयो, ‘जान त जाने तर मेरो साधनले अलि धोका देला जस्तो छ । उनले थपे,’झबि जीलाई शोध्नु त उहाँ को साधन खालि होला, तेसो भए एक छिन रोख्नुस है त, हेल्लो झबि जी तपाई जाने कि नाइँ हामीले प्लान बनएको ठाउ घुम्न, गुरु म त भ्याउदैन त, के गर्ने होला ? तेसो भए तपाइको साधन सतिश जी लाइ दिनु पर्यो, वहा को खराब रहेछ, हुन्छ नि त झबी ले भन्नु भयो । मैले पुनः लवराज जी र सतिश जीलाई जाने कुरा पक्का भएको जानकारी गराए ।


कार्तिक १ गते कुकुर तिहारको दिन बिहानि झिसमिसैमै हामि गणेशमान चोक भेटियौ र गन्तव्य तर्फ लाग्यौं । जमुना चेक पोस्टमा पुगेपछि एक जना प्रहरीले ‘हेल्लो हेल्लो इन्टूी प्लिज’ भने, सतिसजी कड्कीय, ‘कहिले देखि नेपालीलाई जान इन्टूी गर्ने व्यवस्था लागु भयो ह ?’ प्रहरीले सायद हाम्रो साइकल, ड्रेस, हेल्मेट अनि चस्मा देखेर हुनुपर्छ झुक्किएको । भारतीय प्रहरीले भने हामीसँग भएको परिचयपत्र देखाएपछि जान अनुमति दिए ।


हाम्रो यात्राको अपेक्षित समय साढे पाँच घण्टाको थियो । सतिसजीलाई बिचमा राखेर लवराजजी अगाडि र म पछि पछि साइकल चलाइरहेका थियौं । मेरो मोबाइलमा रहेको च्ग्ल्त्ब्क्त्क्ष्ऋ च्यबम द्यष्पभ नामक एपले हामीले तय गरेको गति, लागेको समय, गति, किलोमिटर र त्यस बापत खपत भएको क्यालोरीको जानकारी दिइरहेको थियो । हामी १८ देखि २० किलोमिटर प्रतिघण्टाको अगाडी बढिरहेका थियौ । अनुमानित समय अनुसारै बिहानको करिब ७ बजे हामि नेपालगन्जदेखि २१ किलोमिटर टाढा भारतको नानपारा पुग्यौ । नानपारा देखि १२ किलोमिटर टाढा इकटा भन्ने ठाउँमा पुग्दा नपुग्दै लवराजजीको साइकल पन्चर भयो । भैपरि आउँदा मर्मतको लागि चाहिने सबै सामना हामिसंग थियो तर दुर्भाग्यवश हावा भर्ने पम्प चाहि हाल्न बिर्सिएछौं ।

 

बजारमा चिया नास्ता बाहे कुनै पसल खुलेका थिएनन् । बल्ल बल्ल फेला पारेको पसलमा पनि हाम्रो जस्तो साइकल बनाउने साधन रहेनछ । जुगाडी तालले टालेको पन्चर २०० मिटर नपुग्ने पुनः पन्चर भयो । अनेक जुक्ति पनि पुनः पन्चर टाल्दा बिहानको १० बजिसकेको थियो । गर्मि पनि बढ्दै थियो, भने साइकल पुनः बिग्रने हो कि भन्ने चिन्ता पनि थियो । त्यहाँबाट करिब ३२ किलोमिटर टाढा बहराइच पुग्न हामीलाई लगभग पौने २ घण्टा लाग्यो ।


बहराइचमा सामान्य खाजा खाएपछि केही बेरको आरमपछि साढे १२ बजे तिर पुनः यात्राको थालनी गरियो । ६० किलोमिटर साइकल चलाई सकेको र मध्य दिनको गर्मीका कारण प्रत्तेक दश किलोमिटरमा रोकिँदै पानी पिउँदै, आराम गर्दै अगाडी बढ्दै थियौं । बहराइचबाट करिब ३० किलोमिटर अगाडि सिताद्वार मन्दिर नजिक पुग्दा म साहै थाके । केहीबेर बाटो छेउ आराम गरेपछि म र लवराज जी अघि अघि सतिश जी लगभग २०० मिटर जति पछाडी साइकल चलाउँदै हुनुहुन्थ्यो ।


