यो देश, विपी र श्रद्धाञ्जली

जनक केसी

जनक्रान्तिका वेला प्रवासवाट नेपाल फर्कने क्रममा विपी कोइरालाइ भारतीय पक्षवाट जनआन्दोलन सफल वनाएर वहुदल घोषणा गरिदिने भनेर राखिएको प्रस्तावमा उनले तिमीहरुले फर्काएको लोकतन्त्र तिमीहरुकै हुन्छ हाम्रो हुदैन, नेपालको लोकतन्त्र नेपाली जनताकै सक्रियताले स्थापना गर्नुपर्छ भनेर दिएको जवाफ र राजतन्त्र फालेर तिमीलाइ राष्टूपति वनाइदिन्छौं भनेर आएको अर्काे प्रस्तावमा उनले यत्रो २ सय वर्ष शासन गरेका राजालाइ त यिनीहरु चुटकीको भरमा फाल्ने कुरा गर्छन् भने मलाइ के गर्लान अनि हाम्रो लोकतन्त्रको हालत के होला भनेर दिएको जवाफ पढेर महामानव कोइरालाको जन्म दिनको सन्दर्भ पारेर केहि लेख्न मन लाग्यो । भदौ २४ गते विपी कोइरालालाइ नेपाली राजनीतिमा मात्र होइन दक्षिण एसियाकै एउटा अव्वल राजनेताको रुपमा नसम्झने सायद कमै होलान् ।

 

 
तत्कालीन भारतीय शासक र नेताहरुको नेपाल र नेपाली प्रतिको हेपाहा प्रवृति सहन नसकेर विपीेले २०३३ सालमा राष्ट्रिय मेलमिलापको निती लिएर नेपाल आउनुको उद्देस्य अहिलेका सवै नेताहरुलाइ राम्रोसंग थाहा छ । तर दुखको कुरा विपी वुझेका नेताहरु आफनो वुझाइलाइ व्यवहारमा लागु गर्दैनन् । वाहिरी शक्तिको कारणले भन्दा पनि आफनै आन्तरिक फुट र विभाजनको कारणले नेपाल सधै अस्थिरताको सिकार हुने गरेको अनि लोकतन्त्र सधैं संकटको घेरामा पर्ने गरेको सत्यसंग २०३३ पुस १६ गते विपीको नेपाल आगमन पनि सम्वन्धित छ ।

 

 

भारतमै वसेर जनक्रान्ति गर्दा नेपालको लोकतन्त्र अप्ठेरोमा पर्ने मात्र होइन देश नै नरहने हो कि भन्ने चिन्ता लिएर विपी स्वदेश फर्किएका थिए । देश भित्रको आन्तरिक एकता मजवुत नभइकन हामीले सिर्जेको लोकतन्त्र हामी आफैले जोगाउन सक्दैनौं भन्ने मुल कुरा नै ३३ सालको विपी आगमनको मकसद हो । अहिले नेपालमा राष्ट्रियता, लोकतन्त्र र स्वाधिनताको विषयमा को वढी राष्ट्रवादी वन्ने,को वढी लोकतन्त्रको हिमायती वन्ने या कसको सिद्धान्त देशको आम स्वार्थ अनुकुल छ भन्नेमा तिव्र रुपमा विभिन्न तर्क वितर्क र मतभेदहरु उव्जिरहेका छन् । लोकतन्त्र र राष्ट्रियताका विषयमा काँग्रेस कम्युनिष्टहरु मात्र होइन राजावादीहरु समेतले आफनै तर्क र दलिलहरु सार्वजनिक गर्ने क्रम तिव्र वनाएका छन् ।आन्दोलन र सत्ता खोसाखोस गर्दागर्दै ७० वर्ष विति सकेको छ तर पनि नेपालले दक्षिण एसियाकै मुलुकहरुसंग आर्थिक र सामाजिक विकासको गतिमा आफनो समान गति वनाउन सकेको छ्रैन ।

 
दक्षिण एसियाका दुइ ठुला मुलुकहरु भारत र चीनका विचमा समृद्ध र आत्मनिर्भर देश वनाउने विपीको प्रजातान्त्रिक समाजवादको सपना अहिले पनि पुरै अधुरै छ । राणावाट लोकतन्त्र खोसेको र भारत अंग्रेजको कव्जावाट फुत्किएको वरावर नै भयो तर भारत कहाँ पुग्यो नेपाल कहाँ रहयो? आन्तरिक विवाद र झगडाको विचमा झाङिदै गएको नेपाली राजनीति विस्वमा विकास र सम्वृद्धिका लागि निकै सम्भावनाहरुले भरिएको नेपालको वाधक वन्दै वन्दै गएको आम नेपाली सचेत नागरिकहरुको तितो अनुभुति छ ।

 

 
त्यसैले अहिले प्रत्यक नेपालीको मुखवाट निस्कने वाक्य हो ‘यो देशले गतिलो राज नेतृत्व पाएन’ । पहाडी तथा हिमाली खोलाहरुमा कलकल वग्ने पानी मात्र वेचेर पनि दक्षिण एसियाको आर्थिक यात्रामा नेपाल अघि आउन सक्छ । तर यहाँको राजनैतिक अस्थिरता र संकुचित राजनीति लाखौं सक्षम युवाहरुले देश छोडेर विदेशमा आफनो योग्यता र दक्षता विक्रि गरेकोमा पछुतो मान्नुको सटटा उल्टै गर्व गर्छ ।यो नै लोकतन्त्र र देशको सम्वृद्धिका लागि पहिलो दुभाग्र्य हो । के साँचिकै विदेशमा दक्षता र श्रम वेच्नका लागि मात्रै ति युवाहरुले नेपालमा जन्म लिएका हुन त ? के आफनो देशको योग्य जनशक्ति विदेशमा पठाएर यो देशको सम्वृद्धि सम्भव छ त? जनताले आसा गरेको र देशका लागि वलिदान गर्नेहरुले देखेको सुन्दर नेपाल वन्ने छाँटका विरुद्ध चरम राजनैतिक अराजक्ता र वेइमानी निकै शसक्त वन्दै गएको छ ।

 

 
मुलुकमा राणा र राजावाट लोकतन्त्र खोसेर जनताको हातमा सुम्पेको दावी गर्ने काँग्रेस पनि आन्तरिक रुपमा निकै वलिया विभाजनका जराहरु उमारिरहेको छ । आफु नमिलेर अरुलाइ मिलाउन सकिदैन भन्ने सत्य काँग्रेसी नेताहरुले भुलेका हुन् या नजानेका हुन् पत्ता लाउन गाह्रो भएको छ । आफु भित्रको एकता र लोकतन्त्र कम्जोर पारेर देशको लोकतन्त्रको ठेक्का लिनु पनि काँग्रेसका लागि सुहाउने विषय हो जस्तो लाग्दैन ।झन कम्युनिष्टहरुका त कुरै नगरौं पार्टीमा फुट र विभाजन उनीहरुको विशेषता नै भएको छ ।नफुटने कम्युनिष्ट पाउन यहाँ मुस्किल छ ।सर्वहाराको नाममा राजनीति गरेर उनीहरुकै रगत र वलिदानमा ठटटा गर्ने गरेको आरोप पनि छ । जनतासंग महंगी वेथिति र निरासाको पहाड मात्र होइन लोकतन्त्रप्रति वितृष्णाको वाढी पनि उर्लन थालिसकेको छ ।दलका नेताहरु भने चुनाव कसरी जित्ने र सत्तामा कसरी पुग्ने भन्ने दाउको खेलमा व्यस्त छन् ।

 

 

चिन्ता अहिले सत्ता र चुनावको हुदै होइन तर हाम्रो राजनीती त्यसकै लागि अल्पकालीन स्वार्थका खातिर गिर्न अभ्यस्त छ । दिनहु सयौं सक्षम युवाहरुले देश छोडिरहेका छन् । खेतवारीमा तरकारी र अन्न फलाउनेको अभाव हुन थालेको छ । वनपाखाहरु उजाड मात्र होइन खेतवारीहरु वर्षाैंदेखि वाझो वनिरहेका छन् । सन्सारमा कुनै देशमा नभएका सफा र कलकल वग्ने खोलाहरु यो देशमा वेकाम वनाइएका छन् । त्यति मात्र होइन उत्तरका हिमाल अनि पहाडका मनोरम दृस्यहरु अनि विभिन्न वहुमल्य खानीहरु विनाकामका वनाइएका छन् । सम्पदा र सम्भावनाहरु हाम्रा छन् तर लोभी आँखा अरुकै गढेका छन् । गरिवीको पिडा अनि अभावको सकस वढेको वढयै छ ।

