आदिगुरु शंकाराचार्यको १२३६औं जन्मजयन्ती

सोमबार आदिगुरु शंकाराचार्यको १२३६औं जन्मजयन्तीको अवसर पारेर नेपालगन्जमा विभिन्न कार्यक्रम गरिएको छ ।

नेपाल दशनामी समाज बाँकेले शंकराचार्यको जन्मजयन्ती नेपालगन्जमा आयोजना गरेको हो ।

होमनाथ गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ स्रष्टा खगेन्द्र गिरि कोपिला, केन्द्रीय सचिव नारद पुरी, सल्लाहकार केशर गिरी लगायतले आदिगुरु शंकराचार्यबारे सम्मान र सम्झनाका शब्दहरु व्यक्त गरेको समाजका अध्यक्ष गोपाल प्रसाद गिरीले जानकारी दिए ।

अध्यक्ष गिरीले दशनामी समाजले सोही अवसरमा सोमबार नै निल सागर सेवाश्रममा खाद्यान्न, दाल, तेल लगायतका सामाग्रीहरु सहयोग हस्तान्तरण पनि गरेको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया