अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर महिलाहरुलाई नेतृत्वमा ल्याउन नेतृत्व विकास सम्बन्धि तालिम दिइएको छ । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले उनीहरुको नेतृत्व विकासका लागि तीन दिनसम्म तालिम दिएको हो ।
तालिममा तीन दिनसम्म कानुन व्यवसायी विश्वजीत तिवारी अधिकारकर्मी सल्मान फारुकी, मानवअधिकारकर्मी मोहम्मद शेर वागवान लगायतले प्रशिक्षण दिएका हुन् ।
आइतबार देखि सुरु भएको तालिममा महिला हिंसा अन्त्यका लागि सक्षम महिला अभियान कार्यक्रम अन्तर्गत डुडुवा, जानकी, खजुरा गाउँपालिकाका ३० जना महिलाको सहभागिता रहेको थियो ।
अनौपचारिक क्षेत्रमा कार्यरत महिलाले भोग्नु परेको बिभेद शोषणका बिरुद्ध आवाज उठाउन हौसला प्रदान गर्न तालिमको आयोजना गरिएको अधिकारकर्मी रुबी खानले बताइन् ।
अधिकारकर्मी खानका अनुसार, तालिममा क्षमता अभिवृद्धि गर्नुका साथै ११ सदस्यीय जिल्ला स्तरीय श्रमिक महिला संजाल गठन गरिएको थियो । मनकुमारी गुर्तालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति पनि गठन गरिएको छ ।