बाँकेमा आज जिसस निर्वाचन

आज शुक्रबार बाँकेमा जिल्ला समन्वय समितिका लागि निर्वाचन हुँदैछ । काँग्रेसको बहुमत मतदाता रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दिएको छ । काँग्रेसको स्पष्ट बहुमत रहेपछि जसपाले सर्वसम्मत हुन काँग्रेसलाई रोकेको हो ।

‘काँग्रेसले बहुमतको घमण्डमा हामीलाई खेलाउन खोज्यो’, जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राईले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचन हो परिणाम जे पनि आउन सक्छ, हामीले लोकतान्त्रिक प्रक्रिया अनुसार मत मागि रहेका छौं ।’

काँग्रेसबाट ज्ञानेन्द्र कुमार चौधरी र जसपाबाट उमेश कुमार कुर्मीले संयोजकका लागि उम्मेदवारी दिएका छन् । सहसंयोजकमा भने काँग्रेसकी सीता कार्कीको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया