बाढी पीडित र सरोकारवालाको दायित्व

गत शुक्रवार देखि लगातार ३ दिनसम्म परेको अविरल बर्षातले पुरै मुलुक प्रभावित बन्न पुगेको छ । बर्षातको कारण दजौनौ ब्यक्तिको ज्यान गैसकेको छ भने कैयौ हराईरहेका छन् । हजारौ घरवार बिहिन बन्न पुगेका छन् । कैयौका घरवार डुवानमा परेका छन् । ठुलो मात्रामा नोक्सान भएकोे धनमालको वास्तविक हिसाव किताव अझै भै सकेको
छैन । बाँकेमा बर्षातका कारण ३ जनाले ज्यान गुमाएका छन् । बाढीका कारण नेपालगंजको नगरक्षेत्र, पुरैना बागेश्वरी, उढरापुर कम्दी, बेतहनी, होलिया, फत्तेपुर, बैजापुर, कचनापुर लगायतका क्षेत्रहरु बढी नै प्रभावित बन्न पुगेका छन् ।

 

 
यस पटकको बाढीका कारण पुर्वी नेपालको मोरङ, रौतहट, सुनसरी, लगायतका जिल्ला बढी नै प्रभावित भएका छन् भने मध्यपश्चिम त्यसमा पनि बाँके, बर्दिया जिल्लालाई बढी नै प्रभावित तुल्याएको छ । सरकारले उद्धार र पुनस्थापनाका कार्य गरेको जनाएता पनि कैयौ पीडितहरु घण्टौसम्म जोखिमपूर्ण अवस्थामा भोक भोकै बस्न बाध्य भएका खवरहरु सार्वजनिक भएका छन् । मंगलवार देखि पानी पर्ने क्रम रोकिए पनि बाढी र पहिरोबाट उत्पन्न संकट अझै टरिसकेको छैन । ठाउँ ठाउँमा जमेका पानीहरु पुरै हटिसकेको छैन । बाढी र पहिरोको कारण राजमार्गका ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा हजारौ यात्रीले सास्ती भोगीरहेका छन् ।

 

 
बाढीले ठाउँ ठाउँमा बाटो अवरुद्ध गरि दिएका कारणले पनि समयमै उद्धार र राहत बितरणमा समेत समस्या परेको
छ । बाढीले घरबार बिहिन हुनेहरु कष्टकर रुपमा रुख, जंगल, घरका छतमा र सडक किनारा लगायतका जोखिमपुर्ण स्थानमा बसी ज्यान जोगाउन बाध्य भएका छन् । बर्षातको समय र त्यस पछि पनि कैयौ पीडितहरुले न समयमा खाना पाए न त सुरक्षित तवरले बस्न नै । कोही आफन्त गुमाउदाको पीडामा रन्थनियका छन् भने कोही भएको धनमाल नासिएको पीडामा छटपटाई रहेका छन् ।

 

 
बाढीका कारण बाँके, बर्दियाका सयौ घर डुवानमा परेका छन् । हालसम्ममा के कुन स्थानमा के कति क्षति पुगेको छ, कहाँ के कस्तो राहत र उद्धारको आवश्यकता छ भन्ने बारेमा यकिन तथ्याङ्ग अझै आईसकेको छैन । सवभन्दा पहिले बाढी प्रभावितहरुको उद्दारका लागि सरकारी निकायहरु जुट्नु पर्दछ । यस कार्यमा गैर सरकारी निकायहरु र आम नागरिकले पनि आवश्यक मात्रामा सहयोग पु¥याउनु पर्दछ । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा पु¥याउनु र आपतमा परेकालाई उद्दार गर्नु सरकारी निकायको पहिलो कर्तब्य हो । जुन कार्य सरकारले केही हदसम्म गरेता पनि अझै ब्यवस्थित भै सकेको छैन ।

 

अन्नपात र धनमाल बाढीले नष्ट पारि दिई सर्वस्व गुमाउन पुगेका पीडितहरुका लागी खानपान, बासको ब्यवस्था र सम्भावित रोगको संक्रमणबाट बचाउन उचित प्रवन्ध मिलाउनु पर्दछ । तराईका समथर भुभागमा खानेपानीको मुख्य श्रोत जमिनमुनिको पानी भएको र जताजतै जमेको पानीले खानेपानी दुषित हुने संभावना रहन्छ । यस्तोमा झाडा वान्ता जस्ता रोगको संक्रमण फैलन सक्ने कुरालाई बेलैमा बिचार पु¥याई स्वच्छ पिउने पानीको ब्यवस्था गरिनु पर्दछ । आपतमा परेका पीडित त्यसमा पनि बालबालिका र बृद्ध बृद्धाहरु उचित संरक्षणको अभावमा बिभिन्न प्रकारका रोगलाग्ने र जोखिममा पर्न सक्ने संभावनालाई बेलैमा बिचार पु¥याउनु पर्दछ । राहतको नाममा केही प्याकेट चिउरा, चाउचाउ, दालमोट, भुजा बिस्कुट बाडेर उनीहरुको केही बेरको भोक मेटे पनि पुरै भोक मेट्न नसक्ने कुरालाई मनन गरिनु पर्दछ ।

 

 

राहत बाड्दा टाठा बाठा र बलियाले दोहो¥याएर लिने र बालबालिका, बृद्धबद्धा र कमजोर बर्गले एक पटक पनि नपाउने अवस्थाको सृजना हुन नदिन बेलैमा बिचार पु¥याउनु पर्दछ । भोक र शोकले आक्रान्त पीडितहरुको पीडामा उचित मलम लगाउन उद्धार, खाद्य सामाग्रीको साथसाथै औषधी उपकरण सहितको स्वास्थ्यकर्मीहरुको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटाउनु पर्दछ । सरकारले घरवार बिहिन भएका पीडितहरुको यकिन गरि उनीहरुको दिर्घकालीन बासस्थानको ब्यवस्था नभएसम्मको लागि उपयुक्त स्थानमा आवश्यकता अनुसार शिविर खडा गरेर राहत तथा उद्दारको कार्यलाई ब्यवस्थित गरिनु पर्दछ ।
सरकारले क्षमता र हैसियत अनुसार पीडितको राहत र उद्दार गरेको जनाएता पनि पीडितहरु त्यसबाट सन्तुष्ट हुन सकेका छैनन । बिपत प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि राष्ट्रिय दैवी प्रकोप उद्दार समिति र जिल्ला दैवी प्रकोप उद्दार समिति सक्रिए रहेको बताइए पनि आवश्यक समन्वय, तयारी र समयमै उद्दारको र राहत बितरणको कार्य प्रभावकारी हुन नसकेको गुनासो बाढी पीडितहरुले गरेका छन् ।
बाढी पहिरो जस्ता दैविक बिपत्तीका कुरा बर्षेनी आउन सक्ने कुरा हुन । तर रोकथाममा उचित ध्यान पु¥याउन सके त्यसलाई केही हदसम्म न्यूनिकरण र रोकथाम गर्न सकिन्छ । दैवी प्रकोपलाई रोक्न बनजंगलर चुरे क्षेत्रको उचित संरक्षण हुन जरुरी छ । नदिनाला र यसले गर्न सक्ने संभावित बिनाशलाई रोक्न बेलैमा उचित प्रवन्ध मिलाउनु पर्दछ । नदिनाला वरपरका सम्भावित खतराजन्य मानवबस्तीलाई सुरक्षित स्थानमा सार्ने ब्यवस्था मिलाउनु पर्दछ । ब्यवस्थित नाला र निकास नहु“दा नेपालगन्ज सानो झरी पर्दा पनि पानी जम्ने समस्या पहिले देखिकै हो । राप्ती नदिको कटान, पटान र डुवानको समस्या पनि नया“ होइन । तर यी समस्याको दिर्घकालिन समाधानको ठोस पहल नहुनुलाई बिडम्बना नै मान्नु पर्दछ ।
नेपालगन्ज सहरमा पानी जम्ने समस्याको समाधानको लागि जथाभावी फोहरमैला फाल्ने, निकास रोक्ने गरि भौतिक संरचना निर्माण गर्ने कार्यको अन्त्य गर्नु पर्दछ । शहरका नालीमा पुरिने गरि जथाभावी प्लाष्टिक लगायतका फोहर फ्याक्ने कार्यलाई तत्काल बन्द गरि नियमित रुपमा नालीको सफाई गर्ने र जथाभावी फोहर फ्याक्नेलाई कारवाहीको ब्यवस्था मिलाउनु पर्दछ ।
जे नहुनु पर्ने थियो त्यो भई नै सक्यो । नोक्सान भैसकेको कुरामा जत्ति नै टाउको ठोके पनि फर्केर आउदैन । अत : बाँके लगायतका जिल्लामा घटेका घटनाबाट प्रभावित, बिस्थापित तथा ज्यान गुमेकाहरु अनि उनीहरुले भागेको क्षतिको आँकलन गर्न र नष्ट भएका भौतिक संरचनाको क्षतिको यकिन तथ्याङ्क निकाली तत्कालिन र दिर्घकालिन राहत, उद्दार र पुनस्थापनाको कार्ययोजना बनाई त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याईनु पर्दछ ।

 

यसै गरि बिगतमा भएका कमी कमजोरीबाट पाठ सिक्ने र भविष्यमा यस्ता घटनाको न्यूनिकरण गर्न र दैवी प्रकोपका घटना भै हाले पनि कम भन्दा कम क्षति कसरी हुन सक्दछ भन्ने बारेमा बेलैमा सबैको ध्यान जान जरुरी छ । तर तत्कालको कार्य भनेको बाढीपहिरोबाट जो प्रभावित हुन पुगे उनीहरुको उद्धार र राहतमा उचित प्रवन्ध मिलाउनु हो । त्यस संगसंगै परिवार गुमाएकाहरु, बिस्थापितहरु तथा प्रकोपको जोखिममा परेकाहरुको उद्धार र पुनस्र्थापनामा लाग्नु नै सरोकारवालाहरुको पहिलो दायित्व र कर्तब्य हो । यस्तो विषम परिस्थितीमा बाढी प्रभावितहरुलाई सहयोगी मनहरुको खाँचो छ ।
(लेखक अधिवक्ता हुन ।)

प्रतिक्रिया

प्रतिक्रिया