रुकुमेली सेवा समाजको रक्तदान: ६४ पिन्ट रक्त संकलन

रुकुमेली सेवा समाज बाँकेले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


भेरी अस्पातलभित्र रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रममा ६४ पिन्ट रक्त संकलन भएको आयोजक रुकुमेली सेवा समाज बाँकेका सचिव चिन्ताराम शर्माले जानकारी दिए ।


रगत अभावमा मृत्युसँग जुधिरहेका बिरामीको जीवन सुरक्षा हुने विश्वासका साथ कार्यक्रम गरिएको जानकारी दिंदै समाजले रुकुम घर भइ हाल स्थायी तथा अस्थायीरुपमा बाँकेमा बसोबास गर्ने रुकुमेलीले रक्तदान गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया