स्थानीय तहनरैनापुरविविध नरैनापुर पुग्दै डीआईजी By नेपालगन्ज न्यूज - 11 June, 2023 Facebook Twitter Google+ Pinterest WhatsApp लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश राज जोशी भोली विहान बाँकेको नरैनापुर पुग्दैछन् ।नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित ईलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित अत्याधुनिक भवन उद्घाटन गर्न डीआईजी जोशी नरैनापुर पुग्ने तयारी रहेको बताइएको छ । करिब ३ करोड बढि लगानीमा निर्माण भएको ईलाका प्रहरी भवन उद्घाटन संगै त्यस क्षेत्रमा रहेका प्रहरी युनिटहरुको अनुगमन हुन सक्ने प्रहरीले जनाएको छ ।भवन उद्घाटनको आवश्यक सबै तयारी पूरा भएको छ, नेपालगन्जन्युज संग कुरा गर्दै ईप्रका भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले भने, भवन संगै उहाँले विभिन्न प्रहरी युनिटहरुमा समेत अनुगमन गर्न सक्ने सम्भावना रहेको छ ।नरैनापुरकै सबै भन्दा पुरानो प्रहरी कार्यालय पहिला नरैनापुर ५ भगवानपुरमा रहेको थियो । उक्त क्षेत्र राप्तीनदीको डुबान जोखिममा परेपछि मटेहिया सरेको प्रहरी कार्यालयले लामो प्रयास पछि अत्याधुनिक भवन शुभारम्भ गर्दैछ ।यसअघि पुरुष थुनुवा कक्षमात्रै रहेको प्रहरी कार्यालयमा अब देखि महिलालाई समेत थुनेर कारवाही गर्न मिल्ने भएको प्रहरीले जनाएको छ । प्रतिक्रिया प्रतिक्रिया