बालसुधार गृहमा तनाव

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृह बिहीबार राती बालकहरु बीच भएको झडप अझै साम्य हुन सकेको छैन । झडप लगत्तै बाल सुधार गृहमा पुगेको प्रहरी टोलीले बालकहरुको उद्दार गरी अस्पताल पुर्याएको छ । १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । झडपमा घाइते १ जना बालकको भने मृत्यु भएको थियो । 


बाल सुधार गृहमा तनाव भएसँगै ९ जना बालकहरु सम्पर्क विहीन भएका छन् । उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बालकहरु सम्पर्कमा आइपुगेका छैनन् । 


बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका बालकहरु मध्ये ९ जना अझै फरार छन् ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी प प्रवक्ता नारायण डाँगीले बताएका छन् । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।


सु्धार गृहमा रहेका बालक तथा बयस्कहरुले सुधार गृहको भवनमा तोडफोड गरेका छन् । 


सुधार गृहमा १८ बर्ष नाघेका वयस्कहरु पनि छन् । मुद्दा चल्दा बालक रहेकाहरु वयस्क हुँदा पनि सुधार गृहमा नै रहने गरेका छन् । यसले पनि सुधार गृह व्यवस्थापनमा चुनौतिपूर्ण देखिन्छ । 

प्रतिक्रिया

प्रतिक्रिया