‘कैलास भवन पूर्णताको पहल’

नीलसागर सेवाश्रमले ग¥यो प्रजिअ खत्रीको विदाई, प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणालाई सम्मान


प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले नीलसागर सेवाश्रमको रोकिएको ‘कैलाश भवन’को अवलोकन गर्दै त्यसको पूर्णताका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।

सोमवार त्यसका लागि नीलसागर पुगेका सांसद डा. राणाले कैलास भवनको महत्व र आवश्यकतामा आफु प्रष्ट भएकाले त्यसकालागि सक्दो सहयोगको प्रतिबद्धता जनाएका हुन् ।


नीलसागरले सोमवारनै सांसद डा. राणाको प्रमुख आतिथ्यमा बाँकेका प्रमुख अधिकारी सुर्य बहादुर खत्रीलाई १७ महिनाको कार्यकाल सकेर सरुवा भइजान लागेकोमा विदाई गरेको जनाएको छ । गृहमन्त्रालय जान लागेका खत्रीले नीलसागरको सेवाभावले आफु निकै प्रभावित भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया