कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई१० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खाताधारकको परिवारको तर्फबाट सुश्री हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंक लिमिटेडको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा दुर्घटना , मृत्यु , चिकित्सा उपचार र गम्भीर रोगहरुकालागि बीमा सुविधा प्रदान गरिन्छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाकालागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया