सम्झना र सम्मान एउटा व्यक्तित्वप्रति

चिरञ्जीवी ओली

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं नेपालगन्जको सामाजिक, आर्थिक र राजनैतिक आन्दोलनका अगुवा श्री दामोदर आचार्य निधनको आज औं दिनमा छौं । उहाँको निधन जोकोहीका लागि अत्यन्त असामायिक र अप्रत्याशित थियो ।

नेपालगन्जको सवालमा एउटा परिपक्क ‘स्टे«न्थ’ लिने लिडरका रुपमा उहाँको पहिचान थियो । व्यक्तिगत रुपमा मैले उहाँलाई २०६५ सालदेखि नजिकबाट नियाल्ने अवसर पाए । त्यसरी नियाल्ने क्रममा मैले उहाँलाई समाज र देशका लागि भलो साेंच्ने एउट हक्की स्वभावको लिडरका रुपमा बुझें ।

उहाँको त्यही स्वभावका कारण बिषम परिस्थितिमा समेत नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीको हकहितका सवालमा सशक्त भूमिका निर्वाह गर्न सक्यो भने एउटा सामाजिक आन्दोलनमा आफुलाई स्थापित गर्न सक्यो । संघीयताको पक्ष वा बिपक्षमा हुने कयौं आन्दोलनहरुका कारण नेपालगन्जमा आपसी भाइचारा र सद्भाव बिथोलिने परिस्थिति बन्दै थियो । सदियौंदेखि मिलेर बसेका सबै समुदायका नागरिकहरुबीच आपसी मनमुटाव सिर्जना गरियो । ठिक, त्यही परिस्थितिमा २०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नुभएका आचार्यले बिगार्न खोजिएको यहाँको सामाजिक सद्भावलाई सही ट्रयाकमा ल्याउन नेतृत्वदायी भूमिका खेलेको कुरा त्रिभुवनचोक र त्यसक्षेत्रका उद्योगी, व्यवसायी मात्र होइन आमनागरिकहरुले अहिले पनि मुक्तकण्ठले प्रशंसा गरेको सुन्न पाइन्छ ।

अफ्ठ्यारो अवस्थामा नै असल नेतृत्वको पहिचान हुन्छ भनेझैं आचार्यले आफुलाई त्यतिबेला प्रमाणित गरिदिनुभयो । त्यतिबेलाको समयलाई म सम्झिन्छु, एकातिर राजनीतिक संक्रमणबाट देश गुज्रिएको थियो भने अर्कोतर्फ निजीक्षेत्र बिभिन्न कारण प्रताडित भइरहेको थियो । राज्य र गैरराज्य पक्षबाट अनेक त्रास खेपिरहेका उद्योगी, व्यवसायीका पक्षमा आचार्यले सशक्तरुपमा आवाज उठाउनुभयो ।

उद्योगी, व्यवसायीलाई संदैव कर्के नजरले हेर्ने सरोकारवाला सरकारी निकायको नियत बिरुद्ध जोडदार आवाज उठाउनुभएकै कारण आज पनि हामीले गरेका सार्बजनिक कार्यक्रमहरु उद्योगी, व्यवसायीले उहाँको कार्यकालको स्मरण गर्दै त्यस्तै नेतृत्व संघलाई खाँचो पर्ने औल्याइरहन्छ । उहाँले नेपालगन्जको समग्र विकासका लागि निती निर्माताहरुको ध्यानार्कण गराइरहनुभयो ।

परिणामस्वरुप नेपालगन्जमा अत्याधुनिक प्रदर्शनस्थल निर्माणको आंकाक्षा सहित सडक डिभिजन परिसरको दश बिघा जग्गा मन्त्रीपरिषदबाट निर्णय गराएर ल्याउने कुरा चानचुने थिएन ।

बाँके जिल्लाका सम्पूर्ण राजनीतिक दल र प्रशासनिक निकायलाई सहमत गराए उहाँले उक्त निर्णय गराउन सफल हुनुभएको थियो । प्रदर्शनीस्थल निर्माण गर्ने उहाँको सपना नेपालगन्जको सपना थियो । तर त्यो सपना के कारणले गर्दा पुरा हुन सकेन ? कुनै दिन अबश्य समीक्षाको बिषय बन्ने छ ।

जनप्रतिनिधि बिहिन रहेको त्यतिबेलाको अबस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघलाई एउटा सशक्त र सबैको भरपर्दो शक्तिका रुपमा स्थापित गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उद्योग वाणिज्य संघको निर्वाचनमा उहाँ संधै केन्द्रीय भूमिकामा रहनुभयो । निर्वाचन अभियानमा म आफै दुईपटक उम्मेदार बनेँ । बिभिन्न निर्वाचनमा उहाँसंग संगै हिड्दा उहाँले जहिल्यै पनि बिपक्षीप्रति उदारभाव प्रकट गर्नुभयो ।

आफ्नो पक्षलाई जिताउने अनुशासित तरिकाले रणनीतिक बनाउने गरे पनि उहाँले बिपक्ष आक्रमक बन्दा समेत कहिल्यै त्यही अनुरुप जवाफ फर्काउनुपर्छ भन्ने मान्यता राख्नुभएन । यसले पनि उहाँमा संघमा आवद्ध उद्योगी, व्यवसायीलाई निर्वाचनमा जे जस्तो अवस्था रहे पनि अन्तत संगै हिडाएर लैजानुपर्छ भन्ने दृढ अठोट थियो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

संघीयताको पक्ष वा बिपक्षमा हुने कयौं आन्दोलनहरुका कारण नेपालगन्जमा आपसी भाइचारा र सद्भाव बिथोलिने परिस्थिति बन्दै थियो । सदियौंदेखि मिलेर बसेका सबै समुदायका नागरिकहरुबीच आपसी मनमुटाव सिर्जना गरियो ।

निर्वाचनको समयमा भएका कयौं प्रहारहरुमा उहाँको भनाइ हुन्थ्यो–‘यी त केही होइनन्, यस्ता ठूला उतारचढाव भोगेर म आइसकेको छु । नआत्तिनुहोस्,सबै ठिक हुन्छ ।’ यसरी भन्दा हामीलाई बेग्लै उर्जा प्राप्त हुन्थ्यो ।

यसरी मुस्किल अवस्थामा समेत नआत्तिएर अरुलाई हौसला बढाउने व्यवसायीक एवं राजनीतिकक्षेत्रका अभिभावक आचार्यलाई हामीले ५९ वर्षको उमेरमै गुमायौं । उहाँको निधन भएको आज १३ औं दिनको पुन्यतिथिमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । र, उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा शोकाकुल आचार्यको धर्मपत्नी एवं नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पार्वती आचार्य सहित परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछु ।

२०१९ साल कात्र्तिक १७ गते प्युठानमा जन्मिनुभएका उहाँ सरकारी सेवा हुँदै २०४९ सालमा नेपालगन्जको व्यवसायीकक्षेत्रमा लाग्नुभएको थियो । सोही समयदेखि उहाँले आफुलाई नेपालगन्जको आर्थिक, सामाजिक एवं राजनीतिक आन्दोलनको सशक्त अगुवाकारुपमा स्थापित गर्न सफल हुनुभयो ।

२०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भई यहाँको व्यवसायिक हकहित र संघलाई नयाँ उचाईमा पुर्याउन उहाँले खेलेको भूमिका महत्वपूर्ण छ । उहाँको निधनबाट संघले एउटा सशक्त र भरपर्दो नेतृत्व गुमाएको छ भने यसको अभाव सदैव महसुस भइरहने छ । उहाँको भौतिक शरीर हामी माझ नभए पनि आफुनो जीवनकालमा उद्योगी, व्यवसायीको हितका लागि खेलेको महत्वपूर्ण योगदानको सदैव सम्झँना भइरहने छ । ( लेखक ओली नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन्)

प्रतिक्रिया

प्रतिक्रिया