 

 
जनता मोटा भया देश वलियो हुन्छ भन्ने ऐतिहासिक उखान लोकतान्त्रिक राजनीतिले वुज्न सकेको छै्रन । जुन राजनैतिक दर्शनका नेतालाइ भोट हालेपनि ५ वर्ष सरकार टिक्दैन । धनको ओछयानमा रित्तै गोजी पारेर सुत्नु पर्ने र अन्नको भकारीमा भोक भोकै वाँच्नुपर्ने जनताको वाध्यात्मक अवस्था छ । सत्तावाहिर वस्नै नसक्ने राजनेताहरुको पारा हेर्दा उन्नत नेपालको मार्गचित्र वन्ला र युरोप अमेरीकाका देशहरुसंग प्रतिष्पर्धा गर्न सकौंला जस्तो पनि लाग्दैन । छिमेकी भारतको एक जना प्रधानमन्त्रीले हाम्रो देशका झन्डै आधा दर्जन प्रधानमन्त्री भेटन पाउछ पाँच वर्ष नपुग्दै ।सत्ता केटाकेटीको खेलौना जस्तै वनेको छ नेपालमा । यहि विवाद तर्क राजनैतिक दाउपेचका विचमा मलाइ जननेता विपी कोइरालाको सम्झना गर्न मन लागेको छ । चाहे नेपालको राष्ट्रियताको कुरा होस चाहे नेपालको सम्वृद्धिको लागि चाहिने उपयुक्त राजनैतिक दर्शन र दुरदृष्टि सवै कुराको लागि विपी कोइराला युगले मागेको नेता हुन भन्ने कुरामा कसैको फरक मत छ जस्तो लाग्दैन ।

 

 

विपीले लेखेको जेल जर्नल र आत्मवृत्तान्तमा उल्ल्ोख भएको राजनीती नेपालको लोकतन्त्र र सम्वृद्धिको सपना वास्तवमा हामीले पढयौं मात्र व्यवहारमा उतार्न सकेनौं । देशले भोगेको विगत निर्माण गरेको इतिहास देशको सम्वृद्धिका लागि हुवहु लागु गर्न सकेनौं ।विपी कोइरालाले जन्माएको काँग्रेस स्वयमले पनि पछिल्लो समय सत्ता राजनीतिको जुवालाइ नै प्राथमिक्ता दिएर अघि वढेको जस्तो लाग्छ । अपदस्त भएको राजतन्त्र र नेपाली जनताको मनमा सधै विवादित भइरहने छिमेकी देश भारतका प्रति विपीको वुझाइ र विश्लेषण अहिलेका राजनैतिक दलहरु र तिनका नेताहरुका लागि निकै अनुशरण योग्य पाठ देख्छु म । विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादले कोरेको नेपालको चित्र काँग्रेसले नै हराइसक्यो कि जस्तो लाग्छ । कोहि पनि नेपालीलाइ एक छाक मागेर खान नपरोस्,एक सरो नपाएर शरीर नांगो राख्न नपरोस् एक वित्ता वास सडकको पेटीमा विताउन नपरोस् भन्ने विपीको लोकतान्त्रिक समाजवादी सपना देशले भुलेको छ । नेपाली नेता र जनताको आफनै एकता र वलवुताले समृद्ध नेपाल वन्नुपर्छ भन्ने विपीको समाजवादी तथा राष्ट्रवादी विचार अहिले सवैका लागि मनन योग्य छ तर अहिलेको राजनीति सत्ता हत्याउन र फुत्क्याउनमा मात्र केन्द्रित भयो ।

 

 

लोकतन्त्रको भविस्य र यसको दीर्घकालीन स्थायित्व भन्दा वढी क्षणिक रुपमा नेताको सत्तारोहणका लागि राजनैतिक उतार चढाव तिव्र वन्न पुग्यो ।विपी कोइराला प्रवासमा हुने वेला होस या जेलमा वस्ने वेला होस अथवा सत्तामा वस्ने वेला होस उनले नेपालको सार्भभौम सत्ता र नेपालको आर्थिक सम्वृद्धिका लागि देश भित्र र वाहिरका शक्तिलाइ जुन रुपले वुझेका थिए आज त्यहि रुपमा नेपाली राज नेताहरुले वुझेको जस्तो लागेको छैन ।

