निशुल्क स्वास्थ्य शिविर, ३५० बढी लाभान्वित

द वर्ल्ड फेडरेशनले गरीब तथा बेरोजगार कल्याण संघको सहकार्यमा इमाम हुसैन अलैहिस्सलाम निशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ ।

शिविरमा ३५० भन्दा बढी सर्वसाधारण लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार, शिविरमा ३६ जना स्वयंसेवकहरु खटाइएको थियो ।

विभिन्न रोग विशेषज्ञहरुले सेवा प्रदान गरेका शिविरमा फिजिशियन डा. आसिम किदवाई, छाला रोग विशेषज्ञ डा. कुमार पोखरेल, स्त्री रोग विशेषज्ञ डा. शफिया शमीम शेख, बाल रोग विशेषज्ञ डा. पियूष कनोडिया, नाक कान घाटी रोग विशेषज्ञ डा.लोकराम बर्माले सेवा प्रदान गरे ।

त्यस्तै, हार्डजोर्नी सर्जन डा.सैय्यद सशम, मेडिकल अफिसर डा. राहुल कुर्मी, मेडिकल अफिसर डा. मोहम्मद आजम, मेडिकल अफिसर डा. नईमुद्दीन अंसारी, मेडिकल अफिसर अहेबा सहाबुद्दीन खान र मेडिकल अफिसर अहेबा आसिम सरवरले मेडिकल सेवा प्रदान गरेका हुन् । साथै हरेक बिरामीलाई चेकजांच का साथै सम्बन्धित रोगको निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

औपचारिक कार्यक्रम को अध्यक्षता द वल्र्ड फेडरेशनका डा. जैनुल आबेदीनले गरेका थिए । सभासद अब्दुल हमीद सिद्दिकी, मौलाना मन्सूर आरफी, डा. पियुष कनौडिया लगायतका वक्ताले शुभकामना मन्तव्य दिएको कार्यक्रमलाई औपचारिक रुपमा सञ्चालन अहेब सहाबुद्दीन खानले गरे ।

प्रतिक्रिया

प्रतिक्रिया