छाडा चौपाया र फोहोर मैला ब्यवस्थापन

भर्खरै स्थानीय निकायले पधाधिकारी पाएको छ र सबै को चुनाबी मुद्दा ‘स्मार्ट सिटि’ थियो र स्मार्ट सिटि कसरी भन्छ ? संसारको स्मार्ट सिटी भनिने सहर कस्तो छ ? यसको बारेमा गहन अध्ययन गरि नेपाली मौलिकता नमर्ने गरि नेपालमा पनि स्मार्ट सिटी बनाउन आवश्यक छ । सहर आफैमा फोहोर ह“ुदैन बासिन्दामा चेतना नभए पछि प्रशासक कडा नहुनाले सहर पनि बदनाम हुन्छ र फोहोर हुन्छ । हामी पोखराको नाम सुन्ने बित्तिकै ‘वाउ’ भन्छौ र सफा सुन्दर हराभरा सहर हो भन्ने दिमाग आउ“छ र त्यस ठाउ“को मानिसको चेतनाको स्तर माथि भएकै कारण त्यो सहर नमुना सहर भएको हो र आज पर्यटकीय गन्तब्य बनेको छ । बार्षिक १० हजार पर्यटक बर्दिया निकुन्ज आउछन तर एक रात नेपालगन्ज राख्न सकिने अवस्था छैन । यस्तै नेपालगन्ज भन्ने बित्तिकै गर्मी सहर फोहर सहर भन्ने आम मान्छे पर्न थालेको छ र पहिला कर्मचारीले काम गरेनन् भन्ने थियो अब पधाधिकारीको जिम्मामा यो चुनौती आएको छ ।

 

पशु छाडा छोड्ने परम्परा हो ?

नेपालगन्ज सहर भरि अहिले गाई, साढे, खच्चड देख्न सकिन्छ । कसरी यस्तो भयो ? यसको बारेमा जान्न जरुरी छ । नेपालगन्ज नेपाल कै ठुलो पशु चौपाया बजार हो र यहाँबाट कर्णाली देखि गोर्खा सोलुखुम्बु संखुवा सभासम्म बजारमा यहाँ बाट गधा घोडा र खच्चड बेच्ने गरिन्छ । रागा भैसी खसी आदि यहि नाकाबाट राजधानी आदि सहरमा लगिन्छ । यहाँ स्थानीय पुरानो पशु हाट बजार यथाबत छ र यहाको स्थानीय कसगर जातिले गधा घोडा खच्चड पाल्ने र बेच्ने गर्दैछन् । देशभरि कै पशु ब्यवसायीलाई यहि कै पशु ब्यापारीले पशु आपूर्ति गर्ने गर्दछन् । राजधानी लगायत दाङ्ग सुर्खेत कपिलबस्तुसम्म को ईटा उद्योगमा ईटा ओसारपसारमा यिनै गधा खच्चडले काम गर्ने गर्दछन् । मङ्सिरबाट असारको पहिलो हप्तासम्म काम गर्ने र बाकी समय नेपालगन्जको बजारमा छोड्ने काम हुन्छ । बर्षातको समयमा काम नपाइने हुनाले जनावर धनी ले छोड्ने गर्दछन् । पुरै परिवार जनवारमा आश्रित छ र जनवारले कमाए धनीको घरमा चुलो बल्छ नत्र भोकै हुने अवस्था पनि छ ।

 
नेपालगन्ज सहर टागाको सहर पनि होर बिगतमा सवारी साधन को मुख्य श्रोत भएको यो ब्यबसाय अहिले बिस्थापित को संघारमा छ । प्रबिधिको शिकार भएको छ र इलेक्ट्रिक रिक्सा आदिको कारण बाट यो पेसा गर्ने मानिस पलायन भएको छन् । बुढा रोगी यस्ता घोडा पालन नसक्ने भएपछि धनीले सडक मै छोडिदिने गर्दछन् ।

 
खच्चड नेपालमा जन्मदैन यो अश्व जातिको जनवार हो । सानो उचाईको काम गर्न सजिलो हुने भएको ले घोडा भन्दा यसको माग बढी छ । भारतको लखनउ असोज कार्तिक महिनामा संसार कै ठुलो पशु मेला लाग्ने गर्दछ । यहि मेलाबाट सबै ब्यवसाहीले गधा घोडा पशु ल्याउने गर्दछन् । करिब ५० हजार सम्म मुल्य यस को पर्दछ । यस्तो मुल्यावान जनवार धनीको लापरबाहीलेले सडकमा आउछ । दुर्घटना गराउछ र यात्रीको ज्यान समेत जोखिम पर्ने गर्दछ ।

के हो त समाधान ?

नेपालगन्ज नगरपालिकाको छाडा पशु ब्यबस्थापनको लागि ‘कान्जी हाउस’ पशु बन्दि गृह
छ । जो सा“घुरो र अपर्याप्त छ । समय समय छाडा पशुलाई नगरपालिकाको कर्मचारी र प्रहरीको सहयोगमा बन्दि गृह लगिन्छ र दण्ड पनि गरिन्छ । र, पनि समाधान भएको छैन र छोड्ने काम जारि छ कहिले काही टाढा जंगल मा समेत लगेर छोडेको उदाहरण छ । पछि फेरी जनावर धनि गएर ल्याएको हुन्छन् । कति आफै आउ“छन यो पनि दिर्घकालीन समाधान हैन । अब दिर्घकालीन समाधानको लागि जनवारको ‘ट्याग’ गर्ने गर्नुपर्छ । यो नै सहि उपाय हो र यसको लगत नगरपालिका राख्नु पर्छ । तब धनीको पत्ता लाग्छ तुरुन्तै धनीलाई कारबाही गर्न सकिन्छ । ट्यागलाई अनिवार्य बनाउनु पर्छ । नगर भित्र पशु चौपाया पालन गर्न एउटा मापदण्ड बनाउन र सफा सहरको अवधारणा यहीबाट सुरु हुन्छ । नेपालगन्ज नगर भित्र सयौंको संख्यामा खसी बोका पाल्ने छन् । जो बिहान घास किनेर खुवाउछन् घर टोल फोहोर पार्ने यिनी पनि हुन् । यस्तै गाई बस्तु छन् । अपर्याप्त जग्गामा गाई पाल्ने फोहोर सडक आदिमा फाल्ने छाडा छोड्ने आदि पुरानै चलन छ । अनुपति बिना पशु चौपायापालन गर्न बजार क्षेत्रमा रोक लगाउनु पर्छ ।
भुसिया कुकुरको समस्या

कुकर पनि बाघ जस्तै ‘टेरोटोरियल’ आफ्नो क्षेत्र बनाएर बस्ने प्रजाति हो र बाघ एक्लै ठुलो क्षेत्र लिएर बस्छ भने कुकुर सानो क्षेत्र बनाएर बस्छ । जस्तै धम्बोजीको कुकुरले बिपी चोकको कुकरलाई आफ्नो क्षेत्रमा आउन दिन्न । त्यहाँ लड्छन् एक आर्कासंग र बजारमा साना डन भएर हिन्ने थुप्रै भुसिया कुकुर हुन्छन् । जो होटल आदीबाट निस्केको फोहोर खाएर बाचेको हुन्छन् र यस्ता कुकुरहरुबाट रेबिज आदी रोग सर्न सक्छ ।
समाधान के त ?

कुकुर चाडै नै अरुलाई विश्वास गर्ने जातको प्रजाति हो । सानो खाने कुरा दिएर यसो कन्याइदिने हो भने समाउन दिन्छ यस्तो बेला प्राबिधिकले एनिथेसिया दिएर यसको भ्याक्सेतोमी गर्न सकिन्छ । मार्ने दिर्घकालीन समस्या हैन । नगरभित्रको कुकुर मारेउ भने गाउ“ तिरको कुकुर बसाई सरेर आउने गर्दछन् । बसाई सरेर आएको कुकुरको प्रजनन झन् धेरै हुन्छ । भुस्याहाको संख्या बढ्ने गर्छ जसले समस्या माथि समस्या उत्पन्न गर्ने गर्दछ । बन्ध्याकरणले कुकुरको संख्या बढ्न दिन्न र खोप आदि लगाई दिनाले रोग आदी सर्न सक्दैन । यसको पर्याप्त उदाहरण जनवारमा काम गर्ने संस्था एनिमल नेपालले ललितपुर नगरपालिकामा संचालन गरेको अभियानले पुष्टि गर्दछ ।
नागरिकको जिम्मेवारी के ?

सनातन धर्म मान्नेहरुले जनवारलाई भगवान भन्ने गर्दछन् । तिहारमा गाई, कुकुर, गोरु, काग सबैलाई पुजा गर्ने
गर्दछन् । तरपनि जनवार प्रर्तिको हिंसा भने गर्न छोड्दैन । यस्तो खाले सोच त्याग्नु पर्दछ र अलि माथिल्लो स्तरबाट फरक तरिकाबाट सोच्ने व्यवहार गर्ने गर्नुपर्छ । भनाई र गराई एकै खाले हुनुपर्यो । जनावर एउटा अबोध बोल्न नसक्ने प्राणी हो र निरीह प्राणी माथि अत्याचार गर्नु कत्तिको मनासिव हो ? आज जनावर को हक हितमा काम गर्ने संस्थाले भारबाहक जनावरको हितको लागि कानुन ल्याएको छ । यस्तो कानुनलाई अब कार्यान्वनमा ल्याउन जरुरी छ । (लेखक कार्की र काफ्ले दुवै पशु अधिकारको वकालत गर्दछन्)

प्रतिक्रिया

प्रतिक्रिया