मुस्लिम महिलालाई किन बनाइएन प्रमुख पदको उम्मेदवार ?

बाकेमा दुई दशक अघिको अवस्थामा र हालको अवस्थामा धेरै फरक भएको छ । दुई दशक अघि जहा महिलाहरुलाई औपचारिक शिक्षा दिइदैन् थियो मदरसा शिक्षा सम्म मात्र सीमित राख्निथ्यो त्यही आज धेरै परिवर्तन भएको छ । आज बांकेमा बिए/एमए पास गरेका इच्छाशक्ति भएका महिलाहरु छन् । साथै संघ संस्थाले चलाएका सचेतना मुलक कार्यक्रमहरुले पनि समुदायमा सकारात्मक बदलाव ल्याएको छ ।

आज महिलाहरु हरेक क्षेत्रमा अग्रसर भइ अगाडी बढिरहेकी छन् । सामाजिक क्षेत्रमा मात्र नभइ राजनीतिक क्षेत्रमा समेत अगाडी आएका छन् । तर पनि महिलाहरुलाई राजनैतिक दलहरुले स्थान निर्णायात्मक भूमिका निभाउन सक्ने पद दिन सकेको छैन । कुनै एक पार्टीले दिए पनि यो अपवाद मात्र हुन जान्छ । किनभने त्यस पार्टीमा उसको पुख्र्यौली वर्चश्व हुन सक्छ । अन्यथा महिलाहरुलाई राजनीतिमा गाह्रै छ ।

अब कुरा गरौं स्थानीय चुनावको भने महिलालाई मोहरा मात्र बनाएको छ, कही जित्नलाई त कही आफ्ना उम्मेदवारलाई जिताउन । के महिलाहरुको अस्तित्व यतिमा मात्र सीमित राखिराख्ने हो त यस्ता धेरै प्रश्नहरु अब बा“केका महिला हरुका मनमा छन् ।

बाकेमा ठुलै भनाउदा पार्टीका सक्रिय सदस्य जुलेखा बानो (परिवर्तित नाम) भन्छिन्, ‘समाजमा मैले गरेका मेरा कामहरुको मुल्यांकन गरी पार्टीले मलाई टिकट दियो म खुशी थिए“ कि मैले गरेका कामको अब मुल्यांकन भएको छ । त्यस कारण मलाई पार्टीले टिकट दियो । न भन्दै टिकट पाएको हफ्ता न बित्दै पार्टीले फेरि कायार्लय बोलायो म त खुशी थिए“ बधाई दिने हुन कि ! त्यहां पुग्दा त पार्टीका पुरुषहरुबाट मात्र नभई महिला साथीहरुको पनि दबाव आयो कि म आफ्नो पद पार्टीका पुरुषलाई दिनुपर्छ । मैले मेरो उपाध्यक्ष पद पुरुषलाई दिई आफु महिला सदस्यका लागि तयार भए किनभने जुन हात त्यही साथ भनि मैले स्वीकार गरें ।’

महिलालाई यसरी दबाबमा पद छोड्न लागाइन्छ के यही हो लोकतन्त्र को मूलमन्त्र ? यस्ता सवाल हरेक मुस्लिम महिलाको मनमा छ । के साच्चिकै बाकेमा मेयर पदका लागि सक्षम महिला न भएकै हो त । अथवा के कारण होला कुनै पनि पार्टीले मेयर पदमा मुस्लिम महिला उम्मेदवारी दिन नसकेको ?

भनाइ अनुसार, पार्टीले पद भन्दा ठुला रहेका वा उच्च स्तरका एक दुई जना मुस्लिम महिलाहरुलाई मेयर पदका लागि प्रस्तावित गर्दा ती महिलाले स्तर न मिलेको वा अन्य कारण बताई पद अस्वीकार गरे । अर्थात् यहा“ पार्टीको चतुर्यायी नै भन्नु पर्ला प्रस्ताव यस्तालाई गर्यो जसले स्वीकार गर्दैनन् । यो त मेयरको कुरा भयो । अब उपमेयरको कुरा गर्ने हो भने उपमेयरमा यस्ता मुस्लिमहरुलाई ल्याइयो जसको जित्ने सम्भावना नै छैन । के हेरेर बसिरहेका छन् मुस्लिम समुदाय के यत्तिको बेइज्जती हुदा पनि ?

मुस्लिम समुदायका महिलाहरुको क्षमता दक्षता र योगदानहरु यसरी अपहेलना गरिंदा पनि मुस्लिम समुदायका पुरुषहरु आफु मेयर हुन पाउनुमा शिर ठाढो गरि हिडिरहेका छन् ।

एउटा परिकल्पना गरी हेरौं न मन आनन्दित नभइदिए भन्नु होला । हेरौं नेपालका ७५ जिल्लाका मेयरहरुलाई जसमा बाकेका बाहुल्यता भएको अल्पसंख्यक मुस्लिम समुदायकी मुस्लिम महिला मेयर बा“केको शान नै अर्कै हुन्छ होला त्यतिखेर ।

म नेता भनाउदाहरुसंग एउटा प्रश्न यो गर्न चाहन्छु किन महिलालाई कम र आफुलाई बेहतर ठानेका के आफुलाई जन्म दिइ यो स्थान सम्म पुर्याउने ती महिलाको योगदानहरुलाई बिर्सियौ त ? अब अवसरको कुरा गर्ने हो भने मोहना अन्सारीहरु अवसर नपाएको भए आयोग चलाउन सक्थिन् ?

मोहम्मदी सिद्दिकी अवसर नपाए सभासद् जस्तो गरिमामय पद सम्हालन सक्ने थिइन् ? आखिर यिनी पनि त महिला नै हुन् । तर, अवसर पाएपछि आफ्ना जिम्मेवारीहरु दक्षता र इमानदारीका साथ निर्वाह गरेकै हुन् । त मेयर पदमा रही पनि आफ्ना जिम्मेवारीहरु गर्ने नै हुन् । अवसर नै नदिइ महिला असक्षम छन् भनी आरोप लाउने अधिकार कसले दियो ?
हो, महिलाहरुलाई कतिपयलाई रबर स्ट्याम्प जस्तै बनाउन लगियो । अहिले पनि केवल प्रतिनिधित्वको औपचारिकताका लागि खानपूर्ति गर्नका लागि त कतिपय महिलाहरुलाई देखाउनका लागि पार्टीको कठपुतली झैं लगियो । अहिले राजनीतिमा यसरी नै महिलाहरुको प्रयोग भइरहेको छ ।

अब मुस्लिम महिलाहरुलाई दयाको भीख होइन अवसर दिऔं । उनीहरुमा पनि क्षमता र दक्षता छ । देश र समाज विकासमा मुस्लिम महिलाहरु पनि योगदान पुर्याउन सक्छन् । महिलालाई अब आसन भाषण र शासनको दायित्व निर्वाह गर्न दिनुपर्ने अवस्था छ । (शाह अधिकारकर्मी हुन्)

प्रतिक्रिया

प्रतिक्रिया