आराम गरेको ठाउँदेखि आठ किलोमिटर जति पर पुगे पछि मोहनिपुर भन्ने बजारमा रोकिएर पानी पिएर एक बोतल सतिसजीको लागि राखेर पर्खी रहेका थियौं । दुई सय मिटरमात्र पछाडी रहनु भएको सतिश जी १५ मिनेट सम्म पर्खदा पनि आउनु भएन । हामिसँग भएको एक मात्र इन्डियन सिम पनि सतिशजीसँग थियो । थकानका कारण कसैलाई फोन मागेर फोन गर्ने सम्मको ध्यान पनि भएन । म साह्रै थाकेको थिए । मैले लवराजजी सतिशजीलाई खोज्न पठाए तर आधा घण्टा बित्दा पनि न सतिशजी आए न लवराजजी । मनमा नकारात्मक कुराहरु खेल्न थाले । त्यसपछि म पनि पछाडी फर्किए तर जुन ठाउँदेखि मैले सतिशजी लाइ पछाडी छोडेको थिए त्यहाँ सम्म पनि दुवै जनालाई न देख्दा मेरो मन आत्तियो ।


त्यहाँका जनताको सहयोग माग्नु पर्यो भनेर के रोकिएको थिए वर पर मानिसको भिड जम्मा भयो । म आफ्नो समस्या भन्न खोज्छु उनिहरु भने मेरो साइकललाई कति पर्यो भनेर पो सोध्छन् । म झर्किएपछि मेरो एउटा साथी हराएको छ मोटरसाइकलमा अगाडी गएको साथीलाई भेटाउन मद्दत गर्नुस भन्दा कसैले पनि सुन्दैन । ्

 

म मोटर साइकलमा लिफ्ट माग्ने तयारि गर्दै थिए दुईजना प्रहरीलाई देखे । उनि हरुलाई कुनै घटना घटेको सूचना छ कि भन्दा कुनै घटना न घटेको जानकरी पाए पछि मन शान्त भयो । त्यहिबेला लवराजजी पनि फिर्ता आउनु भयो । प्रहरीले पनि फोन नबुझेको जवाफ दियो । त्यतिकैमा एक जना पढे लेखेको जस्तो युवाले फोन निकाल्यो, फोन गर्यो, उता बाट सतिशजी उल्टै हामिसँग पो झर्किए । कता हराको म थाई टेम्पलको गेटमै छु, तेती सुन्दा हामी दुबैलाईलाई ठुलो राहत भयो । अर्थात् सतिशजी हामी भन्दा पहिलेनै पुगी सक्नु भएको रहेछ । जुन ठाउमा म र लवराजजी पानि पिउन रोकिएका थियौं त्यहीनेर सतिशजी क्रस हुनु भएको रहेछ । साँझ करिब पाँच बजे बल्ल बल्ल श्रावस्ती पुग्यौं ।

 

 

भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरि सके पछि, एक हप्ता सम्म शान्तिको प्रवचन दिएको ठाउँ रहेछ । विभिन्न देश बाट भगवान बुद्धका अनुयायीहरु दर्शनका लागि आउँदा रहेछन् । विभिन्न देशका मन्दिर पनि रहेछ, दक्षिण एसियामै ठुलो घण्ट, कोरियन टेम्पल, थाई टेम्पल, अन्गोलिमार गुफा लगायतका रमणीय ठाउँ रहेछ, अत्यधिक थकान र समयको चापका कारण सबै मन्दिर घुम्न पाइएन, दिन भरिको थकानका जति सक्दो आराम गर्न पाए हुन्थ्यौ भन्ने थियो, राम्रो निन्द्रा लागोस भनेर धर्मशालामा नबसेर सरकार द्वारा संचालित होटेल राही टुरिस्ट बंगलो बस्यौं । अर्को दिन हामी थाई टेम्पल ८ बजे तिर खुल्छ भन्ने जानकारी अनुसार घुम्ने योजनाका साथ अन्गोलिमार गुफा हेरेर थाई मन्दिर पुग्दा त मन्दिर दिउँसो २ बजे खुलेर ४ बजे हुने थाहा पाउँदा खिन्न भयो । नेपाल फर्कने निधोका साथ अर्को का रुपमा भिन्गा, भोजपुर बिल्ली हुँदै नेपालको कटकुइँयाबाट नेपालगन्ज पुग्ने रुट प्रयोग गर्ने गरी अगाडी बढ्यौं ।

 

 

दिउँसो १२ बजे तिर नेपाल भारत सिमा कटकुइँया पुग्दा, अनुभूति बेग्लै रह्यो, खान खानु पर्ने निधोका साथ, कालाफाँटामा रहेका मित्र हरिबंश मौर्यालाई फोन लगाए । उनको फोन नउठे पछि, मटेहियामा रहेका साथि मकबुल मुकेरीलाई फोन गरे, उनी नेपालगन्ज बाट फर्कदै रहेछन । तयार गर्दिन्छु भन्ने आश्वासन आयो । एक पटक बिनय दिक्षितलाई फोन लगाए उनीपनि नेपालगन्जबाट नै फर्कदै रहेछन । पछि थाहा भो दुइ जना संगै फर्कदै रहेछन, बिनय जिको घरमा मासु नपाक्ने भएकोले, मकुबुल जिको घरमा खान खुवाने व्यवस्था मिलाएछन् साथीहरुले ।

 
मटेहियामा मकबुलजीको घरमा पुग्दा बिनयजी र मकबुलजी पनि पुगीसक्नु भएको रहेछ । तर खाना भने तयार भइसकेको रहेनछ । केहीबेल साइक्लिंग यात्रा, चुनाव, राजनीति अनि बघौडा क्षेत्रको बारेमा भलाकुसारी गर्दा गर्दै खाना पनि तयार भयो । खाना खाएर हामी नेपालगन्जको यात्रामा करिब पाँच बजेतिर मटेहियाबाट हिड्यौं ।

 
मेरो त यो वर्ष तिहार थिएन, तर सतिश जी र लवराजजीलाई लक्ष्मी पुजाको दिन भएकाले घरबाट फोन आइरहेको थियो । जब हामि मटेहिया काटेर गंगापुर आइपुग्यौं ग्राभेल बाटो सुरु भयो । जसले साइकलको गतिलाई कम गर्यो । ग्राभेल बाटो पार गरेर फत्तेपुर सुरु हुने बित्तिकै मुख्य बाटोसंगै जोडिएको नहरको किनारै किनार कच्ची बाटो थियो । त्यो बाटो समात्ने निधो हामीले गरेयौ, नहरको बाटो समात्न बित्तिकै मेरो रोड़े बाइक एपले २०० किलोमिटर पार गरेको जनाउ दियो, हामी सारै खुसि भयौ ।

 

 

अँध्यारो पनि सुरु भयो एपमा रुट हेर्दै अघि बढेको कच्चि बाटो पार गरेपछि मुख्य बाटोमा मिस्सिनु पर्ने मेरो टूयाकरले देखाएको गलत नक्साका कारण अरु दुईकिलोमिटर बढि साइकल चलाउनु पर्यो । यो बेलासम्म थकाईले चरमसिमा नाघिसकेको थियो ।

 
म र लवराज जी भन्दा पनि सतिशी जी एकदमै थाक्ुन भएको थियो अनि घरबाट पुजा सुरु गर्न ढिला भएको जानकारील उहाँ झन अत्याएको थियो । त्यसैले कम्दिको मिलन चोक बाट गाडीमा जाने निधो सहित लवराजजीले बागवन साइकलका मालिक ए एम बागवान लाइ सहयोगको माग्नुभयो । जस अनुसार बागवानजी नेपालगन्जबाट आफ्नो पिकअप भ्यान लिएर मिलन चोक पुग्नु भयो । गाडी लिएर आउन बित्तिकै हामीमा उर्जा आयो र साइकल गाडीमा राखेर नेपालगन्ज फर्कियौं । हाम्रो श्रावस्ती साइकल यात्रा समयको हिसाबले ३६घण्टा, साइकलमै १२ घण्टा ४३ मिनेट । अनि पार गरेको दुरी २१० किलोमिटर ।

प्रतिक्रिया

प्रतिक्रिया