नविन किशोर गैह्रे

नविन किशोर गैह्रे
सन १९९७ मा ‘सिक्स डिग्रि डट कम’ बाट शुरु भएको सामाजिक सञ्जालको विकासले दुई दशकको आप्mनो यात्रामा ठूलो फड्को मारेको छ । नेपाल जस्तो थोरै जनसंख्या भएको र कम विकसित देशमै सामाजिक सञ्जालका प्रयोगकर्ताहरु एक करोडको हाराहारीमा छन । यो क्रम बढ्दो छ । यहाँ ‘फेसबुक’, ‘ट्वीटर’, ‘यूट्यूब’ र ‘इन्स्टाग्राम’ जस्ता सञ्जालहरु बढी लोकप्रिय छन ।

 
यदी सही प्रयोग गर्ने हो भने सामाजिक सञ्जालका बहुआयामिक फाइदाहरु छन । सामाजिक सञ्जालहरु सूचनाका भण्डार हुन । शिक्षा, मनोरञ्जन र संचार जस्ता क्षेत्रमा त यिन्को सदुपयोगले पुर्याउने फाइदा वयान गर्नै नसकिने छ । सामाजिक सञ्जालहरु समाजका ऐना पनि हुन । तर नेपालमा सामाजिक सञ्जालहरुको प्रयोग जुन तरिकाले भइरहेको छ त्यसले यी सञ्जालहरुलाई ‘असामाजिक’ बनाउने खतरा देखिन्छ ।

 
सामाजिक सञ्जालको प्रयोगले धेरै व्यक्तिहरु एक्लिंदै गएका छन । उनीहरु समाजबाट टाढिँदै छन । अथवा सामाजिक सञ्जालको प्रयोगले व्यक्ति असमाजिक बन्दै गइरहेको छ । सामाजिक सञ्जालका माध्यमबाट थोरै सम्बन्धहरु जोडिएका र धेरै तोडिएका समाचारहरु आइरहेका छन । यति मात्र होइन समाजमा घट्ने अपराधहरुमा कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालहरु जोडिएका उदाहरणहरु पनि प्रसस्तै पढ्न र सुन्न पाइन्छन । सामाजिक सञ्जाल प्रयोगको नीकै डरलाग्दो यो पक्षलाई ढिलो नहुँदै ध्यान दिनु जरुरी छ ।

 
गत जेठ १४ गते सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरका नेपाली प्रयोगकर्ताहरुको भित्तामा राष्ट्रकवि माधव घिमिरेको मृत्यु भएको गलत सूचना भाइरल बन्यो । सामान्य मात्र नभएर धेरै विद्वान, वुद्घिजीवि भनिने व्यक्तिहरु एवं तत्कालिन गृहमन्त्रीले समेत त्यो समाचार शेयर गरे । मृत्यु जोसुकैको होस, अति सम्वेनशील घटना हो । यहाँ त राष्ट्रकवि जस्तो सम्मानित व्यक्तिको थियो । तैपनि सूचनाको पुष्टि नगरी शेयर गर्ने लहरनै चल्यो ।

 
२०७२ बैशाखको भूकम्प पछि होस वा भर्खरै तराईमा आएको बाढी पछि, सामाजिक सञ्जालमा विदेशका यस्तै प्रकारका प्रकोपका विभत्स तश्वीरहरु राखेर नेपालको भनी प्रचार गर्ने र मानवीय संवेदनामा खेल्ने पात्रहरु पनि धेरै थिए । सूचनाहरु गलत हुन कि सही विचारै नगरी सेयर गर्न समाजका पढेलेखेका वर्गका व्यक्तिहरु पनि अगाडी हुनु नीकै उदेक लाग्दो कुरा हो ।

 
सामाजिक सञ्जालका धेरै नेपाली प्रयोगकर्ताहरुले गर्ने पोष्टमा सूचना साक्षरताको अभाव देखिन्छ । उनीहरु सञ्जालमा आपूmले गर्ने पोष्टको सत्यतामा कुनै सरोकार राख्दैनन । न त आफुले गर्ने पोष्टले समाजमा पुर्याउने असरहरुको बारेमा ख्याल गर्दछन । कसैको मृत्य भयो भने शवको छेउमा उभिएर तश्वीर खिच्ने र सामाजिक सञ्जालमा राख्न हतार गर्नु मानवीय संवेदनाहिनताको पराकाष्ठा नै हो । कुनै दुर्घटनाका हेर्नै नसकिने विभत्स दृष्यहरु समेत खिचेर राख्नेहरुको उद्देष्य के हो ? केही पत्तो हुँदैन । ‘देखेर नदेखे जस्तो नगर्नुस अन्यथा यस्तो नराम्रो हुनेछ’ वा ‘यति जनालाई यो शेयर गर्नुस मनोकांक्षा पुरा हुनेछ’ भनेर देवी, देवताको तश्वीर साझा गर्नु पनि व्यक्तिको आस्था माथीको खेलवाड बाहेक अरु केही होइन ।

 
नेपाल आप्mनो उत्पत्ती देखि धेरै जाति र भाषीहरुबीचमा सहिष्णु राष्ट्र हो । बहुसंख्यक हिन्दु धर्मावलम्वीहरु भएपनि सबै धर्मका व्यक्तिहरुको बीचमा नेपालमा रहेको धार्मिक सहिष्णुता विश्वमै उदाहरणीय छ । अन्य देशहरुमा जातिय र धार्मिक द्वन्दका समाचारहरु आइरहँदा नेपालमा भने त्यो सहिष्णुता अहिलेसम्म कायम छ । तर एक थरी व्यक्तिहरु र समूहले यो एकतालाई निरन्तर प्रहार गरिरहेका छन । त्यस्तो प्रयास सामाजिक सञ्जालहरुको माध्यमबाट पनि भइरहेका छन । अहिले नेपालमा चर्चित बनेको टेलिभिजन शो ‘नेपाल आइडल’का प्रतियोगीहरुका बीचमा केही दर्शकहरु गायकी नभएर जातकै विषयलाई लिएर पक्ष र विपक्षमा बाँडिएका छन ।

 
सामाजिक सञ्जालमा त्यही अनुरुपका पोष्ट र टिप्पणीहरु गरिरहेका छन । सामाजमा विद्वेष फैलाउन सामाजिक सञ्जाल कसरी प्रयोग हुनसक्छ भन्ने कुराको यो उदाहरणमात्र हो । कसै संग रिस उठ्यो वा केही नराम्रो लाग्यो भने सामाजिक सञ्जालमा एक हरफ नराम्रो लेखिदियो भने सक्कियो । समाजको ठूलो समूह त्यस्को सत्यता खोजविन गर्ने तर्फ सोच्दैनन । त्यही एक हरफको आधारमा धारणा बनाइदिन्छन । नेपाली सिनेमाकि नायिका नम्रता श्रेष्ठ, समाजसेवी दिलशोभा श्रेष्ठ वा ईन्जिनीयर मोहन रेग्मी एक समय यस्तै घटनाबाट पीडित व्यक्तिहरु हुन ।

 

 

सामाजिक सञ्जालहरुको यस्तो नकारात्मक प्रयोग नियतवस वा प्रयोग गर्न नजानेर हुने गर्दछ । कुनै निश्चित ‘मिशन’का लागि संचालित व्यक्ति वा समूहहरुको कामनै सामाजिक सञ्जाललाई आप्mनो उद्देष्यलाई सहयोग पुग्नेगरी प्रयोग गर्नु हो । यिनीहरुलाई समाजलाई जस्तो सुकै असर परोस आप्mनो उद्देष्य बाहेक अरु केही मतलब हुँदैन । उदाहरणका रुपमा नेपाललाई विखण्डन गर्ने उद्देष्य बोकेका व्यक्ति र समूहहरुका पोष्टहरुलाई लिन सकिन्छ । कुनै उद्देष्यले प्रेरित नभएका तर परपीडक प्रवृत्तीका व्यक्तिहरुले पनि सामाजिक सञ्जालको नकारात्मक प्रयोग गरिरहेका हुन्छन । कोही अरुको देखासिखिमै त कोही यसो गरें भने म चर्चित हुनेछु भन्ने लोभले पनि नजानेरै सामाजिक सञ्जालको गलत प्रयोग गरिरहेका हुन्छन ।

 
नेपाल लोकतान्त्रिक मुलुक हो । अभिव्यक्तिको स्वतन्त्रताले लोकतन्त्रलाई जीवन दिइरहेको हुन्छ । सामाजिक सञ्जालहरु अभिव्यक्तिको सजिलो माध्यम बनेका छन । यस्को मतलव सामाजिक सञ्जालमा जे पनि लेख्न वा पोष्ट गर्न पाउन पर्छ भन्ने मान्न सकिंदैन । यस्मा व्यक्त गरिने विचारहरुलाई लगाम लगाउनै पर्दछ ।

 
विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।
तर के यो कानूनी व्यवस्थाले ‘असामाजिक’ बाटोमा हिंड्न लागेका ‘सामाजिक सञ्जाल’ लाई ‘सामाजिक’ बाटोमा डोर्यााउला ?

प्रतिक्रिया

प्रतिक्रिया