वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविर

१ सय २३ बालबालिकाको स्वास्थ्य परीक्षण

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नवजात शिशु तथा बालरोग परीक्षण शिविरमा १ सय २३ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष गोपाल पुनले वडाको चाहना सबै वडाबासी स्वस्थ रहनु भन्ने रहेको बताएका छन् । उनले शिविरमार्फत जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने प्रयास गरिएको बताएका थिए ।

शिविरमा बालरोग विशेषज्ञ रोम बोरा, निराजन भण्डारी लगायतले स्वास्थ्य जाँच गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया