बाँकेमा टाइफाइड विरुद्ध खोप लगाइँदै

बाँकेमा टाइफाइड विरुद्ध खोप लगाइने भएको छ । त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाले पनि टाइफाइड विरुद्ध खोप लगाउन तयारी गरिसकेको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिका स्वास्थ्य शाखाका तेज ओलीले जानकारी दिए ।

‘हामी उपमहानगरपालिकामा रहेका लक्षित सबै बालबालिकालाई टाइफाइड खोप लगाउनका लागि तयारी अवस्थामा छौं’, पत्रकार सम्मेलनमा ओली भने, ‘टाइफाइड विरुद्ध खोप प्रभावकारी हुने भएकाले नेपालगन्जमा लक्षित कोही पनि नछुटुन् भन्ने उद्देश्यले योजना बनाएका छौं ।’

नेपालगन्ज सहित बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । बाँकेमा १ लाख १५ हजारलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप अभियान विद्यालय तथा स्वास्थ्य संस्थामार्फत सञ्चालन गरिनेछ । निःशुल्क दिइने टाइफाइड विरुद्धको खोप एक डोज लगाउनु पर्नेछ ।

टाइफाइड म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गर्छ ।

बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । बाँकेमा १ लाख १५ हजारलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

रोगका मुख्य लक्षण तथा चिन्हहरु के के हुन ?

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता यो रोगका मुख्य लक्षण र चिन्ह हुन् । साथै कसैकसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदि लक्षण र चिन्ह पनि देखिन सक्छन् । यो रोगको संक्रमणपछि केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी समस्या आदि जस्ता जटिलताहरू पनि देखा पर्न सक्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया