हज र कुर्वानी (बलि) गर्नु पर्ने प्रमुख विषेशता रहेको यस पर्वमा मुस्लिम समुदायले ईगदाहमा नमाज पढिसकेपछि मालिके निसाब (धनी) ले दक्ष अनुसारको पशु कुर्वानी (बलि) गर्नु पर्ने धार्मिक नियम रहेको छ । यदी मालिके निसाब (धनी) व्याक्तिले कुरबानी गरेन भने ऊ गुनाहगर (दोषी) ठहरिन्छ । त्यो महिला होस वा पुरुष सबैमा लागू हुन्छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको छ ।
आजका दिन आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, एकआपसमा शुभकामना आदानप्रदान गर्ने, गरिब, टुहुराहरुलाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । ईदुलफित्रको ठिक दुई महिना दश दिनमा मनाइने यस पर्वमा रोजा (व्रत) बस्न पर्दैन । यो पर्व तीनदिनसम्म मनाइने परम्परा छ । यस्तै इस्लाम धर्मको चार प्रमुख स्तम्भ नमाज (प्राथाना)जकात (दान) रमजान (ब्रत) र हज (मक्काको धार्मिक यात्रा) हुन । यी मध्येको हज एउटा महत्वपूर्ण स्तम्भ हो । जुन यहि महिना जिलहिज्जमा विश्वभरीका इस्लाम धर्मावलम्वीहरु हज गर्नको लागि साउदी अरबको मक्का मदिना पुग्ने गर्छन ।
इस्लामको अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहो अलेहेवस्लमको आगमनपूर्व चार हजार वर्ष अगाडि अल्लाहका पैगम्बर (दुत) हजरत इब्राहीम अलैहिस्सलाम पैगम्बर भएपछि इस्लामको प्रचार प्रसार गर्दै तत्कालिन समाज राज्य र बादशाह नमरुदलाई एक अल्लाह (एकेश्वरवाद) को संदेश पठाउनु भयो । तत्कालिन बादशाहले उक्त संदेश अस्विकार गर्यो र पैगम्बर (दुत) हजरत इब्राहीम अलैहिस्सलाममाथि बर्बर यातना र दमन गर्दै उनलाई आगोमा फालियो तर आगोले उनलाई जलएन ।
यस्तै हजरत इब्राहीम अलैहिस्सलाममाथि भएको विभिन्न परिक्षाहरु मध्ये एकदिन कुर्बानी दिनु पर्ने अल्लाहको आदेश भयोे ‘ऐ इब्राहीम कुर्बानी गर अल्लाहको आदेश पालना गर्दै हजरत इब्राहीम अलैहिस्सलामले १०० ऊँटको कुर्बानी गर्नुभयोे । दोस्रो दिन ९ जिलहिज्जमा पनि अल्लाहको तर्फबाट फेरी कुर्बानीको आदेश भयो र हजरत इब्राहिम अलैहिस्सलामले २०० ऊँटको कुर्बानी गरेपछि तेस्रो दिन पनि कुर्बानीकै आदेश भयो ऐ इब्राहीम तिम्रो लागि जो सबभन्दा प्यारो चीज छ त्यसको कुर्बानी देऊ’ । अब आफ्नो सन्तान भन्दा प्यारो को होला भनेर हजरत इब्राहिम अलैहिस्सलामको ८० वर्षको उमेरमा जन्मिएका छोरा हजरत इस्माईल अलैहिस्सलाम हुनुहुन्थ्यो अल्लाहको आदेश पालना गर्दै अल्लाहलाई खुशी पार्न ८० वर्षको उमेरमा जन्मिएका एउटा मात्र छोरा हजरत इस्माईल अलैहिस्सलामलाई कुर्वान गर्ने निर्णय गर्नुभयो ।
१० जिलहिज्जको दिन हजरत इब्राहीम अलैहिस्सलामले आफ्नो छोरा इस्माइल अलैहिस्सलाम लाई कुर्बानीको लागि मक्का शरीफको मीना भन्ने सुनसान ठाउँमा लाूदै गर्दा हजरत इस्माइल अलैहिस्सलामले सोधे, बुबा मलाई कहा लग्दै हुनुहुन्छ । त्यसपछि हजरत इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेश आफ्नो छोरा हजरत इस्माइल लैहिस्सलामलाई सुनाउनु भयो ।
इस्माइल अल्लाहको आदेशलाई निकै खुसी भएर स्वीकार गर्दै मक्का शरीफको मीनामा हजरत इब्राहिम अलैहिस्सलामले कुर्बानीको लागि खाल्टो खन्दा छोरा हजरत इस्माइल अलैहिस्सलामले आफै माटो हटाएका थिए र हजरत इब्राहिम अलैहिस्सलामलाई छोरा हजरत इस्माइल अलैहिस्सलामले भने बुबा तपाई आँखामा पट्टी बाँध्नुहोस् र मेरो कुर्बानी गर्नुहोस् किनभने तपाईलाई आफ्नो छोरा प्रति माया नआओस् । हजरत इब्राहिम अलैहिस्सलामले आँखामा पट्टी बाँधेर आफ्नो छोरालाई निकै धारिलो हतियारले घाँटी रेट्दा कुर्बानी गर्न लाग्दा अल्लाह प्रसन्न भएर छोराको घाँटी रेटिएन र समक्ष एउटा दुम्बा भेडाको कुर्बानी भएको थियो ।
यही परम्परालाई निरन्तरता दिदै हजरत इब्राहीम अलैहिस्सलामको सुन्नतलाई कायम गर्दै मुस्लिमहरु खसी, भेडा, ऊँट लगायतका जनावरहरुको कुर्बानी दिने गरेका छन् । हाँस, कुखुरा र अन्य स-साना पक्षी कुर्बानी दिइँदैनन् । कुर्बानीका लागि उपयुक्त मानिने जनावर दुरुस्त तथा स्वस्थ्य हुनुपर्छ कान सिंह र पुच्छर काटेको हुनुहुदैन । ठूला जनावरमा सातजना मिलेर तथा खसी र बाँझो बाख्रा एकजनाले सिङगो कुर्बानी दिनुपर्ने नियम छ । हैसियत हुने मुसलमानहरुले जति पनि कुर्बानी दिन सक्ने छन् भने कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्नो लागि एक भाग इष्टमित्रका लागि र अर्को एक भाग गरीब असहाय मानिसका लागि छुट्याउनु पर्छ । कुर्बानीको मासु बिक्री गर्न मिल्दैन साथै कुर्बानी भएको जनावरको छाला बिक्री गरी रुपैया अथवा छाला गरीब असहाय व मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम कुर्बानी गर्ने सबै मुसलमानले पालना गर्नुपर्ने हुन्छ । जिलहिज्जको १ तारिख देखि कुर्बानीको दिन अर्थात् चाँदको १० तारिखसम्म मुस्लिम समुदायले आफ्नो कपाल, नङ समेतलाई काट्दैनन् । कुर्बानी गरे पश्चात मात्र कपाल, नङ काट्ने गरेका छन् ।
यस्तै हज अल्लाहको दुई प्रिय पैगम्बर इब्राहीम अलैहिस्सलाम र इस्माईल अलैहिस्सलामका अदैतवादको भावना, गहिरो प्रेम, उनीहरुको समर्पण एवम बलिदानको सम्झाना र उनीहरुको अल्लाहसंग प्रेम जस्ता कर्महरुको नक्कल हो , जो उनीहरुबाट यिनै स्थानमा र यिनै अवधिमा भएको थियो । हजको अन्य कर्म एकै ठाउहरु एकै समयमा गरिन्छ । इस्लामिक क्यालेन्डरको १२ औ महिना जिल हिज्जमा विश्वभरीका इस्लाम धर्मावलम्वीहरु हज गर्नको लागि साउदी अरबको मक्का मदिना पुग्ने गर्छन । हज वा उमरा गर्ने बेलामा उनीहरुले एहराम (हज गर्न जादा लगाइने विशेष पोशाक ) प्रयोग गर्दछन ।
हजको महत्वपूर्ण पाँच दिन बाहेक उमरा वर्षभरी पनि गर्न सकिन्छ । कुरआनले भन्दछ कि हज उनीहरुको लागि मात्र अनिवार्य छ जो पारिवारको ध्यान राख्दै र आफ्नो सम्पूर्ण दायित्व पूरा गरेर पनि हजको खर्चलाई सहन सकोस । जीवनमा एक चोटी हज अनिवार्य छ । हज अल्लाहको चेतनासंग जोडिएको एक अभ्यास हो । हरेक बर्ष संसारिक अध्यात्मिक ध्यान गर्ने मुस्लिम समुदायको लक्ष्य हुन्छ । जो भौगोलिक, नास्लिय, राजनैतिक, शैक्षिक , समाजिक र आर्थिक भेदभावलाई अन्तय गरी सम्पूर्ण मानवजातिलाई बराबरमा ल्याइन्छ । यसमा शासक एवम् शासित, मालिक एवम् नौकर, धनी एवम् गरीब, सानो–ठुलो, गोरो– कालोको भेदभाव छैन ।
हजको सम्पूर्ण क्रियाकलायहरु जिल हिज्जाहको पाच दिन (आठ तारीख देखि बाह्रे तारीख) सम्मको अवधिमा मात्र गरिन्छ । यस बाहेक कुनै पनि अवधि वा स्थानमा हज अदा हुन सक्दैन । मक्का शहरमा सम्पुर्ण मानवजातिको मार्गदर्शनका लागि निर्माण गरिएको काबा शरीफ (अल्लाहको घर) को तवाफ परिक्रमा सबै आगन्तुकले गर्नु पर्ने । सफा र मरवाका दुई पहाडीको बीच सबै जना दुगुर्दछन, अराफात संगै जान्छन् । मिनामा सबै जना सैतानामाथि ढूङ्गा प्रहार गर्दछन । मुस्लिमहरुले साउदी अरबको मक्का मदिना गई हज गर्ने् सम्पूर्ण हाजीहरुलाई मीनामा कुर्बानी गर्नु पर्ने हुन्छ ।
हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको यो महिना वर्षको अन्तिम महिना हो ।
इस्लामिक क्यालेन्डरका अन्तिम महिनालाई जिलहिज्ज भनिन्छ । यस्तै इस्लामिक क्यालेन्डरको पहिलो महिना मोहर्रमुलहराममा इस्लामको अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहो अलेहेवस्लमको नातीहरु इराकको कर्बलामा सहादत प्राप्त गरेका शहीदे आजम हजरत इमामे हुसैन सहितका दर्जनौ ईस्लामका समर्थकहरुले ईराकको करबला भन्ने स्थानमा ईस्लाम रक्षाका लागि शहिद भएका थिए । मोहर्रम पर्वलाई शहिद दिवसका रुपमा समेत हेर्ने गरिन्छ । इस्लाममा कुर्बानीको ठूलो महत्व रहेकोले इस्लामि वर्ष हिजरीको सुरु र अन्त दुबैमा कुरबानी रहेको छ ।