विजया धिताल
आज दोस्रो संविधान दिवस आज कै दिनबाट हरेक नेपालीहरुले आ–आफ्नो अधिकार प्राप्त गरेको दिन, देश संघियतामा प्रवेश गरेको दिन, समानुपातिक, समावेशी प्रतिनिधित्वको औपचारिक व्यवस्था भएको दिन ।
आजको यो महत्वपूर्ण दिनलाई मैले बिसर्न सकिन । लामो समय देखी नेपाली महिलाहरुलाई ‘पोथी बासे अनर्थ हुन्छ’ भन्ने एकदम गलत चिन्तनबाट ग्रसित यो नेपालीका माझमा केही हदसम्म नेपाली महिलाहरुले अधिकार प्राप्त गरेको यो दिनमा म सबैलाई संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु । हाम्रो नेपाली समाजको इतिहास फर्केर हेर्दा वा इतिहासको समिक्षा गर्दा महिलाहरु दासका रुपमा रहेको अवस्था वा उनीहरुलाई दोस्रो दर्जाको नागरीकको रुपमा हेरेको अवस्था देखि लिएर आज देशको संरक्षकको रुपमा महिला पाउँदा नेपाली महिलाहरुको शिर उचो त छ नै त्यसको श्रेय पनि नेपाली महिला आन्दोलनलाई नै जान्छ ।
नेपाली महिलाहरुको विभीन्न समयमा भएको संसदीय निर्वाचनमा प्रतिनिधित्व भएको अवस्थालाई फर्केर हेर्दा ः– महिला संघ÷ संगठनहरुको दबाव, नेपाली समाजको माग र राजनितिक दलको इच्छा शक्तिले गर्दा नै महिलाहरुको निर्वाचनमा प्रतिनिधीत्व बढ्दै गएको हामीले पाउछौं ।
अहिले महिलाहरु स्थानीय तह देखी देशको संरक्षक सम्मको जिम्मेवारी सम्हाली रहेको अवस्था हो । अहिले नेपालमा महिला आन्दोलनले एउटा उचाइ प्राप्त गरेको अवस्था हो । विकसित देशको महिला आन्दोलनको इतिहास पल्टाउदा धेरै लामो समय सम्म आन्दोलन गरेर पनि प्राप्त नगरेको अधिकारहरु नेपाली महिला आन्दोलन बाट प्राप्त भएका छन् । यसो भनिरहदा नेपाली महिला आन्दोलनको उद्देश्य पुरा भयो त ? भन्ने कुरा आउन सक्छ । उदेश्य पुरा भैसकेको चाही होइन, केही उपलब्धीहरु हासिल भएको पक्कै हो । सबै कुरा नकारात्मक रुप बाट मात्र हेरिनु ह“ुदैन । हिजो नेपाली महिलाहरुले केही अधिकार नपाएको अवस्थामा आज हामीले प्राप्त गरेका उपलब्धीलाई नगन्य हो भनेर नकार्ने अवस्था चाही हामी पक्कै छैनौ ।
अहिले हामी गर्वका साथ भन्न सक्छौँ राष्ट्रपति महिला भएको देश, सभामुख महिला भएको देश, प्रधान न्यायधिस महिला भएको देश मैले बेला बेला बहस, छलफल कार्यक्रमहरुमा सुन्छु के यति तिन जना प्रमुख पदमा पुग्दैमा नेपाली महिला आन्दोलनले पूर्णता पाइ सक्यो त ? मलाई लाग्छ यो हामीले प्राप्त गरेको उपलब्ध नै हो । तर यी तिन वटा पद देखाएर चुप लागेर बस्ने अवस्था चाही होइन । हामीले बिदेशी महिलाले यति कुरा प्राप्त गर्दा चर्चाको विषय बनाउने तर हामी आफैले प्राप्त गर्दा देखाउनका लागि मात्र दिएको भन्ने बुझ्यौ भने त्यो गलत हुन्छ भन्ने मेरो बुझाई हो । जिम्मेवारी दिई सकेपछि उहाहरुलाई काम गर्नका लागि कत्तिको सहज छ वा छैन भन्ने कुरा चाही अर्को पाटो हो । अरुले पाएको सबै कुरा राम्रै–राम्रो तर हामीले प्राप्त गरेका कुरा गौण भन्ने बुझ्नु हुदैन भन्ने लाग्दछ ।
भर्खरै सम्पन्न वा सम्पन्न हुदैँ गरेको स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने एउटा चर्चाको विषय त हो नै, महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउदा दलहरुले कन्जुसाई त गरेकै हुन् यो दावाका साथ भन्न सक्छु । यो देशमा जैले–जैलै पाटी स्थापना भएका छन त्यो समयबाट हरेक पाटीको संस्थापकका रुपमा महिला रहेको भेटाउन्छौँ त्यसबाट उहाँहरुको पाटीमा रहेको योगदान कम थिएन भनेर भन्नेर सहजै अनुमान गर्न सक्छौ । महिलाहरुलाई जिम्मेवारी दिदा अनेक प्रकारका चर्चा चलाईन्छ । महिलाले जिम्मेवारी लिएर काम गर्न सक्दैनन् भन्ने भावना अझै पनि हरेक पाटीमा छ । म पुरुष विरोधी त पक्कै होइन एउटा पुरुषले जिम्मा लिएर हरेक संघ–संस्था संगठन नचलाएका पनि छन् तर त्यसको चर्चा सम्म पनि गरिदैन तर महिला सक्षम भएर काम गर्दा पनि धेरै जान्ने भाकी भन्ने संज्ञा दिइन्छ । यति भनि रहदा महिलाले जान्नै पर्दैन, क्षमतावान हुनु हुदैन भन्ने चाही पटक्कै होइन । क्षमतावान, जुझारु, सशक्त हुनै पर्छ ।
अब महिलालाई जिम्मेवारी दिदा नहिचकिचाउ, एउटा घर व्यवस्थीत रुपमा चलाउन सक्ने महिलाले सासन संचालन गर्दा पनि जिम्मेवार पक्कै हुनु हुनेछ भन्ने मेरो विश्वास छ । जिम्मेवारी पाएका महिलाहरुले पनि आफनो भूमिका निभाउन पछि नपरौ जसले गर्दा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने कुरा सबैको मानसिकता बाट सधै–सधैका लागि हटेर जाओस ।
अहिले स्थानीय तहमा उपप्रमुख पदहरुमा महिलाहरुको उल्लेखीय सहभागिता रहेको छ । यो सहभागीता अर्को पटक हुने स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा दावा रहने गरी काम गर्नुहोस भन्ने मेरो सुभेच्छा छ । कुरा गरेर मात्र होइन काम गरेर देखाउने बेला आइसकेको छ । स्थानीय तहमा जे प्राप्त गरेका छौ यसलाई उपलब्धी ठानेर अवसरका रुपमा लिई काम गरौँ भन्न चाहन्छु । समाज परिवर्तनशिल छ । हामीले उठाएका जायज मागहरु भोलि यहि समाजको आवश्यक्ता बनिदिन्छ र राज्यले सम्बोधन गर्नै पर्छ ।
समग्र रुपमा संविधानले महिलाहरुको सन्दर्भमा सकारात्मक सोचले अगाडी बढेको अवस्था रहदा–रहदै पनि क्षमता, लगनशीलता, निरन्तरतालाई मुल्याङ्कन नगरी केबल पहुचका आधारमा, निकट्ताका आधारमा महिलाहरुलाई जिम्मेवारी दिने कुराले पनि न्याय सम्पादन भएको मान्न मिल्दैन । क्षमता, लगनशीलता, निरन्तरताका आधारमा महिलाहरु लाई राजनैतिक दलहरुले अगाडी बढाउनु पर्छ, जिम्मेवारी प्रदान गर्नु पर्छ ।
अन्त्यमा : संविधान दिवसको अवसरमा हामी नेपालीहरुको सकारात्मक सोच्ने शक्तिको विकास होस, हामी नेपाली–नेपाली बिच हार्दिकता कायम गरोस, एकले अर्काको सम्मान र कदर गरौँ । जारी भएको संविधान कार्यान्वयन गराउनका लागी सबैले आ–आफनो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरांै । (अन्तरपार्टी महिला सञ्जाल बा“केकी उपाध्यक्ष धिताल नेकपा एमालेकी नेतृ हुन् ।)