 
विपीले नेपाललाइ राष्ट्रियताका मामलामा आन्तरिक र वाहयरुपमा वलियो मात्र होइन उचो सार्वभौमिक्ता र दिगो आत्मनिर्भताको निशान वनाउन खोजेका थिए । चर्काे स्वरमा राष्ट्रियताका नारा लाउदैमा र कसैलाइ सत्तोसराप गरेर गाली वेइज्जतिको खेतीले मात्र पनि यो देशको राजनैतिक तथा आर्थिक स्थायित्व र सावैभौमिक्ता निर्माण हुन सक्छ जस्तो लाग्दैन । समाज र राजनीति वुज्नका लागि पढिएका सवै दर्शनहरु नेपाल सुहाउ“दो नहुन सक्छन् । नेपाली माटो र नेपाली समाजको सापेक्षता सुहाउदो मौलिक दर्शनको जन्म हुन जरुरी छ । काँग्रसले विपीको वाटो छोडेको कुरा निकै चर्चामा छ । हाम्रा राजनेताहरु अदुरदर्शि वनेका कारण नेपालको लोकतन्त्र असुरक्षित वनेको नेपालको आर्थिक सम्वृद्धिको वाटो निकै कम्जोर वनेको अनुभुति हुदै गएको छ । युरोप अमेरीका मात्र नभएर दक्षिण एसियाकै उन्नत देशका नेताहरुले सत्तारोहणका वेला राष्टूलाइ के दिने कहाँ पुरयाउने भनेर अव्वल सपना र योजना राखेका हुन्छन् अनि पछि काम देखाएरै छोड्छन् पनि । यहाँ भने अर्काे चुनाव कसरी जित्ने होला वेरोजगार कार्यकर्ता कसरी भजाउने होला विकासमा कसरी फाइदा लुट्ने होला भन्ने योजना र सपना मात्रै देख्ने गरिएको छ । विपीले भने झै जनताको ठुलो वलिदानवाट आएको लोकतन्त्र अहिले सुकिला मुकिलाको हातमा परिसकेको छ ।

 

 

हाम्रो लोकतन्त्र र राज्य सन्चालनको प्रक्रियामा सुकिला मुकिलाकै हालीमुहाली छ। सिंगापुर,हङकङ अनि स्वीजरल्याण्ड वनाउने नाराले मात्र सर्वहारा जनताको कल्याण होला जस्तो लाग्दैन ।भष्टाचारी र देशका लुटेराहरु राज्य र कानुनको संरक्षणमा छन् ।आफनो सत्ता भविस्य र चुनावी जित हारको परवाह नगरेर देशका लुटेराहरुलाइ गलहत्याउन सक्ने सक्षम राजनेता देशले जन्माउन सकेन । भाषणले र नाटकले जनताको भावना जितेर मात्र देशमा आमुल परिवर्तन आउने सम्भावना पनि देखिएको छैन । विदेशतिर लखेटिइ रहेको युवा शक्ति र खेर गइरहेको प्राकृतिक श्रोत र साधन यहि देशमा उपयोग गर्ने कामको तत्काल सुरुवात नभए सम्म चाहे प्रजाान्त्रिक समाजवाद, चाहे वहुदलीय जनवााद,चाहे नौलो जनवाद या चर्काे राष्टूवादवारे चर्चा परिचर्चा चलाउनु व्यर्थ नै हुन्छ ।

 

 

कुनै वाद र दर्शन पढ्नका लागि मात्र होइन जीवन र समाज वुज्न अनि वदल्नका लागि पनि हो । आत्मनिर्भर नेपाल नवनाइकन स्वाभिमानी नेपाल वन्नै सक्दैन । त्यसैले सवै वादहरुलाइ यो देश फेर्ने वलियो साधन वनाऔं । सत्ता चढ्ने भरयाङ मात्र नवनाऔं । विपीको वाटो हिड्ने र विपीलाइ आदर्श मान्ने अनि उनलाइ नेपालको साझा राजनेता मान्ने सवैको राजनीति देश लुट्ने र जनता पिर्ने अस्त्र नवनोस् । जननेता विपी प्रति श्रद्धान्जली । (लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया