यस वर्षको गाईजात्रा आगामी भाद्र १४ गते नेपालगन्जमा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।
नेवा पुचः बाँकेले त्यसको आयोजनाका लागि आवश्यक तयारी अगाडी बढाउने निर्णय गरेको हो । शनिवार बसेको नेवा पुचःबाँकेको बैठकले गाइजात्रा तयारीका लागि चन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ ।
गाइजात्रा पर्व मनाउने तयारीको बारेमा विभिन्न घरपरिवारका सदस्य बर्ग, पार्षद, सल्लाहकार तथा बिभिन्न गुठीका अध्यक्ष लगायत प्रतिनिधिमूलक बैठकले आवश्यक छलफल गरि समिति बनाइको हो संस्थाका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतमा बसेको बैठकले तयारीका विभिन्न विषयमा छलफल पनि गरेको संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।