विष्णुलाल कुमाल
हामी र हाम्रो देश विविध र विचित्र सांस्कृतिक धरोधरले परिपूर्ण छ । करिब एक सय भन्दा बढी संस्कृतिहरु हाम्रो देशमा मौलाइरहेका छन् । यिनै संस्कृतिहरुको समन्वय स्वरुपको वृहत पर्व हो विजयादशमी । विजयादशमीलाई हामी बडा दशै र दशहरा पनि भन्ने गर्दछौ ।
पौराणिक, धार्मिक, सामाजिक ऐतिहासिक र राजनैतिक महत्व बोकेको यस पर्वले आफ्नो विशेषता कै कारण हजारौँ वर्ष देखि सनातन धर्मालम्बी हिन्दु लगायत अन्य मानव समुदायमा आस्था र विश्वासको जग बसाएको छ ।
हाम्रो देशका शासक प्रशासकहरुले यसको महत्व लाई स्विकार गरी प्रत्येक वर्ष विजयादशमी पर्वलाई धुमधाम सँग आफ्नो परिवार, ईष्टमित्र, सङ्गी साथी मान्यजन तथा आफन्तहरुलाई बिच घुलमिल गरि मनाउन लामो विदा यस पर्वमा दिने गरिएको छ । विदा मात्रै होइन प्रत्येक वर्ष सरकारी कर्मचारीले दशै खर्च भनेर एक महिनाको तलब भत्ता थप पाउने गर्दछन् । बिजया दशमीलाई हामी असत्य माथि सत्यको बिजयी असुरी शक्ति माथि दैवी शक्तिको विजयको रुपमा मनाउने गर्दछौ । प्रत्येक वर्ष आाश्विन शुक्ल प्रतिपदा देखि सुरु भई पुर्णिमासम्म विविध पुजापाठ गरिन्छ । विजया दशमीलाई विविध सांस्कृतिक मान्यता अनुसार विविध रुपले र कतै कतै मिश्रित संस्कृति रुपमा सम्पन्न गरिन्छ । हाम्रो अवधि सांस्कृतिक समाजमा यो मिश्रित संस्कृतिको रुपमा हषोल्लासका साथ सम्पन्न हुने गर्दछ ।
विजया दशमीको प्रथम दिन देवि नवरात्रिको शुभाराम्भ हुन्छ । प्रथम दिन प्रतिपदामा कलश स्थापना गरी विधिविधान अनुसार जमरा राखी देवि भगवतीको पूजा आराधाना शुरु हुन्छ । माटो आदिबाट निर्मित देविको प्रतिमाको स्थापना हुन्छ । पूजा आराधाना, जागरण आदि सम्पन्न गर्दै बिजया दशमी पछि विर्सजन गरिन्छ । दशमीको दिन राती तारा उदाउनु भन्दा पूर्व विजय नामक कालसमय हुन्छ यो काल सर्व सिद्धिदायक काल हुन्छ । यसै दिन देवि भगवतीले विजया प्राप्त गर्नु भएको थियो भने भगवान श्री राम चन्द्रले यसै दिन लङ्कामाथि बिजयी प्राप्त गर्नु भएको थियो । यसै दिनलाई विजया दशमी पर्वको रुपमा मनाउँदै छौ ।
विजया दशमीलाई शक्तिका पुजारी र आस्था राख्नेले शक्ति प्राप्तिका रुपमा मनाउँछन् । बलिपूजा आदि गरी सम्पन्न गर्दछन । यस पर्र्वसँग बलिपूजाको गहिरो सम्बन्ध छ । राजा, महाराजा र सामन्तीहरुले शक्तिपूजा गरी आपूmहरुलाई शक्तिवान भएको प्रदर्शन पनि गर्दथे । बिजया दशमीको अर्को पाटोले हामीलाई आध्यत्मिकता तिर लैजान्छ भने यसको अर्को स्वरुप त्याग र आदर्श समाजको स्थापना तिर लैजान्छ । आध्यात्मिक समाज निर्माण तर्फ पुरै नव रात्री भरि पूजा, पाठ, आराधना, व्रत, जागरण, जप र दान दक्षिणा वितरणतर्फ रहन्छ । हामी अयोध्याका राजा मर्यादा पुरुषोत्तम भगवान श्री रामको जीवन आदर्शलाई विजया दशमी भरी लोकनाट्यको आधारमा प्राप्त धार्मिक पुस्तकहरुको बचनको आधारमा सम्पन्न गर्ने गर्दछौँ ।
सन्त शिरोमणि भक्त कवि तुल्सीदासुजी महाराजद्वारा रचित ‘श्रीरामचरित मानस’ आदि देव भगवान शंकरको मानवरुपी मुखारविन्दुबाट निसृत अमर गाथा भएकोले यस ग्रन्थलाई मान गंगा भनिनु असंगत नहोला । बिजया दशमीको बेला यस अमर गाथामा बर्णित अमर गाथालाई नाट्य शैलिको माध्यमबाट जन मानसको कल्याणको लागि श्री रामलिला मञ्चन गरिन्छ । यसमा गोश्वामी तुसल्दास जीको यस चौपाई अनुसार
‘जब जब कोहि धर्म हो हि–धर्म कर्म हानी
जवजहि असुर–अधम अभिमान
तब–तब धारी प्रभु मनुज शरीरा
हराहि विपति अरु सज्जन पीरा’
जसको अर्थ हुन्छ, जव जव पास पृथ्वीमा धमृको हानी–नोक्सानी हुन्छ ।
असुर, अधमहरुको वृद्धि हुन्छ तव इश्वरको मनज रुपी आइतवार धर्म स्थापना हुन्छ जस्ले सज्जनहरुको दुःख र पिडाको अन्त्य गरि नव आदर्श समाजको स्थापना गर्दछ ।
मर्यादा पुरुषोत्तम भगवान श्री रामले लङ्का विजय पश्चात आफ्नो मातृभूमि अयोध्या फर्कनु भयो । रामराज्यको स्थापना गर्नु भयो । एउटा यस्तो समाज जहाँ हत्या हिङ्साको कुनै स्थान थिएन । अहिंस्रक समाज अंबव .अवध । अवध समाज अवध संस्कृतिमा राम जन मानसको प्राण स्वरुप छन् । राम सबैमा रमाएका छन् । मर्यादा पुरुषोत्तम भगवान श्री रामले आदर्श समाजको स्थापनामा आफ्नो लिलामय जीवन पर्यत्न कृपाशील रहे । आज्ञाकारी बालकको समान वनमा गै राक्षसी प्रबृतिको अन्त गरी राम राज्य स्थापना गर्नु भगवान रामको सार्थक अवसर मानिन्छ ।
दशै देशमा शक्ति स्थापना गरेको कारण दश शिसधारी दशै इन्द्रियमा बिजय प्राप्त रावणको अन्तकालागि दशंहारा.दशहारा भन्ने पनि गरिन्छ । दशहारा पर्व जन जागरणको पर्व हो आर्दश समाजको स्थापना पर्व हो । श्री रामचारीत मानसको रामलीलाले हामीलाई आफ्नो जीवन सार्थक र आर्दशवान बनाउने पाठ दिन्छ । पर्वलाई भात भतेर र खानपिन मै सिमित नराखी यसको उद्देश्य महत्व र यसबाट पर्ने प्रभावहरुप्रति पनि जागरण रहन आवश्यक हुन्छ भन्ने यस पर्वले सदेश दिन्छ ।
साँच्चिकै अर्थमा दशहरा ९विजया दशमी० त्याग र आर्दशको जन जागरण पर्वको रुपमा लिन सकिन्छ । प्रत्येक वर्ष यस वर्षले जहाँ असत्य माथि सत्यको आदर्श सिकाउँछ त्यहि भाइ राजा राम बनवास भए पछि उत्तराधिकारीको रुपमा खडाऊ ९चरण पाहुका० राखी राज्यको शासन संचालन गर्ने प्रतिनिधिमुलक समाजको स्थापना गर्न शिक्षा पनि दिन्छ । हनुमानको स्वामी भक्ति लक्षमणको मातृप्रेम र जानकी माताको पत्नी आर्दशको पाठ यस विजया दशमीले हामीलाई प्रत्येक वर्ष सिकाउँछ । दशैलाईै दशाको रुपमा यसले कदापि प्रस्तुत गर्न सिकाउँदैन ।
विजया दशमीको वर्णित देव देवी व्यक्तित्व भगवान श्री राम अवध ९पश्चिम नेपालको तराई मधेशका ऐतिहासिक मानव शरिरधारी व्यक्तित्व हुन् भने माता जानकी [सिता] पूर्वी नेपाल जनकपुरधामकी हुन् । यो गौरवले हामीलाई महान बनाउँदछ । हिमालय पुत्री पार्वती भगवान शिवजीकी अर्घाङ्गनी, जसलाई आदि शक्ति दुर्गाको रुपमा पूजा गरी विजया दशमी मनाइन्छ । हाम्रो देशको यी गौरब हुन् । यि सबै देव व्यक्ति विश्वका देव हुन यी सबै आराध्य शक्ति हुन् ।
अन्तमा विजया दशमीले हामीलाई प्रत्येक वर्ष शक्तिको संचार प्रदान गरोस् । आर्दश बन्न प्रेरणा प्रदान गरोस् र सबैको कल्याण गर्ने शक्ति प्रदान गरोस् । बिजयादशमी २०७४ ९दशहरा० को हार्दिक मंगलमय शुभकामना । ९उनको यो लेख दैनिक नेपालगन्जको दशैं विशेषबाट लिइएको हो०