नेपालगन्जमा गाईजात्रा भव्य मनाइने

नेपालगन्जमा यस बर्षको गाईजात्रालाई भव्य रुपले मनाइने भएको छ । नेवाःपुचःले गाईजात्रा तयारीका लागि चन्द्र श्रेष्ठको संयोजकत्वमा तयारी समिति गठन गरी गाईजात्रालाई भव्य रुपमा मनाउने तयारी गरेको हो ।

नेवाःपुचःका कार्यवाहक अध्यक्ष हरिश्चन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा समुदायका विभिन्न अगुवाहरुले गाईजात्रालाई कसरी भव्य रुपमा मनाउन सकिन्छ भन्ने सल्लाह सुझाव दिएको र त्यसैको सुझावका आधारमा तयारी अगाडि बढाइएको तयारी समितिका अध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया