२५ औ भुकम्प दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ ।
नेपालगन्जमा विभिन्न कार्यक्रम गरि २५ औं भूकम्प सूरक्षा दिवस साताव्यापी मनाइएको जिल्ला विपद् व्यवस्थापन समितिका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
त्यस क्रममा विहीवार नेपालगन्जको त्रिभुवन चौक नजिक सदरलाइनमा सडक नाटक प्रदर्शनी गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले तय गरेको कार्यक्रम अनुसार, नपालगन्ज उपमहानगरपालिकाको समन्वयमा रेडक्रसद्वारा सञ्चालित सुपर कार्यक्रमको आयोजनामा भूकम्पिय जोखीम न्यूनिकरण सम्वन्धि सडक नाटक आयोजना गरिएको हो ।
स्थानीय सहयात्रा नेपालका प्रतिनिधि कलाकारहरुले नाटकमा अभिनय गरेका थिए ।